Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
World News

अमेरिकाद्वारा रूस र चीनमा एनभिडिया कम्प्युटर चिप्स निर्यातमा प्रतिबन्ध

अमेरिकाद्वारा रूस र चीनमा एनभिडिया कम्प्युटर चिप्स निर्यातमा प्रतिबन्ध
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१९ भदाै, एजेन्सी। अमेरिकी टेक्नोलोजी कम्पनी एनभिडियाले बाइडन प्रशासनले रुस र चीनलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न सकिने भन्दै उच्च प्रविधियुक्त कम्प्युटर चिप्स बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ ।

कम्पनीले बुधबार अमेरिकी सुरक्षा तथा र विनिमय आयोगद्वारा प्रकाशित एक विज्ञप्तिमा भनिएको छ, “अमेरिकी प्रशासनले एनभिडिया कर्पोरेसन नामक प्रबिधि कम्पनीलाई यूएसजीले कम्पनीको ‘ए १०० र आगामी एच १०० इन्टिग्रेटेड सर्किट’ लाई चीन (हङकङ सहित) र रूसमा भविष्यमा कुनै पनि निर्यातको लागि तत्काल कार्यान्वयनमा आउने गरी नयाँ इजाजतपत्र हुनुपर्ने अनिबार्य गरिएको २६ अगस्त २०२२ मा भएको निर्णयमा उल्लेख छ ।”

कम्पनीका अनुसार प्रविधिको निर्यात र सहयोगका लागि लागि नयाँ इजाजत पत्र आवश्यक छ, जसले गर्दा यी प्रविधिहरू सैन्य उद्देश्यका लागि प्रयोग गर्न सकिने जोखिम लाई समाप्त गर्दछ । कम्पनीले सम्भावित ग्राहकका लागि अनुमतिपत्रको लागि अनुरोध गर्न सक्छ, तर सरकारले इजाजत पत्र नदिन पनि सक्नेछ ।

“नयाँ लाइसेन्स आवश्यकताले ‘एच १००’ को विकासलाई समयमै पूरा गर्न वा ‘ए १००’ का विद्यमान ग्राहकहरूलाई सहयोग गर्ने कम्पनीको क्षमतामा असर पार्न सक्छ र कम्पनीलाई चीनबाट केही अपरेसनहरू स्थानान्तरण गर्न आवश्यक हुन सक्छ ।

कम्पनीमा अमेरिकी सरकारको स्वामित्व छ र कम्पनीको आन्तरिक विकास र समर्थन गतिविधिहरूको लागि छूट खोज्दैछ,” विज्ञप्तिमा भनिएको छ । “यो कदमले तेस्रो त्रैमासिकमा कम्पनीको राजस्वमा चार करोड अमेरिकी डलर बराबरको प्रभाब पर्नेछ ।”

न्युयोर्क टाइम्सका अनुसार अर्को अमेरिकी कम्पनी एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) का उच्च प्रविधियुक्त उत्पादनमा पनि प्रतिबन्ध लगाइएको छ । गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडनले २८० अर्ब अमेरिकी डलरको ‘चिप्स एण्ड साइन्स एक्ट २०२२’ लागू गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

यसमा चीनको बढ्दो प्राविधिक प्रभावको सामना गर्न अमेरिकी सेमीकन्डक्टर उत्पादकहरूका लागि ५२ अर्ब अमेरिकी डलरभन्दा बढी अनुदान समावेश छ । चीनले सेमीकन्डक्टरका स्थानीय उत्पादकहरूलाई सहयोग गर्ने उद्देश्यले अमेरिकी चिप्ससम्बन्धी नयाँ कानूनको विरोध गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले गत महिना अमेरिकाले पारित गरेको नयाँ चिप्स एण्ड साइन्स एक्टले विश्वव्यापी आपूर्ति शृङ्खलालाई बिथोल्ने र अन्तर्राष्ट्रिय व्यापारमा बाधा पुर्याउने बताएका छन् ।

वाङले भने, “संयुक्त राज्य अमेरिकाले भनेको छ कि यस अधिनियमको उद्देश्य अमेरिकी प्रबिधि र सेमीकन्डक्टर उत्पादनको प्रतिस्पर्धात्मकता बढाउनु हो । तथापि, यस अधिनियमले चिप्स उत्पादन गर्ने अमेरिकी उद्यमहरूलाई ठूलो अनुदान प्रदान गर्दछ र उद्योग समर्थनको एक विभेदित नीति प्रस्तुत गर्दछ । यसमध्ये केही प्रावधानहरूले चीन र अमेरिकाबीचको सामान्य वैज्ञानिक र प्राबिधिक समन्वयमा प्रभाब पार्नुका साथै सामान्य लगानी र व्यापारमा सम्बन्धित चिनियाँ उद्यमहरूको आर्थिक गतिविधिहरू सीमित गर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?