Trending:

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी
अटो टेक

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौं। एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कारहरू विकास गरिरहेको छ । यी सवारी साधनमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले आवाज निकै कम बनाउनेछ ।

नयाँ ‘हाइब्रिड प्लस’ प्रणाली जर्मनीको फ्रान्कफर्टस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको छ । यो प्रणाली आउँदै गरेको एमजी एस ९ प्लग–इन हाइब्रिड कारमा पहिलोपटक प्रयोग हुन सक्ने अनुमान गरिएको छ ।

images
साथै, एमजीले आफ्ना विद्युतीय कारहरूमा पनि ठूलो सुधार गर्ने योजना बनाएको छ ‘सेमि सोलिड स्टेट’ भनिने नयाँ प्रकारको ब्याट्री यस वर्ष युरोपमा एमजी ४ विद्युतीय ह्याचब्याकको उच्च संस्करणमा प्रयोग गरिनेछ, जुन यस प्रकारको पहिलो ठूलो मात्रामा उत्पादन हुने ब्याट्री हुनेछ ।

फ्रान्कफर्टमा आयोजित एक कार्यक्रममा एमजीका वरिष्ठ इन्जिनियर क्यू जिले नयाँ इलेक्ट्रिक टर्बो प्रति मिनेट ७० हजार घुम्न सक्ने जानकारी दिए । इलेक्ट्रिक टर्बोले गाडीको क्षमता र दक्षता दुवै सुधार गर्छ । यसले विद्युतीय र पेट्रोल इन्जिनबीच शक्ति वितरणलाई अझ सहज बनाउछ ।

नयाँ ‘हाइब्रिड प्लस’ प्रणालीमा आराम बढाउन विशेष डिजिटल ड्याम्पिङ प्रविधि पनि समावेश गरिएको छ । इलेक्ट्रिक मोटर केवल गाडी चलाउनका लागि मात्र होइन, इन्जिनको कम्पन कम गर्न पनि प्रयोग हुन्छ । गाडीभित्रका सेन्सरहरूले कम्पन पत्ता लगाएर त्यसलाई हटाउन आवश्यक शक्ति गणना गर्छन् र मोटरले त्यसको विपरीत काम गरेर कम्पन घटाउछ ।

यसले गाडीलाई अझ शान्त र आरामदायी बनाउनुका साथै ऊर्जा खेर जान कम गराएर दक्षता पनि बढाउने दाबी गरिएको छ । एमजीले नयाँ प्रणाली र टर्बोलाई सहयोग गर्न १।८३ किलोवाट घण्टाको ठूलो ब्याट्री पनि थप्दैछ । यी सुधारसँगै नयाँ हाइब्रिड कारहरू पुराना मोडेलभन्दा अझै स्मूथ, शान्त र छिटो हुने अपेक्षा गरिएको छ ।

एमजीको ‘सोलिडकोर’ नामको नयाँ सेमि सोलिड स्टेट ब्याट्री पनि यस वर्षको अन्त्यतिर उपलब्ध हुने अनुमान गरिएको छ । यसमा करिब ९५ प्रतिशत ठोस र ५ प्रतिशत मात्र तरल पदार्थ हुन्छ, जसले यसलाई साधारण ब्याट्रीभन्दा धेरै ठोस बनाउछ । यस डिजाइनले बढी ऊर्जा सञ्चय गर्न सक्ने भएकाले गाडीको दूरी बढ्छ । साथै छिटो चार्ज हुने र विभिन्न तापक्रममा राम्रो प्रदर्शन गर्ने क्षमता पनि हुन्छ ।

यसको अर्को ठूलो फाइदा सुरक्षा हो । सामान्य लिथियम आयन ब्याट्रीमा क्षति हुँदा अत्यधिक ताप बढेर आगलागी हुने जोखिम हुन्छ, जसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । तर एमजीका अनुसार नयाँ ब्याट्री निकै सुरक्षित छ । परीक्षणका क्रममा दबाउदा वा प्वाल पार्दा पनि यसले आगो वा स्पार्क उत्पन्न गर्दैन । यसमा ठोस र जेलजस्तो पदार्थसँगै लिथियम र म्यांगनीजको मिश्रण प्रयोग गरिएको छ, जसले सुरक्षा र स्थिरता बढाउछ ।

यी सबै नयाँ प्रविधिमार्फत एमजीले आफ्ना भविष्यका गाडीहरूलाई अझ शक्तिशाली, सहज, शान्त, सुरक्षित र ऊर्जा(दक्ष बनाउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?