Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

१०औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै

१०औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 1 मिनेट

३० भदाै, काठमाडाैँ । ‘विज्ञान प्रविधिमा लगानीको विस्तारः समुन्नत र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ २०७९ असोज १ गते १०औँ राष्ट्रिय विज्ञान दिवस मनाइने भएको छ ।

नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारी २०७० सालदेखि हरेक वर्ष असोज १ गते देशव्यापीरूपमा विज्ञान दिवस मनाउने गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा भएका अध्ययन, अनुसन्धान तथा नवप्रवर्तनीय खोजमूलक विषयहरूको प्रचारप्रसार गरी आमनागरिकलाई सुसूचित गराउन र प्रतिभाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले विज्ञान दिवस मनाउन थालेको जनाएको छ ।

मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले विज्ञान तथा प्रविधि क्षेत्रको प्रचारप्रसारसहित अनुसन्धानकर्तालाई प्रोत्साहित गर्न, युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण तयार गरी अभिप्रेरित गर्न र आमनागरिकलाई आफ्नो दैनिक जीवन पद्धतिमा विज्ञान प्रविधिको सहजता ल्याउन विज्ञान दिवस फलदायी हुने विश्वास व्यक्त गरिन् ।

राष्ट्रिय विज्ञान दिवसका अवसरमा मुलुकको स्वास्थ्य, वन तथा वातावरण, ऊर्जा तथा जलस्रोत, उद्योग, विश्वविद्यालय, भौतिक पूर्वाधार, उदीयमान प्रविधि, जैविक प्रविधि÷सूक्ष्म जीव विज्ञान, कृषि, सूचना प्रविधि, निजी क्षेत्रसमेत गरी १२ विधामा उत्कृष्ट काम गर्ने अनुसन्धानदाता, वैज्ञानिक, विद्यार्थी, शिक्षक, पत्रकार र नागरिकसमेतलाई सम्मानित गरिन्छ ।

आगामी असोज १ गते कीर्तिपुरस्थित विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्राहलयमा वनस्पति विभाग, प्राकृतिक विज्ञान सङ्ग्रहालय, सेन्ट जेभियर्स कलेज, माइक्रोबायोलोजी केन्द्रीय विभाग, भूगर्भशास्त्र केन्द्रीय विभाग, राष्ट्रिय आविष्कार केन्द्र, जडीबुटी प्रशोधन केन्द्र, नेपाल रोबोटिक्स सङ्घलगायतका विज्ञान प्रविधिसँग सम्बन्धित शैक्षिक, प्राज्ञिक तथा अनुसन्धानका क्षेत्रमा क्रियाशील संस्थाको प्रदर्शनी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?