Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

नेपालका ७३५ स्थानीय तहमै पुग्यो फोरजी सेवा

नेपालका ७३५ स्थानीय तहमै पुग्यो फोरजी सेवा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

८ भदाै, काठमाडाैँ । देशभर सूचना प्रविधिको गुणस्तरीय विकास गर्न दूरसञ्चार पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । हाल देशका सात सय ५३ स्थानीय तहमध्ये सात सय ३५ स्थानीय तहमा चौथो पुस्ताको इन्टरनेट ‘फोरजी’ सेवा विस्तार भएको सञ्चारमन्त्री कार्कीले जानकारी दिएका छन् ।

मन्त्रालयको प्रगति पुस्तिकाअनुसार गत आर्थिक वर्षमा एक हजार छ सय ४२ किमी अप्टिकल फाइबर विस्तार भई हालसम्म जम्मा १२ हजार दुई सय २४ किलोमिटर विस्तार भएको छ । यसले देशभर इन्टरनेट सेवा उपलब्ध गराउन मद्दत पुगेको मन्त्री कार्कीले बताए । दार्चुला जिल्लाको झामरुङमा नेपाल टेलिकमले टेलिफोन सेवा उपलब्ध गराई सेवा सुरु गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले आधुनिक विश्व नै एक गाउँमा परिणत भइसकेको छ । सूचना प्रविधिले मानव जीवनका हरेक क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ । विशेषगरी आर्थिक, सामाजिक, शैक्षिकलगायत क्षेत्रमा इन्टरनेट सेवाको पहुँच र प्रयोग बढेसँगै मानवसभ्यताको बहुआयामिक विकासको एक अभिन्न अङ्ग बनिसकेको सञ्चारमन्त्री कार्कीले उल्लेख गरे । उनले सञ्चार मन्त्रालयका कार्यक्रम आमसञ्चारको सुदृढीकरण, सूचना प्रविधिको विकास, विस्तार र उपयोग एवं हुलाक सेवा समयानुकूल सुधारका लागि लक्षित भएको बताए ।

विसं २१०० सम्ममा नेपाललाई उच्च आय भएको मुलुकमा पु¥याई समुन्नत नेपाल निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउने गरी सूचना प्रविधिको क्षेत्रमा विकसित नवीन प्रविधिको अधिकतम उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्ने मन्त्रालयको दीर्घकालीन सोचअन्तर्गत आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, सुरक्षण मुद्रण र चलचित्र जस्ता छ महत्वपूर्ण लक्ष्य निर्धारण गरिएको मन्त्री कार्कीले जानकारी दिए ।

आर्थिक वर्ष २०७८\०७९ मा सञ्चार मन्त्रालय र सम्बद्ध निकायबाट नीतिगत, कानूनी, दूरसञ्चार, सूचना प्रविधि, आमसञ्चार, हुलाक सेवा, चलचित्र र मुद्रण क्षेत्रमा भएका प्रमुख उपलब्धिहरुलाई पुस्तिकामा समावेश गरिएको छ । नतिजामूलक कार्यसम्पादनलाई जोड दिँदै सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउन वार्षिक नीति तथा कार्यक्रम एवं बजेट कार्यक्रको एकीकृत कार्ययोजना प्रकाशन गरी सोको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पदाधिकारीसँग कार्यसम्पादन गरिएको तथा सोको सूचकसहित वस्तुगत मूल्याङ्कन गर्ने प्रणालीको विकास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?