Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

विज्ञान तथा प्रविधिको सारथी बन्दै गण्डकीको ‘जिपास्ट’

विज्ञान तथा प्रविधिको सारथी बन्दै गण्डकीको ‘जिपास्ट’
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१६ भदाै, कास्की । प्लास्टिक पेलेर पक्की सडक बनाउन सकिन्छ भन्ने नमूना प्रस्तुत भएको चार वर्षभन्दा बढी भयो । पोखरा महानगरपालिका–१४ अनुपम टोलको एक सय मिटर सडक प्लास्टिकबाट पिच गरेर २०७५ साउन १ गते उक्त कार्यको शुभारम्भ गरिएको हो ।

प्लास्टिक सडक सय मिटर मात्र छ । हजारौँ हजार किलोमिटरको कोशेढुङ्गा हो । सहरमा जताततै प्लास्टिक छन् । सहरको फोहर व्यस्थापन गर्न नगरपालिकालाई हम्मेहम्मे छ । तर तिनै फालिएका प्लास्टिकबाट पक्की सडक बनाउन सकिन्छ भने नमूना पनि हो यो सडक । चार वर्षअघि ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीका युवाद्वारा प्लास्टिक पेलेर बाटो कालोपत्र गर्ने प्रविधि भुटानमा सिकेर पोखरामा प्रयोग गरिएको हो ।

कम्पनीबाट मेकानिकल इञ्जिनीयर विमल बाँस्तोला र सिभिल इञ्जिनीयर राजिव सुवेदीले प्लास्टिकबाट सडक पिच गर्ने प्रविधि सिक्न भुटान जानुभएको थियो । त्यहाँ एकहप्ते तालिम लिएर फर्केपछि उक्त सीपलाई नेपालमा प्रयोग गरिएको हो । यसमा उहाँहरू सफल बने । यो प्रविधि अरु ठाउँमा पनि विकास गर्न चाहे पनि स्रोतसाधनको कमी यतिखेर समस्याका रुपमा देखिएको छ ।

यसका लागि प्लास्टिक टुक्रा पार्नुपर्छ । जुन काम गर्न मेसिन पाउनै मुस्किल छ । भएका मेसिन बिग्रदा बनाउनका लागि चीन वा भारत पुर्याउनुपर्छ । हैरानी खेप्नुभन्दा मेसिन नेपालमै बनाउनेतर्फ उनीहरूको ध्यान मोडियो ।

अनुसन्धान कै क्रममा गण्डकी प्रदेशले सञ्चालन गरेको गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान ‘जिपास्ट’ सँग ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीले काम गरेको हो । ‘हामीले प्लास्टिक टुक्रा कसरी बनाउने भनेर रिसर्च गरिरहेका थियौँ’, इञ्जिनीयर विमल बाँस्तोलाले भने,‘त्यही क्रममा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) सित कुरा भयो ।’ त्यसपछि आफूहरुको काममा जिपास्टले सहयोग गरेको उनले बताए।

उक्त प्लास्टिक पेल्ने मेसिनको अनुसन्धान विकासका लागि धेरै रकम आवश्यक पर्ने भएकाले जिपास्टले सहयोग गरेको बास्तोलाले जानकारी दिए । गण्डकी प्रदेश सरकारले विज्ञान तथा प्रविधि क्षेत्रमा नवीतम सोच राख्नेका लागि जिपास्ट स्थापना गरेको हो ।

प्रदेश सरकारले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने संस्था तथा व्यक्तिलाई सहयोग पु¥याउन यसको स्थापना गरिएको प्रतिष्ठानका प्रमुख ढाका भण्डारीले जानकारी दिए । यो स्थापना भएको २० महिना भयो ।

‘प्रदेशभर विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियटिभ रुपमा लाग्नेहरूलाई सहयोग पुग्ने गरी यो प्रतिष्ठानको परिकल्पना अघि बढेको हो’, उनले भने, ‘स्थापना भएको छोटो समयमा पनि ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीजस्तै अन्य संस्था र व्यक्तिलाई सेवा दिन पाएका छौँ ।’ प्रतिष्ठानले कर्मचारी भर्नादेखि प्रयोगशाला स्थापना, अनुसन्धानकर्ताका लागि फेलोसिप, अनुसन्धानका लागि लागत साझेदारी, वर्कसप, तालिमको काम गरिरहेको उनले जानकारी दिए।

जिपास्ट प्रदेश सरकारको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालित छ । प्रदेशलाई सक्षम बनाउन आवश्यकताका आधारमा प्रतिष्ठानलाई प्रयोग गर्ने मन्त्रालयको योजना छ । यसलाई अझै प्रभावकारी बनाउन यस वर्ष पनि नयाँ योजना बनाएर बजेट छुट्याइएको प्रदेश शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले जानकारी बताए ।

मन्त्री श्रेष्ठले भने,‘लुप्त अवस्थामा रहेका चिजलाई अनुसन्धान गरेर कसरी उत्पादन बढाउने, आयस्रोत बढाएर प्रदेशलाई सक्षम बनाउने कुरा जिपास्टसँग जोडिएको छ ।’ चालु आर्थिक वर्षमा विनियोजन गरिएको रकमबाट ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनी जस्तै विज्ञान तथा प्रविधि क्षेत्रमा नवीनतम सोचका साथ काम गर्ने सङ्घ वा व्यक्तिलाई सहयोग गर्ने जिपास्टको योजना रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?