Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अटो टेक

एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो

एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौँ। एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, जसलाई एक्साइड ब्याट्री सेवा इतिहासकै मूल्यवान माइलस्टोनको रूपमा मानिएको छ। कम्पनीका अनुसार, यी सबै ५०,००० ग्राहकहरू एक्साइडका सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति हुन्।

एक्साइड ब्याटमोबाइल सेवा सन् २००७ फेब्रुअरीमा सुरु भएको हो, जहाँ पहिलो महिनामा जम्मा @& वटा कल प्राप्त भएका थिए। अहिले भने दैनिक भन्दा बढी कलहरूको दरमा सेवा प्रदान भइरहेको छ। सेवा सुरु भएको दिनदेखि आजसम्म र भविष्यमा पनि एक्साइड ब्याटमोबाइल सेवा अविराम, नरोकिने ढंगले निरन्तर सञ्चालनमा रहने प्रतिबद्धता कम्पनीले जनाएको छ।

यसलाई कम्पनीले “Like an Unbeatable King of Battery” भनेर वर्णन गरेको छ। एक्साइड ब्याट्री नेपालकै नम्बर एक ब्याट्री ब्रान्ड हो, जुन नेपालकै प्रतिष्ठित कम्पनी सिप्रदी ट्रेडिङ प्रा= लि= को सुपरभिजनमा सञ्चालन हुँदै आएको छ। ग्राहकहरूले Exide Batmobile सेवा नेपालमा उपलब्ध ‘एक मात्र पूर्णरूपमा निःशुल्क सेवा’ भएको प्रतिक्रिया दिएको कम्पनीले उल्लेख गरेको छ।

एक्साइड ब्याट्री र सिप्रदी ट्रेडिङ प्रा= लि= माथिको ग्राहकको भरोसा र विश्वासले कम्पनीलाई निरन्तर रूपमा सेवा विस्तार गर्न प्रेरित गर्दै आएको छ। सुरुवाती चरणमा एक्साइड ब्याटमोबाइल सेवा चार जना टेक्निसियन, दुई जना ड्राइभर, एक टेक्निसियन–कम–ड्राइभर र एक जना को–अर्डिनेटरसहित सञ्चालन भएको थियो। मारुती सुजुकी ओमनी भ्यानमार्फत काठमाडौं उपत्यकाभित्र बिहान ६ बजे देखि राति ९ बजे सम्म छुट्टीका दिनमा पनि सेवा सञ्चालन हुन्थ्यो। सेवा टेकु शोरुम बाट सुरु भएको थियो, पछि एक्साइड केयर सेन्टर पचली भैरवबाट सञ्चालन भयो र अहिले बागडोल एक्साइड केयर सेन्टर बाट सञ्चालन भइरहेको छ। कम्पनीले २०१६ फेब्रुअरीदेखि दुईवटा स्कुटरमार्फत सेवा विस्तार गरेको र हाल देशभरका !! शाखाबाट एक्साइड ब्याटमोबाइल सेवा उपलब्ध गराइरहेको जनाएको छ। काठमाडौं पछि पोखरा र नारायणघाट क्षेत्रमा पनि सेवा माग तीव्र रूपमा बढिरहेको कम्पनीको भनाइ छ।

एक्साइड ब्याटमोबाइल सेवा सबै कार तथा एसयूभी ब्याट्री सँगै ईभी ट्याक्सी को लागि पनि निःशुल्क रूपमा स्टार्ट गरिन्छ। “HELP ON THE WAY; ANYTIME. ANY BATTERY.” भन्ने कम्पनीको नाराअनुसार यस सेवाले वर्षका ३६५दिन काम गर्छ। नेपाली नयाँ वर्ष, बिस्वकर्मा पूजा र होली बाहेक अन्य सबै दिन सेवा खुला रहन्छ। छुट्टीका दिनमा पनि नजिकका एक्साइड सर्भिस डिलर वा वर्कस्टेसन मार्फत समस्या समाधान गर्ने प्रयास गरिने उल्लेख गरिएको छ।

महामारी तथा लकडाउनको कठिन परिस्थितिमा समेत कम्पनीले ग्राहकका सवारी साधन स्टार्ट नहुने समस्या समाधान गर्न सक्दो प्रयास गरेको थियो। हाल ग्राहकहरूको मागअनुसार रिचार्ज का लागि लगिएका ब्याट्रीहरूको होम डेलिभरी सेवा अरु ब्राण्डका ब्याट्रीमा सशुल्क सेवा पनि स्टार्ट गरिँदै आएको छ।

एक्साइड ब्याटमोबाइल सेवा चर्चित कलाकार, गायक, राजनीतिज्ञ, अभिनेता लगायत धेरै परिचित व्यक्तिहरूद्वारा प्रयोग हुँदै आएको छ। ब्याटमोबाइल टिम स्टिकर, पकेट कार्ड, एएमसी भाउचर (AMC Boochures) वितरणदेखि विभिन्न सेवा क्याम्पहरू (Service Camp) हरूमा समेत सक्रिय रहेको कम्पनीले जनाएको छ। अधिकांश ओईएम (OEM) ले आफ्ना ग्राहकहरूलाई एक्साइड ब्याटमोबाइल सेवा नै प्राथमिकता दिँदै आएको उल्लेख गरिएको छ।

कम्पनीका अनुसार, ५० हजार सेवा कलको यो उपलब्धि संस्थाका लागि अत्यन्तै महत्वपूर्ण सफलता हो। यस उपलब्धिमा प्राप्त मार्गदर्शनका लागि वरिष्ठ महाप्रबन्धक श्री सुरेश कुमार तिवारीलाई कम्पनीले विशेष धन्यवाद व्यक्त गरेको छ।

साथै सबै वरिष्ठ अधिकारी, कर्मचारी, सहकर्मी, डिलर, रिटेलर तथा ओईएम (OEM) पार्टनरहरूलाई निरन्तर सहयोगका लागि हार्दिक आभार व्यक्त गरिएको छ। कम्पनीका अनुसार यो सफलता आगामी दिनहरूमा एक्साइड ब्याटमोबाइल सेवालाई अझ सशक्त बनाउँदै, अझ धेरै कल सेवा दिने र १००% ग्राहक सन्तुष्टि प्राप्त गर्ने लक्ष्य पूरा गर्ने प्रेरणा बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?