Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
इन्टरनेट

अनलाइनबाट जीवनसाथी खोज्न सकिने !

अनलाइनबाट जीवनसाथी खोज्न सकिने !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

मङ्सिरपछि धेरै बिहे हुने भनेको माग महिनामा हो । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने विवाह गराइदिने संस्था बिरलै देख्न पाइन्छ । तर बिहेवारी डटकमले विगत चार वर्षदेखि धेरै जोडीको लगनगाँठो बाँधिरहेको छ ।

सन् २०१७ मा कम्पनीका संस्थापक अनन्त पौडेललाई उनका परिवारले बिहेमा जोड दिइरहेका बेला दिनहुँजसो कान्तिपुर दैनिकको पछाडिको पेजमा आउने  ‘बिहेवारी’ भन्ने कोलमले उनलाई व्यापारको युक्ति सुझाइदिएको थियो । दैनिक रुपमा आउने गरेका विवाहका प्रस्तावलाई जम्मा गरेर सम्पर्क नम्बरहरू संकलन गर्नुका साथै जोडी मिल्दो लाग्नेहरूलाई भेटाइदिने गर्दथे।

आईटीमा ब्याचलर गरेका अनन्त आफैं वेब होस्टिङ र कोडिङको काम गर्छन् । बिहेवारीको कामलाई नै व्यवसायको रुप दिन सकिन्छ भन्ने छाँट देखेपछि उनले हत्तपत्त अनलाइनमा बिहेवारीको डोमेन हेरेर तत्काल डिजाइन गरे । बिस्तारै देश र विदेशबाट फोन आउन सुरु भयो र काम राम्रो चल्दै गएपछि उनले २०१९ मा बिहेवारीको एप लन्चका साथै संस्था दर्ता पनि गरेका थिए ।

‘असल जीवनसाथी हरपल माथिमाथि’ भन्ने उनको अवधारणाले अन्ततः व्यसायको रुप लियो । उनले पाँच जना मनिसलाई रोजगारी समेत दिएका छन् ।सुरुवाती दिनमा नै जापान र अष्ट्रेलियाबाट विवाहका लागि जोडी खोज्न कल आउने गरेको थियो । बिहेवारी डटकममा जोडिन चाहने सेवाग्राहीले कम्पनीको वेबसाइट, एप र फेसबुक पेजमार्फत फारम दर्ता गर्न सक्छन् । साथै कम्पनीको कार्यालयमै गएर समेत आफ्नो फारम दर्ता गराउन सक्छन् । जसका लागि निश्चित शुल्क लाग्ने कम्पनीका संस्थापक पौडेलले बताए ।

यसबाट औसत मासिक ४० देखि ४५ हजारसम्म आय गरिरहेको उनी बताउँछन् । कम्पनीले आम्दानीको २० प्रतिशत मासिक रुपमा अनाथलयलाई दान गर्ने गरेको छ । करिब पाँच लाखको लगानीमा सुरू गरेको यो व्यवसायमा २० लाखसम्म लगानी भइसकेकाे छ । व्यस्त समयमा प्रविधिको सदुपयोग गर्न चाहनेका यो प्लेटफर्म सहयोगी हुनेछ । तसर्थ कम्पनीको भविष्य राम्रो हुने कुरामा पौडेल विश्वस्त रहेको छन् ।

सेवाग्राहीले कम्पनीको बिना-जानकारी कुनै कदम चालेमा र कुनै घटना घटेमा त्यसको जिम्मेवार आफै हुनपर्ने र सेवाग्राहीले उपलब्ध गराएका जानकारीको बारेमा समेत स्वयम् जिम्मेवार हुनुपर्नेछ । अहिले एपमार्फत सेवाग्राहीले च्याटमा मात्र कुरा गर्न सक्दछन् । सेवालाई प्रभावकारी बनाउन अडियो र भिजुअल दुवै फिचर थप्ने प्रक्रिया जारी रहेको छ ।

काठमाडौंमा मात्र सिमित नभई चाँडै नै इटहरी र बुटवलमा शाखा खोल्ने तयारी भइरहेको छ । सातै प्रदेशमा शाखासहित सेवा विस्तार गरेर अन्तर्राष्ट्रिय रुपमा ब्राण्ड स्थापित गर्ने कम्पनीको सोच रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?