Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

वेबसाइटमा एलिमेन्टरको प्रयोग किन?

वेबसाइटमा एलिमेन्टरको प्रयोग किन?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१६ भदाै, काठमाडाैँ । वेबसाइट बनाउन विभिन्न तरिकाहरू अपनाउन सकिन्छ। ती सबै मध्ये अहिले सबैभन्दा चर्चित, सजिलो र सस्तो तरिका भनेकै वर्ड प्रेस हो। वर्डप्रेस वेबसाइटहरू विभिन्न तरिकामा डिजाइन गर्न सकिन्छ।

यदि तपाईँलाई कोडिङको ज्ञान छ भने तपाइले सुरुबाटै आफ्नै वेबसाइट सिर्जना गर्न सक्नु हुन्छ। यदि तपाईँलाई कोडको केही जानकारी छैन वा भर्खर भर्खर सिक्दै हुनुहुन्छ भने कोडिङ गर्नु धेरै समय लाग्ने र झन्झटिलो प्रक्रिया हुन सक्छ।

तर, अर्को उपाय यदि तपाईँसँग प्राविधिक ज्ञान छैन भने पनि तपाइले सही तरिका सिकेर कुनै कोड बिना नै एउटा सुन्दर वेबसाइट बनाउन सक्नु हुनेछ।

एलिमेन्टर जस्ता वर्डप्रेस पेज बिल्डरहरूले वर्डप्रेसलाई अझै राम्रो र प्रभावकारी बनाउँदै आइरहेका छन्। यस तरिकामा समय र पैसा बचत गर्न चाहनेहरूका लागि वर्डप्रेसमा एलिमेन्टरद्वारा बनाइएका वेबसाइटहरू शक्तिशाली समाधान हुन्छन्।

यहाँ हामी एलिमेन्टरका केही फाइदा र विशेषता बारे चर्चा गर्ने छौ।

छिटो वेबसाइटहरू सिर्जना गर्ने

तपाईँ वेबसाइट निर्माणमा नयाँ हुनुहोस् वा एक विशेषज्ञ वेबसाइट डिजाइनर नै किन नहुनुहोस्, तपाईँले एलिमेन्टर जस्ता वर्डप्रेस पेज निर्माताहरूको साथ छिटो वेबसाइटहरू सिर्जना गर्न सक्नुहुनेछ।

अधिकांश पेज बिल्डरहरू धेरै प्रयोगकर्ता-अनुकूल इन्टरफेसको साथ आउँदछ। यसले गर्दा तपाईँलाई दिइने विकेटहरूको अप्सनले तपाइले धेरै कामहरू एकदम सहज रूपमा थोरै समय मै सक्नु हुनेछ।

यसको मदतले वेब पेजहरू एकदम छिटो सिर्जना गर्न सकिन्छ।

कोडिङको आवश्यकता पर्दैन

कोडिङ बिना पनि राम्रो राम्रो वेबसाइटहरू डिजाइन गर्न एलिमेन्टर जस्तो पेज बिल्डरहरुले प्रयोग गर्नु आवश्यक छ।

पेज बिल्डरहरू लोकप्रिय हुनुको मुख्य कारण नै यसमा बिना कुनै कोडिङको झन्झट सजिलो राम्रो वेबसाइट बनाउन सकिन्छ। पेज बिल्डरहरूको मद्दतले जसले पनि कोडिङ कक्षाहरू नलिएरै वा पेसा कै रूपमा वेबसाइट डिजाइनर नबनी नै आफ्नै वेबसाइट सिर्जना गर्न सक्दछन्।

पूर्वनिर्मित टेम्पलेटहरू र पेज गिल्डरहरू उपलब्ध

यहाँ पृष्ठहरू निर्माण गर्न छिटो र सजिलो हुनुको एक कारणमा यसले दिने पूर्वनिर्मित टेम्पलेटहरू पनि पर्दछन्। यो सङ्ग्रहको साथ आउँदछन् जुन तपाईँ तुरुन्तै तपाईँको वेबसाइट सिर्जना गर्न प्रयोग गर्न सक्नु हुनेछ।

एलिमेन्टरमा आफ्नै एलिमेन्टर टेम्पलेट लाइब्रेरी हुन्छ। यसको साथमा तपाईँले पूर्वनिर्मित पेज टेम्पलेटहरूको प्रयोग गरेर सजिलैसँग नयाँ वेबसाइट छिट्टै बनाउन सक्नु हुनेछ।

यसको लागि तपाइले केवल आवश्यक टेम्पलेट रोजेर त्यसलाई पेजमा वा पृष्ठमा राख्नु पर्दछ। त्यसपछि तपाईँले त्यस माथि आफ्नो सामग्री थप्न सक्नुहुन्छ र तपाईँको वेबसाइट देखाउनको लागि तयार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?