Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल, ४८ जनाको कोटामा जम्मा ११ जना भर्ना

प्राविधिक विषयमा विद्यार्थी पाउनै मुस्किल, ४८ जनाको कोटामा जम्मा ११ जना भर्ना
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२५ साउन, जुम्ला। जुम्लाका आठवटै स्थानीय तहका धैरैजसो विद्यालयमा विभिन्न प्राविधिक विषय गाउँमै पढाइ हुने गरे पनि विद्यार्थीको आकर्षण भने छैन । अहिले यी विद्यालयलाई विद्यार्थी भर्ना गराउनै मुस्किल परेको छ ।

जिल्लाको तिला गाउँपालिका–१ स्थित रारामा रहेको सीता माध्यमिक विद्यालयमा तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जीनियरिङ तहमा ११ मात्रै विद्यार्थी अध्ययनरत छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरबाट मान्यताप्राप्त सो विद्यालयमा प्राविधिक धारमा अध्ययन गर्ने ४८ विद्यार्थीको कोटा हुँदा पनि अहिले छ जना पूर्णशुल्क र पाँच छात्रवृत्ति कोटामा मात्रै विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पाण्डेले बताए ।

प्राविधिक विषयका विद्यार्थी नहुँदा शैक्षिकसत्र २०७९ का लागि तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जीनियरिङ तहमा भर्नाका लागि अहिले विद्यार्थीको खोजीमा विद्यालय लागेको छ । विभिन्न माध्यमबाट विद्यार्थीलाई भर्ना गराउन विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति लागिपरेको छ ।

विद्यालयका प्रअ पाण्डेले भने, “विद्यालयमा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थी नहुँदा सिभिल इञ्जीनियरिङतर्फ पढाइमा विद्यालयलाई सकस भएको छ । शिक्षकलाई तलब दिन पनि गाह्रो भएको छ । विद्यालयको कुनै आन्तरिक स्रोत पनि छैन, स्थानीय सरकारले पनि सहयोग गरेको छैन ।”

गाउँमै सिभिल इञ्जीनियरिङ विषय पढाइ भइरहेको छ । तर विद्यार्थी भर्ना हुन मानेका छैनन्, कम पैसाले घरमै दक्ष जनशक्तिबाट पढाइ हुने गरेको छ । पूर्णशुल्क र छात्रवृत्ति कोटाबाट अध्ययन गर्न चाहने विद्यार्थीलाई यो वर्षबाट पालिकाका नौवटै वडालाई पत्रचारसमेत गरिएको विद्यालयका प्रअ पाण्डेले बताए ।

विद्यालयमा विद्यार्थी आकर्षण गर्नेका लागि प्राविधिकतर्फ चाहिने पुस्तकालय, कम्प्युटर, ल्याब तथा प्रविधियुक्त सुविधासम्पन्न प्रयोगशाला, सर्भे क्याम्प, शैक्षिक भ्रमण तथा अवलोकनका माध्यमबाट सम्बन्धित स्थानमै पुगेर प्रयोगात्मक शैलीको अध्ययनलाई विशेष जोडदेखि विद्यार्थीलाई बस्नका लागि निःशुल्क छात्राबासको समेत व्यवस्था विद्यालयले गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए ।

गाउँका विद्यालयभन्दा सहरका विद्यालयका दक्ष शिक्षक र विभिन्न सेवासुविधा समयमै उपलब्ध हुने भएकाले विद्यार्थीको रोजाइ गाउँभन्दा सहरमा हुने गरेको जुम्लाका विद्यार्थी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?