Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
इन्टरनेट

सामाजिक सञ्जालकाे प्रयोग बढेसँगै साइबर अपराधको ग्राफ उकालो

सामाजिक सञ्जालकाे प्रयोग बढेसँगै साइबर अपराधको ग्राफ उकालो
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

२९ भदाै, काठमाडाैँ। विज्ञान र प्रविधिमा सामाजिक सञ्जालकाे प्रयोग बढेसँगै साइबर अपराध पनि बढेको छ । ठगी गर्ने मनसायले सामान्य कुरा गर्ने र भिडियो कल गर्ने, त्यसपछि अश्लील दृश्य मिसाएर ब्ल्याक मेल गर्ने गरेको पाइएको छ । यस्ता समूहबाट सचेत हुन साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी पशुपतिकुमार राईले बताए ।

भिडियो कल रिसिभ गर्नासाथ अनुहार कट गर्ने र अश्लील दृश्य मिसाएर परिवार तथा आफन्तलाई पठाउँछु भनी धम्क्याउने र पछि आर्थिक लाभ खोज्ने गर्दछन् । उनले भने, ‘कुनै पनि अपरिचित मानिसले गरेको भिडियो कल उठाउनु हुँदैन, सकेसम्म नचिनेका व्यक्तिहरुको म्यासेजको प्रतिक्रिया पनि नजनाउनु उचित हुन्छ ।’

अहिले दैनिक २५ देखि ३५ वटासम्म साइबर ब्यूरोमा उजुरी पर्ने गरेको छ । साइबर ब्यूरो स्थापना भएदेखि हालसम्म सबैभन्दा धेरै एक दिनमा ६८ वटासम्म उजुरी दर्ता भएको रेकर्ड छ । ब्यूरोमा देशभरबाट उजुरी आउने हुँदा उजुरीको सङ्ख्या धेरै हुन्छ ।

साइबर सम्बन्धी घटना जटिल हुने भएकाले अनुसन्धान गर्न पनि समय लाग्ने गरेको ब्यूरोका प्रशासन प्रमुख राजकुमार खड्गीले बताए । उनका अनुसार अहिले सोचेभन्दा तीव्र गतिमा साइबर अपराध बढेको छ । धेरै जसो प्रयोगकर्ता साइबरसम्बन्धी अनविज्ञ रहेकाले पनि फस्ने गरेका छन् ।

जटिल भएपछि उजुरीको बाध्यता साइबरसम्बन्धी कानुन रहेको थाहा नभएका प्रयोगकर्ताहरु नेपालमा धेरै रहेकाले जे पनि गर्ने र अन्तिममा फस्ने गरेका छन् । खड्गीले भने, ‘जब फस्छन् अनि मात्रै थाहा हुन्छ । यस्ता कुरालाई मनोरञ्जनका साधन ठान्ने सोच अझै धेरैमा छ, मानिसहरु अनविज्ञ छन् ।’ यसले के हुन्छ भन्ने पनि थाहा नहुँदा उनीहरु फस्छन् । अवस्था जटिल भएपछि उजुरी गर्नुपर्ने बाध्यता हुन्छ ।

उनका अनुसार अर्को थरी मानिसहरु जानेर कम्प्युटर, इन्टरनेटको माध्यमबाट साइबर अपराध गर्छन् । जस्तो : वेभसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत् व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृतरुपमा प्रयोग, क्रेडिट कार्ड, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति, जालसाजी जस्ता अपराध गर्छन्र साइबर अपराधमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेसँग सम्बन्धित आपराधिक गतिविधिहरू पर्छन् ।

अहिले नेपालमा इन्टरनेटको प्रयोग एकदमै बढेको छ । इन्टरनेटले एकतर्फ मानिसलाई जोडेको छ भने अर्कोतर्फ टाढा बनाएको छ । पछिल्ला केही घटनाहरु हेर्ने हो भने नेपालको साइबर स्पेस खतरामा परेको छ ।

साइबर समस्याको मुख्य कारण इन्टरनेट तथा कम्प्युटर प्रयोगकर्तामा साइबर थ्रेटबारे आधारभूत जानकारी नहुनु नै हो । जसले साइबर सुरक्षाको चुनौती बढ्दै गएको उहाँको भनाइ छ । साइबर अपराधका घटनाको अनुसन्धान र कारबाही विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत हुन्छ ।

नेपालभर साइबर क्राइमको मुद्दा हेर्ने एक मात्र काठमाडौं जिल्ला अदालत हो । साइबर ब्यूरो गठनको प्रक्रिया अघि बढेको छ । यो प्रक्रिया पूरा भएपछि सातै प्रदेशमा साइबर ब्यूरो खुलेपछि मात्रै नेपालभर उजुरी दिन सकिने हुन्छ ।

सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग गरी आफ्नो स्वार्थ पूर्ति गर्नेहरूको बिगबिगी छ । अझ केही मानिसका लागि त सामाजिक सञ्जाल नकारात्मकता फैलाउने महत्त्वपूर्ण क्षेत्र बनेको उनकाे भनाइ छ । ‘मान्छेको भावनामा खेलेर होस् या ब्लाकमेल गरेर होस्, साइबर दुरुपयोग बढेको छ ।’ उनले भने । उनका अनुसार यसको नकारात्मक प्रभावमा बालबालिका तथा युवा धेरै छन् ।

सामाजिक सञ्जालमा विभिन्न कुरा पोष्ट गरेर सम्पर्कविहीन हुने मानिसको सङ्ख्या कम छैन । खड्गीले भने, ‘ यस्तो केसमा आफन्त, नजिकको मानिसलाई कति तनाव हुन्छ । उनीहरूले कसलाई भन्ने साइबर ब्यूरोमा खबर गर्छन् । ब्यूरोको पहलमा ४० जनाको ज्यान बचेको रेकर्ड छ ।’ साइबर चेतनाकै कमीले पछिल्लो समय अपराध निरन्तर बढिरहेको छ । साइबर अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारको अपराध हो ।

नेपालमा यसको इतिहास हेर्ने हो भने आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म ११ हजार ५४८ वटा घटनाको उजुरी दर्ता भएको ब्यूरोको तथ्याङ्क छ । यो अवधिमा फेसबुक/म्यासेन्जरबाट भएको घटनाको उजुरी २०७६/०७७ मा दुई हजार २५०, २०७७/०७८ मा तीन हजार ३५१, २०७८/०७९ मा तीन हजार ३५६ र चालु आर्थिक वर्षको अहिलेसम्म ४४७ वटा गरी जम्मा १० हजार १४७ उजुरी साइबर ब्यूरोमा परेको छ ।

साइबरबाट भएको घटनाको उजुरी २०७६/०७७ मा चार, २०७७/०७८ मा चार, २०७८/०७९ मा तीन, र चालु आर्थिक वर्षको अहिलेसम्म दुई वटा गरी १३ उजुरी परेको छ । आइएमओबाट घटनाको उजुरी २०७६/०७७ मा तीन, २०७७/०७८ मा १७, २०७८/०७९ मा १८ र चालु आर्थिक वर्षको अहिलेसम्म २ वटा गरी जम्मा ४० वटा साइबर ब्यूरोमा उजुरी परेको छ ।

यूट्युबबाट भएको घटनाको उजुरी २०७६/०७७ मा ८ वटा, २०७७/०७८ मा ५६, २०७८/०७९ मा ६० र चालु आर्थिक वर्षको अहिलेसम्म ५ वटा गरी जम्मा १२९ उजुरी साइबर ब्यूरोमा परेको छ । ह्वाट्सएपबाट भएको घटनाको उजुरी २०७६/०७७ मा दुई, २०७७/०७८ मा ४७, २०७८/०७९ मा ९६ र चालु आर्थिक वर्षको अहिलेसम्म २३ वटा गरी जम्मा १६८ उजुरी साइबर ब्यूरोमा परेको छ ।

ट्वीटरबाट भएको घटनाको उजुरी २०७६/०७७ मा ५, २०७७/०७८ मा १५, २०७८/०७९ मा १७ र चालु आर्थिक वर्षको अहिलेसम्म ४ वटा गरी जम्मा ४१ उजुरी साइबर ब्यूरोमा परेको छ । इन्स्टग्रामबाट भएको घटनाको उजुरी २०७६/०७७ मा ७, २०७७/०७८ मा ६५, २०७८/०७९ मा ७६ र चालु आर्थिक वर्षको अहिलेसम्म ४५ वटा गरी जम्मा १९३ उजुरी साइबर ब्यूरोमा परेको छ । दाता वेभसाइट हायकिङ्गबाट भएको घटनाको उजुरी २०७६/०७७ मा ३, २०७७/०७८ मा २८, २०७८/०७९ मा १२ र चालु आर्थिक वर्षको अहिलेसम्म २ वटा गरी जम्मा ४५ उजुरी साइबर ब्यूरोमा परेको छ ।

टिकटकबाट भएको घटनाको उजुरी २०७६/०७७ मा ४, २०७७/०७८ मा ७०, २०७८/०७९ मा २३३ र चालु आर्थिक वर्षको अहिलेसम्म ५२ वटा गरी जम्मा ३५९ उजुरी साइबर ब्यूरोमा परेको छ । इमेलबाट भएको घटनाको उजुरी २०७६/०७७ मा उजुरी परेको छैन । २०७७/०७८ मा २९, २०७८/०७९ मा २३ र चालु आर्थिक वर्षको अहिलेसम्म ७ वटा गरी जम्मा ५९ उजुरी साइबर ब्यूरोमा परेको छ ।

ई–सेवाबाट भएको घटनाको उजुरी २०७६/०७७ मा उजुरी परेको छैन । २०७७/०७८ मा २८, २०७८/०७९ मा ६५ र चालु आर्थिक वर्षको अहिलेसम्म १५ वटा गरी जम्मा १०८ उजुरी साइबर ब्यूरोमा परेको छ ।

बैंकिङ्गबाट भएको घटनाको उजुरी २०७६/०७७ मा १५, २०७७/०७८ मा ९६, २०७८/०७९ मा १२७ र चालु आर्थिक वर्षको अहिलेसम्म ८ वटा गरी जम्मा २४६ वटा साइबर ब्यूरोमा उजुरी परेको छ । यी उजुरीमध्ये केही अनुसन्धानकै क्रममा रहेको छ । धेरै जसो उजुरीको समाधान भइसकेको उनले बताए । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?