१६ भदाै, काठमाडाैँ । नयाँ प्रोग्रमिङ भाषा सिक्ने हरेकलाई सुरुमा सजिलो तर काम लाग्ने भाषाको खोजी हुन्छ। वेब डेभलपर बन्ने बाटोमा दुवै भाषाको बारम्बार कुरा भइरहन्छ। यस कारण पनि यो दुई के हुन् बुझ्न आवश्यक छ। HTML र PHP आखिर के हुन् त?
HTML
HTML ले World Wide Web को लागि आधारभूत ब्लकको रूपमा कार्य गर्दछ। यस बिना वर्ड वाइड वेब नै अपुरो जस्तै हो।
HTML कुनै पनि वेबसाइटको मेरुदण्ड हो। यो प्रत्येक वेबसाइटको फ्रन्ट-एन्ड कोडको एक प्रमुख भाग हो। तपाइले वेबसाइटमा देख्ने सबै कुराहरू फ्रन्ट-एन्डमा पर्दछ।
ब्राउजरले एचटीएमएल ट्यागहरू प्रदर्शन गर्दैन तर ती ट्यागले भित्र भित्र नै आफ्नो काम गर्दछन्। पृष्ठको सामग्री रेन्डर गर्न ती ट्यागले मद्दत गर्दछ। HTML सन् १९९१ मा टिम बर्नर्स-ली द्वारा बनाइएको थियो। उनले वर्ल्ड वाइड वेब पनि स्थापना गरेका हुन्।
PHP
PHP एक खुला स्रोत सर्भर-साइड स्क्रिप्टिङ भाषा हो। खुला श्रोत भन्नाले यसलाई कसैले पनि फेर्न खोज्यो भने सक्दछ। त्यसका साथै यसमा भएका फेरबदललाई कम्पनीले सम्म समावेश गर्न सक्छ।
सर्भर साइडको भाषा भन्नाले हाम्रो कम्प्युटरमा डाटा ल्याउन काम गर्ने सर्भरले बुझ्ने भाषा भन्न सकिन्छ। यसमा सर्भरले यो भाषामा काम गर्दछ भने हाम्रो ब्राउजरमा आउँदा त्यो अर्कै भएर आउँछ।
पीएचपीलाई ORACLE, MySQL र Microsoft SQL सर्भर आदि जस्ता विभिन्न प्रकारका डाटाबेसहरूसँग एकीकृत गर्न सकिन्छ। डाटाबेस PHP को लागि आवश्यक छ किनकि त्यही डाटाबेसमा सबै जानकारी राखिएको हुन्छ।
यसको मदतले गतिशील वेबसाइटहरू, वेब अनुप्रयोगहरू र स्थिर वेबसाइटहरू सिर्जना गर्न सकिन्छ।
पीएचपी प्रयोग गरेर हामीले धेरै सामग्रीहरू वेबसाइटमा देखाउँन सक्दछौँ। जब PHP लाई डाटाबेससँग जोडिन्छ चाहिने जानकारी आवश्यक समयमा सजिलै सँग पुनः प्राप्त गर्न सकिन्छ।
वेबसाइटका प्रयोगकर्ताहरूलाई इमेलहरू पठाउनेदेखि डेटा गुप्तिकरण गर्ने, डाटाबेसमा डाटा भण्डारण गर्ने सबै PHP बाट गर्न सकिन्छ।
PHP गतिशील वेबसाइट विकासको लागि सबैभन्दा लोकप्रिय स्क्रिप्टिङ भाषा हो।
HTML र PHP बिचको अन्तर
HTML को निर्देशनको साथमा रङ दिने वा मिलाउने, पेजलाई ढाँचा दिने, पङ्क्तिहरुमा छुट्टाउने, जस्ता कामहरु गर्न सकिन्छ। अर्को तर्फ, PHP बाट भने डाटा भण्डारण, ईमेल पठाउने, ईमेल र फाइल अपलोड गर्ने र डाउनलोड गर्ने, वेब पेजहरू सिर्जना गर्ने जस्ता कामहरु गर्न प्रयोग गरिन्छ।
HTML स्थिर वेब पेजहरू विकास गर्न बढी प्रयोग गरिन्छ। PHP लाई भने वेबसाइटलाई गतिशील बनाउन प्रयोग गरिन्छ।
जब तपाइको PHP फाइल सर्भरबाट तपाइको ब्राउजरमा आउछ। त्यो HTML फाइलको रुपमा आउछ।