Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं। टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले यो एप सुरक्षित र जिम्मेवारीपूर्वक प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न सहयोग गर्ने टुलहरूको सेट नै सार्वजनिक गरेको छ। ‘फ्यामिली पेयारिंग फिचर’ सुरू गरेपछि, टिकटकले परिवारको सुरक्षा र गोपनीयतामा केन्द्रित थप फिचरहरू उपलब्ध गराएको छ।

फ्यामिली पेयारिंग मार्फत अभिभावकले आफ्ना किशोर-किशोरीका लागि स्क्रीन-टाइम म्यानेजमेन्ट टुल्स प्रयोग गरी टाइम लिमिट सेट गर्न सक्छन्। उनीहरूले दैनिक स्क्रीन-टाइम लिमिट राख्न रशेड्युल ब्रेक राख्न सक्छन्।

साथै डाइरेक्ट मेसेजिङ, भिडियोमा कमेन्ट, एकाउन्ट खोज्न मिल्ने वा नमिल्ने र कसले भिडियो डाउनलोड गर्न पाउने जस्ता सेटिङहरू नियन्त्रण गर्न सक्छन्। सजिलो सेटअपदेखि डिजिटल सुरक्षासम्म, प्रयोगकर्ता र समुदायको सुरक्षा सुनिश्चित गर्न टिकटक प्रतिबद्ध छ।

१६ वर्ष वा सोभन्दा कम उमेरका प्रयोगकर्ताको एकाउन्टमा डाइरेक्ट मेसेजिंग स्वत: बन्द हुन्छ, अनि राति पुश नोटिफिकेसन पनि म्यूट हुन्छ। टिकटकले उमेरअनुसार उपयुक्त हुने कन्टेन्ट मात्र देखाउने फीडको व्यवस्था गर्छ। १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि६० मिनेटको स्क्रीन-टाइम लिमिटपनि डिफल्ट रूपमा सेट हुन्छ। यस प्रणालीले किशोरहरूका लागि अनुपयुक्त मानिएका कन्टेन्टहरू छानेर हटाउँछर प्रयोगकर्ताहरू सही उमेर समूहमा छन् कि छैनन् भन्ने सुनिश्चित गर्न प्रविधिको प्रयोग गर्छ।

अब, अभिभावकहरूले आफ्ना बच्चाको प्राइभेसी सेटिङ हेर्न सक्छन् र बच्चाले पब्लिक भिडियो पोस्ट गरेमा नोटिफिकेसन पनि पाउँछन्। यी टुलहरूले अनलाइन व्यवहार, स्वस्थ स्क्रीन-टाइमर उनीहरूले हेरेको कन्टेन्टको उपयुक्तताबारे परिवारबीच संवाद बढाउन मद्दत गर्छ।

टिकटकले स्पष्ट रूपमा बताएको छ कि यी टुलहरू केवल प्यारेन्टल कन्ट्रोलका लागि होइनन्, बरू किशोर-किशोरीले अनुशासित र जिम्मेवार डिजिटल बानीको विकास गर्न परिवारसँग संवाद सुरु गर्ने माध्यम हुन्।

प्रयोगकर्ताको वेल-बीइंगलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धताअन्तर्गत टिकटकले यस वर्षको सुरुवातमा गाइडेड मेडिटेसन नामक नयाँ इन-ऐप सुविधा सार्वजनिक गर्‍यो, जसको उद्देश्य सबै उमेरका मानिसहरूलाई माइन्डफुलनेस अभ्यासहरू सजिलै उपलब्ध गराउनु हो। यो सुविधा हाल कायम रहेको ‘स्लिप आवर्स’ सेटिङसँग जोडिएको छ, र रातिको समयमा प्रयोगकर्तालाई शान्त र मार्गदर्शित अभ्यासमार्फत विश्राम गर्न प्रोत्साहित गर्छ, जसले राम्रो निद्रा र भावनात्मक सन्तुलन कायम राख्न सहयोग गर्छ।

स्वस्थ स्क्रिन-टाइम बानीको विकास गर्न १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तामा यो सुविधा स्वतः सक्रिय हुन्छ, र राति १० बजेपछि फर यू फीडको ठाउँमा मेडिटेसनको सुझाव देखिन्छ। वयस्कहरूले यो विकल्प स्क्रिन टाइम सेटिङमार्फत आफैं सक्रिय गर्न सक्छन्।

यी टुलहरू मार्फत, टिकटकले किशोर र वयस्क दुबैलाई व्यक्तिगत दिनचर्या बनाउन सहयोग गर्ने लक्ष्य राखेको छ, जसले मनोरञ्जनलाई अधिकतम बनाउँछ र लामो समय स्क्रीन प्रयोगका कारण हुन सक्ने नकारात्मक असरलाई कम गर्दछ।

टिकटकका यी नयाँ सुधारहरू पहिले नै रहेको सुरक्षा संरचनामा थपिएको हो, जसमा किशोरहरूको सुरक्षाका लागि५० भन्दा बढी सुरक्षा उपायहरूछन्।जस्तै, उमेरअनुसारको कन्टेन्ट फिल्टर, स्क्रीन-टाइम लिमिट र सीमित मेसेजिङ सुविधा।

टिकटकले डिजिटल सेफ्टी पार्टनरशिप फर फ्यामिलीजमार्फत परिवारलाई घरमा डिजिटल बानी सम्बन्धी मार्गदर्शन र स्रोत उपलब्ध गराइरहेको छ। फ्यामिली पेयरिंग जस्ता भरोसा र र उमेरअनुसार सुरक्षा नियन्त्रणको सुविधा मार्फत टिकटकले परिवारलाई सुरक्षित वातावरणमा नयाँ पुस्तालाई अन्वेषण, सिर्जना तथा अर्थपूर्ण रूपमा जोडिन सहयोग गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?