Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

के कस्ता छन् कारमा हुने विभिन्न सेन्सरहरु ?

के कस्ता छन् कारमा हुने विभिन्न सेन्सरहरु ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१० भदाै, काठमाडाैँ । आधुनिक कार इन्जिनमा १५ देखि ३० वटासम्म सेन्सरहरू हुन्छन्। हरेक सेन्सरले फरक फरक कामको जिम्मा लिएका हुन्छन्। यी सेन्सरहरूले गाडीको राम्रो प्रदर्शनको लागि इन्जिनमा सबै कुरा नियन्त्रण गर्दछन्।

तपाइले प्रयोग गर्ने गाडीमा धेरै सेन्सरहरू हुँदा हुँदै पनि कुनैले ठुलो भूमिका खेल्छ भने कुनैले सानो भूमिका खेल्छ। यदि तपाईँ कार चलाउनु हुन्छ भने तपाईँलाई कारका सामान्य सेन्सरको ज्ञान हुनु आवश्यक छ।

कहिले तपाइको कारले सही माइलेज दिँदैन भने कहिले मजाले स्टार्ट हुँदैन। यस्तो समयमा यदि तपाईँसँग सेन्सरको ज्ञान छ भने तपाइले आफै त्यो पार्ट पुर्जा हेरेर थोरै रकम मै चार मर्मत गर्न सक्नु हुनेछ।

त्यसै माथि कहिले अफ्ठेरो ठाउँमा तपाइको कार बिग्रिदा आफैले पनि कसरी त्यो समस्या समाधान गर्न सकिन्छ भनी ज्ञान हुन्छ।

यहाँ हामी सामान्य सेन्सरको बारेमा चर्चा गर्ने छौ।

मास एयरफ्लो सेन्सर

यो सेन्सरको मुख्य काम तपाइको गाडीमा प्रवेश गर्ने अक्सिजनको मात्रा निकाल्नु हो। यसले कति मात्रामा अक्सिजन छिरिरहेको छ, त्यो मापन गर्छ। त्यस पश्चात् यसले अक्सिजनको तापक्रम र चाप निकाल्छ।

तपाईँको गाडीको इन्जिनले कति हावा आइरहेको छ भनेर जान्न आवश्यक छ। यसले अक्सिजनको आइरहेको मात्रा निकालेर त्यो डाटाबाट आवश्यक पर्ने फ्युलको मात्रा बल्ल इन्जिनमा प्रदान गर्दछ।

त्यस कारण यो एकदम आवश्यक सेन्सरमा पर्दछ। यदि प्रदान गरिने फ्युलको मात्रा तल माथि भयो भने इन्जिनले राम्रो तरिकाले काम गर्न सक्दैन।

अक्सिजन सेन्सर

अक्सिजन सेन्सरको मुख्य काम निकास ग्यासमा कति अक्सिजन छ भनी मापन गर्ने हो। निकास ग्याँसमा रहेको अक्सिजनको स्तर मापन गरेर इन्जिन सही रूपले काम गरिरहेको छ कि नाइँ थाहा हुन्छ।

हामीलाई यो कुरा थाहा छ कि इन्जिनमा हुने ग्यास र अक्सिजन जलेर मात्र त्यहाँ ताप निस्किन्छ जसले गर्दा इन्जिनले काम गर्दछ। यदि निकास ग्याँसमा अधिक अक्सिजन छ भने यो कुरा निश्चित गर्न सकिन्छ कि इन्जिनको प्रक्रिया सही रूपले गइरहेको छैन।

जब निकास ग्यासमा धेरै अक्सिजन आउँछ, यो बुझ्न सकिन्छ कि भित्र इन्जिनमा ग्यास मजाले अक्सिजनसँग निस्किरहेको छैन।

तपाईँको अक्सिजन सेन्सर सही रूपमा काम गर्न असफल हुँदा तपाईँको कार उत्सर्जन परीक्षणमा असफल हुन्छ, इन्जिनको क्षमता कम हुन्छ र अल्लि समयमा तपाईँको इन्जिनको भागहरूमा क्षति हुन सक्छ।

यदि तपाइको अक्सिजन संसारमा केही खराबी छ भने तपाइको कारको चेक इन्जिन लाइट बल्छ। त्यस कारण त्यसलाई ख्याल गरिराख्नु आवश्यक छ।

इन्जिन तेल स्तर सेन्सर

यो सेन्सर सबैभन्दा बढी सामान्य सेन्सर हो। यसको काम भने ठुलो हुन्छ। तपाईँको कारमा सबैभन्दा सामान्य सेन्सरहरू मध्ये इन्जिन तेल स्तर सेन्सरले तपाईँको इन्जिन तेल प्यानमा तेलको स्तर कति छ भनी मापन गर्दछ।

यसले गर्दा तपाइको गाडी सुरक्षित सञ्चालन क्षमतामा छ भनेर सुनिश्चित गर्न सकिन्छ। यदि तपाईँको गाडीमा पर्याप्त तेल छैन भने यो सेन्सरले तपाईँको ड्यासबोर्डमा तेल स्तरको चेतावनी प्रकाश दिन्छ।

शीतलक/तापक्रम तापमान सेन्सर

तपाईँको इन्जिनमा अर्को महत्त्वपूर्ण सेन्सरमध्ये शीतलक तापमान सेन्सर पर्दछ। यो सेन्सरले तपाईँको गाडीको तापक्रम वा शीतलक तापमान हेर्ने काम गर्दछ।

तपाईँको इन्जिनको तापमान निर्धारण गर्न यो एउटा उत्तम तरिका हो। यदि तपाइको इन्जिन धेरै तापक्रममा पुग्यो भने इन्जिन क्षति हुने सम्भावना हुन्छ।

अहिलेका नयाँ कार मोडेलहरूमा शीतलक तापमानले इन्जिन बढी तात्यो भने तपाईँको इन्जिनलाई आफै बन्द गरिदिन्छ। यसले गर्दा इन्जिनले सेलाउन केही समय पाउँदछ र इन्जिन लामो समय सम्म काम गरिरहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?