Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अटो टेक

ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी

ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौँ। “इनर्जी, भिजन, फ्युचर” थिममा सम्पन्न भएको २०२६ डोंगफेंग डिलर कन्फरेन्समा एमएडब्लू वृद्धि मोटर्सले “२०२५ अवार्ड अफ एक्सलेन्ट ईभी सेल्स” र “२०२५ अवार्ड अफ सर्भिस एक्सलेन्स” गरी दुई महत्वपूर्ण सम्मानहरू प्राप्त गरेको छ।

नेपालमा इभी प्रवर्द्धन, नेटवर्क विस्तार र ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई यी पुरस्कारहरू प्राप्त भएको हो। यी अवार्डहरू एमएडब्लू समूहको वातावरण प्रति को जिम्मेवारी र नयाँ ऊर्जा क्षेत्र को प्रबर्धन गर्ने व्यापक लक्ष्यसँग मेल समूहले नेपाललाई स्वच्छ उर्जा का यातायाततर्फ लैजानका लागि पूर्ण ईभी इकोसिस्टम र आवश्यक पूर्वाधार निर्माण गर्न लागिपरेको छ।

ईभी क्षेत्रमा निभाएको अग्रणी भूमिकाकै कारण एमएडब्लू वृद्धिले वातावरण संरक्षण र प्रदुषणमुक्त यातायात समाधानमा समर्पित अग्रणी ब्रान्डको रुपमा आफ्नो पहिचान बनाएको छ।

एमएडब्लू वृद्धि मोटर्सले केवल १४ महिनाकै दौरानमा १२५० भन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ, जुन न्यू इनर्जीको क्षेत्रमा उल्लेखनीय उपलब्धि हो।

यसको ह्याचब्याक मोडेल नामी बक्स आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको गाडी बनेको छ। यसले स्मार्ट फिचर भएका गाडीप्रति ग्राहकको विश्वास र माग बढेको देखाउँछ। कम्पनीले हालसालै भित्र्याएको नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु गरेको छ।

यसले उपभोक्ताका लागि अझ धेरै ईभीको छनोटहरू उपलब्ध गराएको छ। देशभर रहेका १२ वटा बिक्री केन्द्रले ग्राहकलाई ईभीबारे बुझ्न, यसलाई प्रत्यक्ष अवलोकन गर्न र ढुक्क भएर न्यू इनर्जी गाडी रोज्न सहज वातावरण बनाइदिएको छ।

एमएडब्लू ग्रुपले ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण सर्भिस एक्सलेन्स अवार्ड प्राप्त गरेको हो। एमएडब्लू वृद्धि मोटर्सका १० सेवा केन्द्रहरू छन्।

यसको ग्राहक सन्तुष्टि दर ९२% छ र २४/७ हेल्पलाइन मार्फत यसले एकदम छिटो सहायता उपलब्ध गराउँछ। यसको सेवा प्रणालीमा पिक–एण्ड–ड्रप, रोडसाइड असिस्टेन्स तथा अफ–रोड सेवा जस्ता सुविधा भएकोले ग्राहकहरूले जुनसुकै स्थानबाट सहयोग लिन सक्छन्। यी सबै सुविधाहरूले गर्दा एमएडब्लू वृद्धि गाडी बिक्रीपछि पनि ग्राहकहरूसँग दीर्घकालीन विश्वास र सम्बन्ध कायम गर्न सफल रहेको छ।

कम्पनीको ब्रान्ड दृष्टिकोण स्टेकहोल्डरको कदर, नेतृत्वदायी क्षमता र कम्पनीको उद्देश्यमा मानिसहरूको विश्वास जस्ता तीन मुख्य कुराहरूमा आधारित छ। स्वच्छ ऊर्जा, पूर्वाधारमा लगानी र ग्राहकलाई प्राथमिकतामा राख्ने सेवा प्रणालीका कारण स्टेकहोल्डरहरूले यस ब्रान्डमा भरोसा राखेका छन्।

यी सम्मान र निरन्तरका पहलहरू मार्फत, एमएडब्लू वृद्धि मोटर्सले नेपालका लागि एक दिगो र प्रगतिशील भविष्य निर्माण गर्ने जिम्मेवार नेतृत्वको रूपमा आफ्नो पहिचानलाई अझ बलियो बनाउँनेछ ।

यसै सन्दर्भमा समूहका अध्यक्ष श्री विष्णु कुमार अग्रवालले भने, “हामी नेपालमा वातावरणमैत्री गाडी हरू ल्याउन निरन्तर काम गर्नेछौँ ,यसले आयातित इन्धनप्रतिको निर्भरता घटाएर, स्वदेशमै उत्पादित बिजुलीको खपत बढाउँछ, र राष्ट्रको अमूल्य विदेशी मुद्रा बचत गर्न मद्दत गर्नेछ। ग्राहक को सन्तुष्टि सधैँ हाम्रा हरेक कार्यको केन्द्रमा रहनेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?