१५ भदाै, काठमाडाैँ । तपाइँले इन्टरनेट चलाउँदा तपाइँको फोनमा डाटा त छिट्टै आइहाल्छ तर यसलाई तपाईँसम्म पुर्याउन लामो प्रक्रिया हुन्छ। यो लामो प्रक्रिया भने यति धेरै रफ्तारमा काम गर्छ कि तपाइँले त्यो ढिलाइ भएकोसम्म थाहा पाउनु हुन्न।
यो प्रक्रियामा जब तपाइको कम्प्युटरमा तपाइले केही खोज्न टाइप गर्नु हुन्छ, तब कम्प्युटरले त्यो डाटा खोज्न सर्भरसम्म पुग्छ। त्यो सर्भर कहिले तपाइँकै आफ्नै कम्प्युटर हुन्छ भने धेरै समयमा कुनै टाढा रहेको कम्प्युटरले नै सर्भरको काम गर्दछ।
वेब सर्भर, वेब सर्भर सफ्टवेयरको साथ भएको विशेष कम्प्युटर हो। यसले वेब पेज र सम्बन्धित सामग्रीहरू प्रयोगकर्ताहरूलाई वितरण गर्दछ। जब प्रयोगकर्ताहरूले ब्राउजर एड्रेसमा टाइप गरेर डाटा खोज्छन्, त्यतिबेला सर्भर काममा लाग्छ।
उदाहरणका लागि यदि प्रयोगकर्ताले ब्राउजरमा यूआरएल – “http://www.techkagaj.com” टाइप गर्दछ भने यसले डोमेन नाम “techkagaj.com” भएको वेब सर्भरमा डाटाको अनुरोध उत्पन्न गर्दछ। वेब सर्भरले पाएको डाटा प्रयोगकर्ताको कम्प्युटरसम्म पुर्याउँछ र यसलाई प्रयोगकर्ताको ब्राउजरमा पठाउँदछ।
सर्भरका प्रकार कस्ता छन् त?
सर्भर दुई प्रकारका हुन्छन्। लोकल र रिमोट सर्भर।
लोकल सर्भर र रिमोट सर्भर बिचको भिन्नता बुझ्नु महत्त्वपूर्ण छ। यदि तपाईँले लोकल सर्भरको कुरा गर्दै हुनुहुन्छ भने यसको अर्थ तपाईँको आफ्नै मेशिनमा सर्भर सेट अप छ भन्ने हो।
जब सर्भर रिमोट हुन्छ, यसको अर्थ कुनै अर्कै ठाउँमा अर्को कम्प्युटरमा सर्भर राखिएको छ भन्ने बुझ्नु पर्दृछ।
लोकल वेब सर्भर
लोकल सर्भर एउटा निजी स्वामित्वको मेशिन हो। यो विशेष गरेर डेभलपहरूले कोडहरू भएका वेब पेजहरू भण्डारण र परीक्षण गर्न प्रयोग गर्दछन्।
लोकल वेब सर्भमा डेभलपरले प्रयोग गर्ने कम्प्युटरमा वेब सर्भर सफ्टवेयर हुनुको साथै वेब टुलहरूसम्म हुन्छन्।
एउटा स्थानीय सर्भर तपाईँको ल्यापटप वा व्यक्तिगत कम्प्युटर पनि हुन सक्छ। यसले तपाईँलाई वेब अनुप्रयोग विकास गर्नका लागि पुरै वातावरण दिन्छ।
रिमोट वेब सर्भर
रिमोट सर्भर भन्नाले यस्तो सर्भर हो जहाँ प्रयोगकर्ताहरूले पठाएका अनुरोधहरू पेस गर्न वेब सर्भर सफ्टवेयर, डाटाबेस र अन्य संसाधनहरू भएको टाढाको कम्प्युटरलाई जिम्मा दिन्छ।
टाढाको सर्भरले एक वा एकभन्दा बढी वेबसाइटहरू होस्ट गर्न सक्दछ। रिमोट सर्भरहरू उच्च प्रदर्शन कम्प्युटरहरू हुन् जसमा धेरै जानकारीको राखिएको हुन्छ र धेरै मात्रामा अनुरोधहरू ह्यान्डल गर्न सकिन्छ।
यसको ठुलो मेमोरी र भण्डारण स्थान हुन्छ। यसलाई प्राय जसो ठुलो कम्पनीहरूले प्रयोग गर्दछन्।