Trending:

स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम
अपडेट

बेनीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली, सिफारिस पनि इमेलबाटै

बेनीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली, सिफारिस पनि इमेलबाटै
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१३ भदाै, म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालु आर्थिक वर्ष २०७९/८० देखि वडा कार्यालयमा पनि लागू भएको हो ।

बेनी नगरपालिकामा १० वटा वडा छन् । सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल र पारदर्शी बनाउन ‘पेपरलेस गर्भनरनेन्स र फेसलेस सर्भिस’को अवधारणाअनुसार अनलाइन राजस्व प्रणाली लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताए ।

“सहज, छिटो, झन्झटरहित र मितव्ययी हिसाबले सेवा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग गरेका छौँ”, उनले भने, “हरेक कामका लागि नगरपालिकाको कार्यालयमै आउनुपर्ने बाध्यता हटाउन वडामै सेवालाई विकेन्द्रित पनि गरिएको छ ।” यसअघि ठेली प्याड बनाएर हातले लेखेर रसिद दिने गरिएको थियो । सफ्टवयरमा विवरण प्रविष्ट गरेर रसिद काट्न थालिएको हो । वडा कार्यालयमा सफ्टवयरबाट राजस्व तिर्ने सुविधा भएपछि नगरपालिका धाउनु नपर्ने, नजिक हुने, अनियमितता, अपारदर्शीता हट्ने र सेवा प्रवाह छिटो भएको छ ।

जिल्लाको रघुगङ्गा गाउँपालिकालगायत देशका विभिन्न स्थानीय तहमा लागू भएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चुहावट नियन्त्रण, आम्दानी वृद्धि र पारदर्शीता कायम गर्न प्रभावकारी बनेको छ ।

यसैगरी योजनाको लगत तयार र विवरण प्रविष्ट गरेर सम्झौता गर्ने मिल्ने सफ्टवयर प्रयोगमा ल्याइएको छ । विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा उपस्थित भएर औँठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि इमेलबाट निवेदन लिने र सेवा दिने अभ्यास थालेको छ ।

विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता गर्न यसअघिकै वर्षदेखि थालिएको थियो । सेवाग्राहीको औँठाछाप आवश्यक नपर्नेबाहेकको सिफारिसका लागि इमेलमा निवेदन पठाउने र इमेलबाटै सिफारिस उपलब्ध गराउन थालेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए ।

नगरपालिका र वडाको सिफारिस, दर्ता र चलानीलाई अनलाइन प्रणालीमा आधारित बनाइएको छ । प्राविधिकलाई वडाबाटै काम गर्ने व्यवस्था मिलाएर रु पाँच लाखसम्म बजेट विनियोजन भएका योजना सम्झौता गर्ने अधिकार वडासचिवलाई दिइएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

नगरको सबै वडा कार्यालयमा इन्टरनेट जडान भएको छ । विद्युतीय माध्यमबाट सेवा उपलब्ध गराउन कम्प्युटर, प्रिन्टर, स्क्यानर र विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था मिलाइएको छ । वडासचिवहरुलाई गत हप्ता अनलाइन राजस्व सूचना प्रणालीका विषयमा तालिम सञ्चालन गरिएको नगर कार्यपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?