Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

गुगलविरुद्धको मुद्दाले मोजिल्ला फायरफक्स संकटमा

गुगलविरुद्धको मुद्दाले मोजिल्ला फायरफक्स संकटमा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

वासिङ्टन। विश्वकै ठूला प्रविधि कम्पनीहरूमध्ये एक गुगलविरुद्ध अमेरिकामा चलिरहेको ऐतिहासिक एकाधिकार सम्बन्धी मुद्दाले प्रविधि क्षेत्रमै व्यापक हलचल ल्याएको छ।

तर यो मुद्दाको सम्भावित असर केवल गुगलमा मात्र सीमित नभई अन्य कम्पनीहरूमा पनि गहिरो प्रभाव पार्न थालेको छ। सोही सन्दर्भमा, खुला स्रोतको वेब ब्राउजर विकासकर्ता मोजिल्ला फायरफक्स पनि संकटमा परेको छ।

अमेरिकी न्याय मन्त्रालयले गुगलको सर्च इञ्जिन व्यवसायमाथिको एकाधिकार तोड्नका लागि केही कठोर प्रस्तावहरू अघि सारेको छ। ती प्रस्तावहरूमा सबैभन्दा चासोको विषय बनेको छ।

 गुगलले आफ्नो क्रोम ब्राउजर बिक्री गरेर छुट्याउनु पर्ने सिफारिस। यो कदम लागू भएमा सर्च इञ्जिनको बजारमा प्रतिस्पर्धा बढ्ने विश्वास गरिएको छ, तर यसले अप्रत्याशित रूपमा मोजिल्ला फायरफक्सजस्ता अन्य ब्राउजरहरूलाई पनि आर्थिक संकटमा पार्न सक्ने देखिएको छ।

गुगल-मोजिल्ला साझेदारीमाथि निर्भर फायरफक्स
फायरफक्स ब्राउजर हाल गुगलसँगको दीर्घकालीन साझेदारीमा आधारित छ, जसअन्तर्गत गुगल सर्च इञ्जिनलाई फायरफक्समा डिफल्ट सर्चको रुपमा राखिएको छ। यसबापत गुगलले मोजिल्लालाई ठूलो परिमाणमा भुक्तानी गर्ने गर्छ।

मोजिल्लाका प्रमुख वित्तीय अधिकारी एरिक म्यूलहाइमले शुक्रबार अदालतमा बयान दिँदै बताए अनुसार, फायरफक्सको कुल आम्दानीको करिब ८५ प्रतिशत यही सम्झौताबाट प्राप्त हुन्छ। साथै, मोजिल्लाको व्यावसायिक शाखा ‘Mozilla Corporation’ को ९० प्रतिशत नाफा समेत यही साझेदारीबाट निर्भर रहेको छ।

म्यूलहाइमले अदालतमा स्पष्ट रूपमा भने, “यदि गुगलबाट प्राप्त यो आम्दानीको स्रोत समाप्त भयो भने हामीले कम्पनीको धेरै हिस्सा कटौती गर्नुपर्ने हुन्छ, विशेषगरी इन्जिनियरिङ विभागमा, जसले फायरफक्सको विकास र गुणस्तरमा प्रत्यक्ष असर पार्नेछ।”

फायरफक्स बन्द हुने सम्भावना ?
विश्लेषकहरूका अनुसार, यदि अमेरिकी अदालतले न्याय मन्त्रालयको प्रस्तावलाई स्वीकार गर्‍यो भने मोजिल्लाको आर्थिक आधार नै धराशायी हुन सक्छ। म्यूलहाइमका अनुसार यसले फायरफक्स ब्राउजरको गुणस्तरमा गिरावट ल्याउनेछ, प्रयोगकर्ताको संख्या घट्नेछ र अन्ततः फायरफक्स ब्राउजर पूर्ण रूपमा बन्द हुन सक्ने खतरा उत्पन्न हुनेछ।

गुगलको प्रतिक्रिया: पिचाईको चेतावनी
यता, गुगलका सीईओ सुन्दर पिचाईले पनि अदालतमा बयान दिएका छन्। उनले भने, “यदि हामीलाई क्रोम ब्राउजरबाट अलग गरियो भने गुगल सर्चको अस्तित्व नै संकटमा पर्न सक्छ।” उनले क्रोम र सर्चबीचको गहिरो अन्तरसम्बन्ध औंल्याउँदै, न्याय मन्त्रालयको प्रस्ताव अत्यन्त जोखिमपूर्ण भएको चेतावनी दिएका छन्।

प्रविधि क्षेत्रमा व्यापक असर
यो मुद्दा प्रविधि क्षेत्रमा प्रतिस्पर्धा कायम गर्नका लागि गरिएको ऐतिहासिक पहल मानिएको छ। तर यसको नतिजा अप्रत्याशित रूपमा साना तथा खुला स्रोतका कम्पनीहरूलाई बढी असर पार्ने सम्भावना देखिएको छ। यदि गुगललाई टुक्र्याउने निर्णय भयो भने केवल फायरफक्स मात्र होइन, अन्य तेस्रो पक्ष एप्स तथा सेवा प्रदायकहरू पनि प्रभावित हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?