Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
World News

फक्सवागेनको उत्सर्जन सफ्टवेयर अवैध यूरोपेली एक अदालतको ठहर

फक्सवागेनको उत्सर्जन सफ्टवेयर अवैध यूरोपेली एक अदालतको ठहर
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

३१ असार, एजेन्सी । युरोपेली अदालत (सीजेईयू) ले बिहीबार फक्सवागेन डिजेल गाडीहरूमा राखिएको सफ्टवेयर अवैध रहेको फैसला गरेको छ ।

निश्चित तापक्रममा प्रदूषण उत्सर्जन फिल्टरलाई निष्क्रिय बनाउने उक्त सफ्टवेयर अवैध भएको घोषणाले प्रभावित ग्राहकहरूका लागि क्षतिपूर्तिको बाटो खोलिदिएको छ ।

“वर्षको अधिकांश समयमा सामान्य तापक्रममा उत्सर्जन नियन्त्रण प्रणालीको प्रभावकारिता कम गर्ने डिजेल गाडीको सफ्टवेयर निषेधित उपकरण हो,” यूरोपेली अदालतको फैसलामा उल्लेख गरिएको छ ।

तापक्रम १५ भन्दा कम र ३३ डिग्री सेल्सियस (५९ डिग्री फारेनहाइट) भन्दा बढी हुँदा सफ्टवेयरले फिल्टरिङलाई कम गर्छ वा पूर्णतया निष्क्रिय पार्छ ।

अदालतले आफ्नो फैसलामा भनेको छ, “यूरोपेली मापदण्ड स्तरमा तोकिएको उत्सर्जन सीमा १५ डिग्री सेल्सियसभन्दा निकै कम भए पनि यसलाई नियमन गर्नुपर्ने उल्लेख छ ।”

सन् २०११ देखि सन् २०१३ को बीचमा भोक्सवागन गाडी किनेका क्रेताहरूको गुनासोपछि अस्ट्रियाको सर्वोच्च अदालत र दुई क्षेत्रीय अदालतहरूले सीजेयूमा मुद्दा दायर गरेका थिए ।

यस फैसलाको प्रतिक्रियामा जर्मन सवारीसाधनले आफ्नो गाडीमा प्रयोग गरिने ‘थर्मल विन्डो’ ठीक रहेको दावी गरेको छ । कम्पनीले भनेको छ, “तिनीहरूले क्षति वा दुर्घटनाको रूपमा इन्जिनको तत्काल जोखिमबाट जोगाउँछन् ।”

“कार्यवाहीबाट प्रभावित ईए–१८९ गाडीको निकासबाट आउने ग्यास पुनः १० डिग्री सेल्सियसको बाहिरी तापक्रमसम्म शतप्रतिशत सक्रिय भएको र यसरी वर्षको अधिकांश समयमा यो प्रयोगका लागि कानुनसम्मत हुनेछ, कम्पनीले भनेको छ ।

फक्सवागनले अदालतको निर्णयको प्रभाव ‘सामान्य’ हुने विश्वास गरेको छ ।

राष्ट्रिय अधिकारीहरू र अदालतहरूले अझै पनि उक्त सफ्टवेयर प्रयोग गर्न जायज छ कि छैन भन्ने बिषयमा निर्णय गर्नुपर्ने दावी कम्पनीको रहेको छ ।

“थर्मल विन्डो’का कारण भएको क्षतिको कथित दाबीलाई आधार बनाउने कानुनी कार्यहरू असफल भइरहेका उसले जनाएको छ ।

फक्सवागन समावेश भएको छुट्टै ‘डिजेलगेट’ काण्डमा ४५ हजारभन्दा बढी शिकायतकर्ताको प्रतिनिधित्व गर्ने जर्मन वकिल क्लाउस गोल्डेनस्टीनले बताएका छन् ।

उनले भने, “आजको निर्णयसँगै भोक्सवागन फेरि एकपटक गाडीको निकासबाट आउने ग्यास काण्डमा फसेको छ ।”

सन् २०१५ मा सुरु भएको ‘डिजेलगेट’ काण्डमा, भोक्सवागनले उत्सर्जन परीक्षणको लागि लाखौं डिजेल गाडीहरूमा छली गरेको स्वीकार गरेको छ ।

यस काण्डले थुप्रै प्रमुख युरोपेली कार निर्माता तथा कार पूर्जा आपूर्तिकर्ताहरूलाई चोरी सफ्टवेयरको विकासमा तिनीहरूको कथित भूमिकामाथि फन्दामा पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?