Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

कलेज विद्यार्थीको लागि कलेज आइडिया हन्ट २०२२

कलेज विद्यार्थीको लागि कलेज आइडिया हन्ट २०२२
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

तपाईँ अहिले कलेज पढ्दै हुनुहुन्छ तर दिमागमा केही स्टार्टअपको आइडिया फुरिरहेको छ? यदि त्यस्तो हो भने यो तपाईँको लागी सही मौका हो। आइडिया स्टुडियोद्वारा सञ्चालित कलेज आइडिया हन्टमा कलेजमा अध्ययनरत विद्यार्थीहरू जसको आइडियाले समाज र वातावरणमा सबैभन्दा बढी प्रभाव पार्छ, त्यसलाई प्राथमिकता दिने भनेको छ।

यसको मुख्य उद्देश्य रचनात्मक युवा दिमागलाई नवीन र दिगो “ग्रीनोभेशन” समाधानहरूको माध्यमबाट विद्यमान समस्याहरू समाधान गर्न बाहिर ल्याउनु हो। यसमा आवेदन दिनका लागि कुनै शुल्क लाग्दैन। त्यसैमाथि विद्यार्थीहरूले आफ्नो स्टार्टअप सबैको अगाडि राखेर त्यसबारे मार्गदर्शन पाउनुको साथै अनुभवी टिमबाट इन्क्युबेशन, मेन्टरशिप र नेटवर्किङ सिक्ने मौका पाउँछन्।

कलेज आइडिया हन्टको फाइनल इभेन्ट ‘आइ ह्याभ एन आइडिया’ मा नेपालका ख्यातिप्राप्त व्यक्तित्वहरू लगायत व्यापक श्रोतामाझ विद्यार्थीहरूले विचार प्रस्तुत गर्ने अवसर प्राप्त गर्दछन्। त्यसमध्येका उत्कृष्ट ३ विजेताले रु १,००,००० नगद पुरस्कार प्राप्त गर्नुका साथै त्यसपछिको यात्रामा पनि निरन्तर मेन्टरसिप सपोर्ट प्राप्त गर्नेछन् ।

त्यसका साथै विजेताहरूले राष्ट्रिय स्तरको इन्क्युबेसन कार्यक्रम र आइडिया स्टुडियोको आफ्नै बिजनेस रियालिटी टेलिभिजन शो मा प्रत्यक्ष प्रवेश पनि प्राप्त गर्नेछन्। यस्ता धेरै फाइदाहरू यसबाट पाउने हुँदा तपाईँ यदि स्टार्टअपमा कुनै आइडिया सोच्दै हुनुहुन्छ भने यसमा आवेदन दिँदा धेरै सिक्ने मौका पाउनु हुनेछ।

यसमा आवेदन फर्म भर्दा चाहिने आवश्यकताहरू :

१. तपाईँ हाल नेपालमा स्नातक वा स्नातकोत्तर अध्ययन गरिरहेको हुनु पर्ने हुन्छ। विद्यार्थीले नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको हुनुपर्नेछ।

२. तपाइले आफ्नो नवीन आइडिया प्रस्तुत गर्नु पर्ने हुन्छ। ग्रीनोवेशन / सामाजिक नवीनता / प्रभाव विचारसँग सम्बन्धित विचारलाई विशेष प्राथमिकता दिनेछ।

३. यो आवेदन भर्ने अन्तिम मिति २०७९ भाद्र १९ गते सम्म मात्र हुनेछ। त्यसभन्दा पछि पठाइएका आवेदनलाई हेरिने छैन।

४. आवेदन सँगै आवेदकले एउटा २ मिनेट भिडियो बनाएर पठाउनु पर्ने हुन्छ। यसमा चाहिँ तपाइले आफ्नो व्यापार विचारलाई मजाले बुझाउनुको साथै यस विचारले कस्तो समस्यालाई समाधान गर्छ भन्नु पर्ने हुन्छ। तपाइको व्यापार विचारको मुख्य ग्राहक को हुनेछन् अनि तपाइले पाउने रकमबाट आफ्नो विचारमा कस्तो प्रभाव पार्न सक्नुहुन्छ भनी भन्नु पर्ने हुन्छ।

यसबाट चुनिएका १० टिमले रचनात्मकता, आलोचनात्मक सोच, आत्मज्ञान, सञ्चार, प्रस्तुति, सहकार्य र टिम वर्क सिक्ने मौका पाउँछन्। यहाँबाट सिकिएका ज्ञानलाई लिएर १० टिमले नै “आइ ह्याभ एन आइडिया” मा आफ्नो विचार प्रस्तुत गर्नु पर्ने हुन्छ। त्यसपश्चात् ३ टिमले रु. १,००,००० नगद आफ्नो विचारलाई रूप दिन पाउने छन्।

त्यसका साथै ३ विजेता टिमले आइडिया स्टुडियोको आफ्नो टिभी कार्यक्रम “सोचदेखि उद्योगसम्म ” मा सिधा प्रवेश पाउँछन्।

यसमा आवेदन भर्नको लागि आइडिया स्टुडियोको पेजमा गएर आवश्यक जानकारी भर्नु पर्ने हुन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?