Trending:

अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ? स्मार्ट च्वाइस् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी यस्तो छ वर्ल्डलिंकको राजश्व छलीसम्बन्धीको मुद्दामा सर्वोच्चको फैसला (पूर्णपाठसहित) एनसेलको शंकास्पद कारोवार: हुण्डी र ‘क्रिप्टो’ गरेको आशंका, अनुसन्धान गर्न माग [प्रमाणसहित] मानिसजस्तै सोच्न सक्छ एआईले ? एलजीका उत्पादनहरुमा ४० प्रतिशत सम्मको क्यासब्याक र पक्का उपहार ! औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : उद्योगमन्त्री आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने सरकारको तयारी नेपालमा पहिलो पटक सुरु भएको एआई सम्मेलनको प्रधानमन्त्रीले गरे उद्घाटन दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीविरुद्ध भ्रष्टाचारको उजुरी, अनुसन्धान गर्दै अख्तियार [प्रमाणसहित] विश्वका दुई धनी व्यक्ति मस्क र अम्बानीबीच ‘अन्तरिक्ष इन्टरनेट’ युद्ध ड्रोनबाट सामान ढुवानी एमएडब्लु वृद्धिले सुरु गर्‍यो भक्तपुरमा दिपलको नयाँ सोरुम
स्टार्टअप

स्टार्टअपमा बजार अनुसन्धानको आवश्यकता

स्टार्टअपमा बजार अनुसन्धानको आवश्यकता
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१४ भदाै, काठमाडाैँ । कुनै पनि स्टार्टअप सुरु गर्दा त्यसलाई विचारबाट एमभिपिसम्म पुर्‍याउन बिचमा एउटा मुख्य चरण हुन्छ। तपाइले सोचेको विचारलाई सही रूप दिन र सही ढाँचा दिन त्यसको सही रूपमा बजार अनुसन्धान गर्नु आवश्यक छ।

के हो बजार अनुसन्धान?

बजार अनुसन्धान भनेको तपाईँले ल्याउन खोजेको स्टार्टअप कुन बजारमा लग्दा वा प्रवेश गराउँदा ठिक हुन्छ भन्ने विश्लेषण गर्नु हो। बजारको प्रवृत्ति, उद्योगको प्रवृत्ति, बजार गतिशीलता, बजारको माग, लक्षित दर्शकहरू र अन्य सम्भावित ग्राहकहरूलाई हेर्न र बुझ्न बजार अनुसन्धान आवश्यक छ।

यसबाट तपाइले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रतिस्पर्धीहरू पहिचान गर्ने मौका पाउनु हुन्छ। यसरी सबै कुरा बुझेर तपाइले व्यावसायिक निर्णयहरू गर्न सक्नु हुनेछ। बजार अनुसन्धान केवल रिपोर्टहरू सिर्जना गर्ने  काम होइन।

यसले तपाईँको कार्यलाई अझै प्रभावित गर्दछ। यसको मदतले तपाइले गर्नु पर्ने कार्यको ढाँचा अनि आवश्यक फेरबदल एमभिपि पूर्व नै सक्नु हुनेछ।

राम्रो बजार अनुसन्धान भनेको बजारमा के भइरहेको छ भन्ने कुरा सुन्नु पनि हो। उपभोक्ताको मनमा के भइरहेको छ ? उनीहरूको कस्तो आवश्यकता छ? के तपाइले साची नै उनीहरूको आवश्यकतालाई पुरा गर्नु भएको छ?

यस्ता विषयमा एकीकृत हुँदा तपाईँको स्टार्टअपले दिशा परिवर्तन गर्न सक्छ। तर त्यो परिवर्तन राम्रोको लागि हुनेछ।

स्टार्टअपको लागि बजार अनुसन्धान किन महत्त्वपूर्ण छ?

स्टार्टअपको लागि बजारमा रहेका विकल्प र समस्या अनुसन्धान गर्न महत्त्वपूर्ण छ। तपाईँको ठुलो स्टार्टअप विचारलाई यदि समय मै बाटोमा लगाइएन भने त्यसले सही दिशा पाउँदैन। तपाईँको उत्पादन वा सेवा कागजमा त राम्रो सुनिएला तर के त्यो साछी नै बजारको लागि सान्दर्भिक छ त भनेर बुझ्न नि आवश्यक छ ।

तपाईँको विचारहरू परीक्षण गर्न सक्ने

यसरी बारम्बार तपाइको स्टार्टअपको विचार सोच्ने, छलफल गर्ने गर्दा तपाइको विचार अझै मिसिँदै अनि राम्रो बन्दै जान्छ।

के तपाइको स्टार्टअपको माग छ? के यसले कुनै ठोस समस्या समाधान गर्छ? यस्ता प्रश्नको भित्री उत्तर बुझ्न सकिन्छ। त्यसै माथि तपाइले मज्जाले प्रचार प्रसार गरेर मेरो स्टार्टअपलाई ठुलो बनाउँछु भन्नु पनि नमिल्ने कुरा हो।

समय उचित छ कि छैन?

कति स्टार्टअपमा त समयले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। जब तपाईँ बजार अनुसन्धान गर्नु हुन्छ तर यो पनि थाहा पाउनु हुन्छ कि तपाइले बनाउँदै गरेको उत्पादन वा सेवा यो समयको लागि ठिक छ कि नाइँ?

यदि टिकटक अहिले भन्दा १० वर्ष पहिले आएको भए यति प्रचलित हुने थिएन जति अहिले छ। यसको कारण यो पनि हो कि अहिले सबैको हातमा इन्टरनेट र फोन छ र सबैले टिकटकको मजा उठाउन सक्छन्।

यस्तै तपाइको स्टार्टअप पनि अहिलेको लागि बनेको हुन सक्छ कि नाइँ भनेर बुझ्न पनि बजार अनुसन्धान आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?