Trending:

महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक
अपडेट

कम्प्युटरको सहि तापक्रम किन आवश्यक छ? कति हो कम्प्युटरको सबैभन्दा ठिक तापक्रम ?

कम्प्युटरको सहि तापक्रम किन आवश्यक छ? कति हो कम्प्युटरको सबैभन्दा ठिक तापक्रम ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२ भदाै, काठमाडाैँ । एकदमै गर्मी वा तापले तपाईँको कम्प्युटरलाई असर गर्न सक्छ। जब बाहिरको तापक्रम अत्यधिक तातो हुन्छ, यसले तपाईँको कम्प्युटर भित्रको हार्डवेयरको आयु घटाउन सक्छ। कम्प्युटरको प्रोसेसर एउटा तापक्रममा राम्ररी काम गर्न सक्छन्। बढी तापक्रम भयो भने यसले ह्यांग हुने, लोड हुने वा कम्प्युटरकै सिस्टम बिगारिदिन सक्ने हुन्छ। त्यसले गर्दा कम्प्युटरलाई राख्ने सही वातावरण बुझिराख्नु आवश्यक छ।

अत्यधिक गर्मीले तपाईँको कम्प्युटरको मदरबोर्ड, सिपियु र अन्य महत्त्वपूर्ण पार्टपुर्जा बिगारिदिन सक्छ। यसले तपाईँको कम्प्युटरको जीवनकालको आयुलाई उल्लेखनीय रूपमा कम गर्दछ।

कस्तो वातावरणबाट टाढा राख्ने त कम्प्युटरलाई?

अत्यधिक तापमान

तपाइले आफ्नो कम्प्युटरलाई झुक्किएर पनि प्रत्यक्ष सूर्यको प्रकाशमा छोड्नु हुँदैन। त्यसबाट आउने सिधा तापले कम्प्युटरलाई अधिक हानि पुर्याउछ।

यदि तपाईँ कुनै ठाउँबाट आफ्नो कोठामा प्रवेश गर्दै हुनुहुन्छ भने पहिला तपाईँको कम्प्युटरलाई हालको कोठाको तापक्रममा अभ्यस्त हुन समय दिनु आवश्यक छ। यसले गर्दा सबै पाट पुर्जा बिस्तारै आफ्नो कोठाको तापक्रममा मिल्न जान्छन् र अनि मात्र सबै तरिकाले काम गर्न सक्दछन्।

तपाईँको कम्प्युटरलाई बेला बेलामा सास फेर्न दिनु पनि उत्तिकै जरुरी छ। लगातार काम गरिरहँदा कम्प्युटर तातेर धेरै तापक्रममा जान सक्छ। यस कारण बेला बेला एक छिन त्यसलाई चिसो हुन समय दियो भने यसले तपाइको कम्प्युटर अझै राम्ररी र लामो समय सम्म काम गर्न सक्छ।

कम्प्युटरलाई लामो समयको लागिकारमा छोड्नु पनि राम्रो हुँदैन।  यदि यो एकदम आवश्यक हो भने तपाईँको कम्प्युटर कुनै तातो वा चिसो वातावरणमा नहोस्। साथै, त्यहाँ राख्दा कम्प्युटर बन्द गरेर मात्र राख्नु होला।

अधिक चिसो तापक्रमले तपाईँको कम्प्युटरलाई केही असर गर्दैन। तपाईँले चिन्ता गर्नुपर्ने मुख्य कुरा चाहिँ यो हो कि तपाईँको कम्प्युटरलाई चिसो तापक्रमबाट तातोमा ल्याउनु अघि ख्याल गर्नु पर्ने हुन्छ। जब कम्प्युटर तातो तापक्रममा हुन्छ, तब यसले ताप निकाल्छ। यसलाई एक्कासि चिसो वातावरणमा लग्यो भने त्यो निस्किएको ताप जमेर पानीमा परिणत हुन सक्छ, जुन कम्प्युटरको लागि एकदमै हानिकारक भइदिन्छ।

कम्प्युटरहरूको विभिन्न प्रोसेसर कम्पनीहरूले भित्री मेकानिक्सलाई चिसो राख्न अनेकन् तरिकाहरू अपनाउँछन्। बिल्ट-इन फ्यानको साथ कम्प्युटर छिटो कुल हुन्छ, तर अतिरिक्त भेन्टिलेसनले मेशिनको दीर्घकालीन प्रयोगबाट उत्पन्न हुने तापको मात्रा सीमित गर्न मद्दत गर्न सक्छ।

अन्दाजमा भन्नु पर्दा तपाईँको कम्प्युटर कोठाको तापक्रम १० डिग्री सेल्सियस भन्दा कम वा २७ डिग्री सेल्सियस भन्दा माथि जानु हुँदैन। कुनै पनि दिशामा ती सङ्ख्याहरू भन्दा बढी तापमानले तपाईँको कम्प्युटरको भित्री संयन्त्रको लागि खराब समाचारहरू दिन सक्छ। त्यसैमाथि सबैभन्दा ठिक तापक्रम’ भने १८-२१ डिग्री सेल्सियस को बिच हुनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?