Trending:

भीचित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवाड्र्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट
अपडेट

भीचित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवाड्र्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड

भीचित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवाड्र्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौँ। भी–चित्र प्रा. लि. ले १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवाड्र्स २०२६ मा जनसम्पर्क अर्थात् पीआर विधामा उत्कृष्ट प्रदर्शन गर्दै ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि जित्न सफल भएको छ ।

काठमाडौंस्थित यस एजेन्सीले टिकटकसँगको सहकार्यमा प्रभावशाली अभियान सञ्चालन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाएको हो ।

एशियाकै प्रमुख मार्केटिङ प्लेटफर्ममध्ये एक मानिने उक्त अवार्ड समारोह ३० अप्रिल २०२६ मा भारतको मुम्बईस्थित द वेस्टिन मुम्बई गार्डेन सिटी, गोरेगाउँ इस्टमा आयोजना गरिएको थियो । कार्यक्रममा एपीएसी क्षेत्रका उत्कृष्ट एजेन्सी तथा ब्रान्डहरूको सहभागिता रहेको थियो, जहाँ ग्राहक संलग्नता र सञ्चार क्षेत्रमा उत्कृष्ट कार्य गर्ने संस्थाहरूलाई सम्मान गरिएको थियो ।

भी–चित्रले विश्वकै प्रभावशाली डिजिटल प्लेटफर्ममध्ये एक टिकटकसँगको सहकार्यमा उल्लेखनीय सफलता हासिल गरेको हो । कम्पनीले टिकटक फ्यामिली पेरिङ अभियानमार्फत ‘बेस्ट इन्टिग्रेटेड पीआर एण्ड डिजिटल इन्गेजमेन्ट’ तथा ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा स्वर्ण पुरस्कार जितेको छ । सामाजिक सञ्जालमार्फत परिवारलाई जोड्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त अभियान सांस्कृतिक रूपमा समेत प्रभावशाली मानिएको थियो ।

नेपालमा २०२५ मा टिकटकमाथिको प्रतिबन्ध हटाइएपछि किशोरहरूको डिजिटल सुरक्षाबारे बढ्दो चिन्तालाई सम्बोधन गर्दै अभियानले अभिभावकीय नियन्त्रण सुविधा अर्थात् पेरेन्टल कन्ट्रोल फिचरलाई सेलिब्रेटी, कन्टेन्ट क्रियटर, टेलिभिजन विज्ञापन तथा स्थानीय भाषाका मिडियामार्फत सार्वजनिक गरेको थियो । अभियानले १४० भन्दा बढी मिडिया कभरेज, ३४ मिलियनभन्दा बढी क्रियटर भ्युज तथा ५.८ मिलियन इन्गेजमेन्ट हासिल गर्दै टिकटकलाई चिन्ताको प्लेटफर्मबाट जिम्मेवार प्लेटफर्मका रूपमा स्थापित गर्न सफल भएको जनाएको छ ।

यसैगरी, टिकटक सेफ्टी एम्बेसडर कार्यक्रममार्फत भी–चित्रले ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पीआर क्याम्पेन’ विधामा पनि स्वर्ण पुरस्कार जितेको छ । उक्त अभियानले नेपालमा टिकटक प्रयोगकर्तामाझ डिजिटल सुरक्षासम्बन्धी सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

ग्राण्ड प्रिक्स अवार्डअन्तर्गत प्राप्त यी सबै उपलब्धिसँगै भी–चित्रले ‘पीआर एजेन्सी अफ द इयर’ उपाधि पनि हात पारेको हो, जुन उक्त अवार्डको पब्लिक रिलेसन्सतर्फको सबैभन्दा ठूलो सम्मान मानिन्छ । यस उपलब्धिले भी–चित्रलाई एपीएसी क्षेत्रकै उत्कृष्ट पीआर एजेन्सीहरूको अग्रपंक्तिमा स्थापित गरेको छ ।

कम्पनीका अनुसार यो उपलब्धि केवल पुरस्कारमा सीमित नभई नेपाली एजेन्सीहरू क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व गर्न सक्षम छन् भन्ने सन्देशसमेत हो । यस सफलतामा भी–चित्रको पीआर केन्द्रित सहायक कम्पनी मिडिया म्यानको पनि महत्वपूर्ण भूमिका रहेको थियो। मिडिया रणनीति र सञ्चार विशेषज्ञतामार्फत मिडिया म्यानले सफल अभियान निर्माणमा योगदान दिएको कम्पनीले जनाएको छ ।

भी–चित्र प्रा. लि. नेपालका अग्रणी एकीकृत मार्केटिङ तथा सञ्चार एजेन्सीहरूमध्ये एक हो । कम्पनीले जनसम्पर्क, डिजिटल मिडिया, इभेन्ट व्यवस्थापन, इन्फ्लुएन्सर मार्केटिङ तथा क्रियटिभ रणनीतिमा विशेष विशेषज्ञता हासिल गर्दै विभिन्न चर्चित ब्रान्डसँग प्रभावकारी तथा परिणाममुखी अभियान सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?