२४ भदाै, काठमाडाैँ । होस्टिङ अकाउन्टबाट डाटाहरू नष्ट गरेको आरोपमा जेनेस सोलुसन प्रा.लि.का सीईओ प्रशन्न पोखरेल पक्राउ परेका छन्। साइबर ब्युरोले जेनेसको कार्यालयबाटै पोखरेललाई पक्राउ गरेको हो।
सुन्दर ग्रुप अफ कम्पनिज प्रा.लि. सञ्चालन गरी सोही कम्पनी मार्फत कम्प्यूटर तथा लेखा सम्बन्धी उपकरणहरुको करोबार, कम्प्यूटरको थोक व्यापार र अन्य विविध वस्तुहरुको आयात निर्यात गर्ने लगायतको विविध सेवा प्रदान गर्दै आईरहेको कम्पनीले जेनेस सोलुसनमार्फत वेभसाइटहरूको होस्टिङ अकान्टबाट डाटाहरू नष्ट गरेको उजुरी परेको थियो। साइबर ब्युरोले उक्त कार्यमा कम्पनीको संलग्नता देखिएको बताएको छ।
प्रहरीले पोखरेललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट अनुमती लिई पक्राउ गरेर तीन दिन म्याद थपि आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।




