Trending:

महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक
अपडेट

कम्प्युटरमा हुने ग्राफिक्स कार्डका प्रकार

कम्प्युटरमा हुने ग्राफिक्स कार्डका प्रकार
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

८ भदाै, काठमाडाैँ । कुनै पनि कम्प्युटर वा ल्यापटपमा आजकल छुट्टै ग्राफिक्स कार्ड भेटिन्छ। नयाँ कम्प्युटर खरिद गर्दा त्यसमा ग्राफिक्स कार्ड छुटै भएको किन्ने कि त्यही भित्रै रहेको किन्ने भन्ने एउटा अलमल त हुन्छ नै।

ग्राफिक्स कार्डको काम कस्तो हो? एकीकृत ग्राफिक्स कार्ड र समर्पित ग्राफिक्स कार्डमा कस्तो भिन्नता हुन्छ? के नयाँ ल्यापटपमा समर्पित ग्राफिक्स कार्ड नै राख्नु आवश्यक छ त?

जसरी तपाइले आफ्नो कपिमा रङ्ग देखाउन कलर पेन्सिलको प्रयोग गर्नु हुन्छ, त्यसरी नै यदि तपाइको कम्प्युटरले रङलाई बुझ्ने प्रयास गर्दै छ भने त्यसलाई ग्राफिक्स कार्डको आवश्यकता पर्दछ।

ग्राफिक्स प्रोसेसिङ युनिट या ग्राफिक्स कार्डको कार्य ग्राफिक्स अर्थात् इमेज, भिडियो, एनिमेसन आदि कम्प्युटरको स्क्रिनमा रेन्डर गर्नु हो।

एकीकृत ग्राफिक्स कार्ड (Integrated Graphics Card)

एकीकृत ग्राफिक्स कार्ड भन्नु र ग्राफिक्स प्रोसेसिङ युनिट (GPU) भन्नु उस्तै नै हुन्छ। यो कम्प्युटरको सिपियुमा हुन्छ। यसको कुनै अन्य भाग पनि हुँदैन। यसले गर्दा यसलाई आवश्यक पर्ने स्पेस र्‍यामबाट प्रयोग गर्दछ।

साथै त्यसलाई चल्न आवश्यक पर्ने पावर पनि सिपियुबाट तान्ने हुँदा यसले ब्याट्री सक्काउँछ। यसको आफ्नो छुट्टै कुलिंग सिस्टम नहुने हुँदा बढी लोडको काम दियो भने कम्प्युटर तात्ने समस्या देखिन्छ।

समर्पित ग्राफिक्स कार्ड (Dedicated Graphics Card)

गेमिंग र इडिटिङको चर्चा बढे पछि अहिले समर्पित ग्राफिक्स कार्डको पनि उत्तिकै माग र चर्चा बढेको छ। ग्राफिक्स कार्ड एउटा प्रोग्रामेबल लजिक चिप हो। यो ग्राफिक्स प्रोसेसिंग युनिट (GPU) भन्दा फरक हुन्छ। समर्पित ग्राफिक्स कार्डभित्र रहेका पाट पुर्जामध्ये ग्राफिक्स प्रोसेसिंग युनिट (GPU) पर्दछ।

एक सामान्य ग्राफिक्स कार्डमा आउटपुट इन्टर फेस, भीआरएएम (VRAM), RAMDAC, जिपियु (GPU) र अन्य धेरै भागहरू हुन्छन्। यसको कारणले यसले बढी फाइदा दिन्छ।

उदाहरणको रूपमा यदि तपाईँ गेमिङको लागि समर्पित ग्राफिक्स कार्ड लिँदै हुनुहुन्छ भने यसले तपाइको नयाँ प्रकारको गेमहरू खेल्दा अझै राम्रो अनुभव दिन्छ। त्यसै गरी, यसले गेमको भिजुअल पनि राम्ररी धान्न सक्छ।

यस भित्र नै आफ्नै स्टोरेजको सिस्टम हुने हुँदा कम्प्युटरको स्पेस पनि खाँदैन। त्यसै गरी, यसले आवश्यक पावर आफ्नै भागहरू बाट मिलाएर गर्ने हुँदा ब्याट्रीको लागि पनि राम्रो हुने भयो। यसको आफ्नै कुलिंग सिस्टम पनि हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?