Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
अपडेट

जिपीएसले कसरी सहि स्थान थाहा पाउँछ ?

जिपीएसले कसरी सहि स्थान थाहा पाउँछ ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२ भदाै, काठमाडाैँ । चाहे नयाँ गल्ली खोज्न होस् वा कुनै पसल नै भेट्न होस्, अहिले सबैले म्याप खोलेर आफू कहाँ छु अनि कसरी गन्तव्यमा पुग्ने भनेर हेर्ने गर्दछन्। अहिलेको समयमा म्याप नहेरी हिँड्ने त कोही बाँकि नै नहोलान्। अझ सहरका ठाउँहरू खोतल्न, नयाँ घुम्ने ठाउँमा पुग्न वा हराएको ठाउँबाट मुख्य बजारमा पुग्न सबैतिर जिपिएस त चाहिन्छ नै।

हामीलाई दिनरातको यात्रामा साथ दिने जिपिएसले कसरी काम गर्छ? कसरी यसले हामीलाई हाम्रो ठाउँको सही अवस्था अनि हाम्रो रफ्तारको जानकारी दिन सक्छ?

जिपिएसको मेकानिजम

जिपिएस भएको डिभाइसले वास्तवमा यसको स्थान निर्धारण गर्न स्याटलाइट/उपग्रहहरूलाई सिधै “सम्पर्क” गर्दैन। यसको सट्टा हाम्रो डिभाइसले भने स्याटलाइटले पठाएको रेडियो सङ्केतहरूको लागि सुनिरहेको हुन्छ जुन यी स्याटलाइटहरूबाट सबै समय प्रसारण भइरहेको हुन्छ।

सर्वप्रथम भने यो जिपिएस सिस्टम संयुक्त राज्य अमेरिकाद्वारा सैन्य प्रयोगको लागि सिर्जना गरिएको थियो। तर सन् २००० तिर अन्ततः नागरिक प्रयोगको लागि खोलिएको थियो। युएसएको आफ्नो स्याटलाइट सञ्जालमा कम्तीमा २४ जिपिएस स्याटलाइटहरू सधैँ पृथ्वीको वरिपरि कक्षमा हुन्छन् र उनीहरूले निरन्तर सही लोकेसनको डाटा प्रसारण गरिरहेका हुन्छन्।

त्यहाँका स्याटलाइटलाई कसरी मिलाइन्छ भन्दा पृथ्वीको कुनै पनि बिन्दुबाट आकाशमा चार वटा स्याटलाइट देखिने गरी स्याटलाइटलाई कक्षमा व्यवस्थित गरिएको हुन्छ। कुनै पनि ठाउँको सही स्थान थाहा पाउनको लागि यो हुनु आवश्यक छ। यस्तो नभएमा त्यो ठाउको एकदम सही डाटा निकाल्न अप्ठ्यारो पर्दछ।

जिपिएस स्याटलाइटले निरन्तर रेडियो सिग्नल पृथ्वीतर्फ प्रसारण गरिरहेका हुन्छन्। प्रत्येक प्रसारणमा जिपिएस स्याटलाइटको स्थान र सिग्नल पठाइएको समय समावेश हुन्छ। प्रत्येक स्याटलाइटमा एक एटोमिक/परमाणु घडी हुन्छ। यो प्रकारको घडीमा कुनै पनि प्रकारको ढिलाइ नहुने हुँदा एकदम सटिक समय दिन्छ।

जब हाम्रो जिपिएस डिभाइसले स्याटलाइटबाट आएको सिग्नल लग्छ। त्यस डाटामा स्याटलाइटबाट हामीसम्म पुग्न लागेको समयबारे पनि बताउँछ। यसको मदतले हाम्रो डिभाइसले स्याटलाइट र हामी बिचको दुरी निकाल्छ।

यसरी लगभग चार वटा स्याटलाइटबाट यसरी नै हाम्रो दुरी निकालिसके पछि डिभाइसलाई हाम्रो स्थानको एउटा सटिक जानकारी हुन्छ। यसरी गर्दा हाम्रो स्थान ठिक ठाउँमा देखिन्छ। हेर्दा लामो पक्रिया भए तापनि यो यति छिटो हुन्छ कि तपाइले मोबाइलको जिपिएस खोलेको एक छिनमै तपाइले आफ्नो स्थान देख्न सक्नु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?