Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

कन्सुलरमा नवीनतम अभ्यास : नयाँ प्रविधिको सहयोगले पाँच मिनेटमै सेवा प्रवाह !

कन्सुलरमा नवीनतम अभ्यास : नयाँ प्रविधिको सहयोगले पाँच मिनेटमै सेवा प्रवाह !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

२९ असोज, काठमाडाैँ। कन्सुलर सेवा विभागले सेवाग्राहीका सबै काजगात चुस्त अवस्थामा रहे कन्सुलरसम्बन्धी कतिपय सेवा पाँच मिनेटभित्रै उपलब्ध गराउने नवीनतम् प्रणाली अभ्यासमा ल्याएको छ । ‘सहज तथा सुलभ कन्सुलर सेवा’ नाम दिइएको उक्त कार्यक्रमले विभागको सेवा प्रवाह छिटो–छरितो मात्र नभई राजश्व सङ्कलन वृद्धि तथा अन्तर्राष्ट्रिय समुदायमा नेपालका कागजपत्र प्रमाणित कार्यको विश्वसनीयता बढाएको छ । विभागका महानिर्देशक धनबहादुर ओलीले नयाँ सूचना प्रविधि प्रणाली प्रयोगमा ल्याइएपछि दरूदराजबाट काठमाडौँ आएर कागजपत्र नमिलेर फर्कनुपर्ने समस्या हट्नुका साथै जनतालाई स्थानीय तहबाटै कन्सुलरसम्बन्धी सेवा प्रभावकारीरूपमा प्रदान गर्ने कार्यमा सफलता मिलेको जानकारी दिए ।

विभागले नयाँ अभ्यासमा ल्याएको सूचना प्रविधिको प्रयोग मुलुकका सबै जिल्ला प्रशासन कार्यालय, स्थानीय तह अर्थात् पालिका कार्यालयमा जोडिएपछि कन्सुलर सेवा सेवाग्राहीमैत्री बन्न पुगेको हो । उनि भन्छन्, “आधुनिक कन्सुलर अफिस ड्रिमसहितको स्थानीय तहसँगको सहकार्य कार्यक्रम यस आवमा उदयपुर, खोटाङ र ओखलढुङ्गाका १० पालिकामा सुरु गरिएको छ भने यस आवमा थप २० जिल्लामा विस्तार गर्ने कार्ययोजना छ ।” गत वर्ष २५ जिल्लामा सहकार्यको सुरुआत गरिएको थियो । यसले गर्दा कम साधनस्रोतमा धेरै सेवाग्राहीलाई सेवा प्रदान गर्न सहज भएको छ । साथै विभागमा सेवाग्राहीको चाप निकै कम भएको छ ।

दिनभर लाग्ने कतिपय काम केही मिनेटमा समेत हुने गरेको विभागको दाबी छ । विभागले आफ्नै जनशक्ति र स्रोतसाधनको प्रयोग गरी निकै कम खर्चमा तयार गरेको उच्च प्रविधिको उक्त सेवा सञ्चालनमा आएपछि जनताले कन्सुलरसम्बन्धी आफ्नो काम कहाँ कुन चरणमा पुगेको छ भनेर घरबाटै जानकारी लिन र प्रतिक्रिया दिन सक्नेछन् ।

विभागको आफ्नै कार्ययोजना र सिर्जनामा निर्माण गरिएको अनलाइन कन्सुलर सेवा प्रणालीको स्रोत पूर्णरूपमा विभागसँगै रहेकाले पूर्णरूपमा सुरक्षित मात्र नभई आवश्यकतानुसार परिमार्जन गर्न अरु कुनै कम्पनीमा निर्भर हुनुपर्ने छैन । विभागको सेवा लिने क्रममा कुनै समस्या र अल्झन खेप्न नपरोस् भनी निःशुल्करूपमा टोल फ्रि नम्बर ११५२ सञ्चालनमा ल्याएर केन्द्रसँग जोड्ने काम भएको छ । महानिर्देशक ओली भन्नुहुन्छ, “मुलुकभर कन्सुलर सेवालाई जनताप्रति उत्तरदायी बनाउँदै कम समयमा नै सहज र गुणस्तरीय सेवा दिने प्रयास गरिएको छ । त्यसका लागि तत्तत् कार्यालयमा इन्टरनेट र विषयविज्ञ जनशक्ति भने आवश्यक छ ।”

विभागको उक्त कार्यले सेवाग्राहीले काठमाडौँ आउनुपर्ने स्थितिमा कमी भएको छ । विभागले आर्थिक वर्ष २०७८/७९ मा तीन लाख ७८ हजार व्यक्तिलाई कन्सुलर सेवा प्रदान गरी कागज प्रमाणित गरेवापत मात्रै रु २२ करोड राजस्व सङ्कलन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा भने एक लाख ३४ हजारले मात्रले त्यो सेवा प्राप्त गरेका थिए । जहाँसुकैबाट पनि कन्सुलरको आफ्नो कामबारे हेर्न र बुझ्न सकिने व्यवस्था गरिएको छ । विभाग नयाँ प्रविधिको प्रयोगमा प्रवेश गरेसँगै कन्सुलर सेवा विभागसँग प्रणाली आबद्धता भएका कार्यालयबाट जारी राहदानी, नागरिकता, प्रहरी रिपोर्टलगायत कागजात विभागबाट तत्काल नै प्रमाणीकरण हुने व्यवस्था गरिएको छ । स्थानीय तहबाट जारी कागजात राष्ट्रिय परिचयपत्र र पञ्जीकरण विभागसँग प्रणालीमा आबद्धता गरी तत्काल नै प्रमाणीकरण हुनेसमेत व्यवस्था गरिएको छ ।

नेपालका अन्य विभाग तथा निकायलाई समेत कन्सुलर प्रणालीमा आबद्धता गर्ने कार्य भइरहेको जानकारी दिइएको छ । कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भएका सम्पूर्ण काजगातको कन्सुलर सेवा विभागको प्रणालीमा विश्वभरबाट नै अनलाइन रुजु गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त कार्यबाट नेपालका कागजात मित्थ्या हुँदैनन् भन्ने मान्यता स्थापित गर्न विभाग सफल भएको छ । विभागद्वारा प्रदान गरिएका सबै सेवा अनलाइन अभिलेखमा दर्ता छन् । विगतमा पाँच–सात घण्टा लाग्ने केही काम अहिले प्राविधिक हिसाबमा २१ सेकेन्डमा हुन्छ भने समग्रतामा पाँच मिनेटभित्र सम्पन्न हुने विभागले स्पष्ट गरेको छ ।

नेपाली कार्यालय भए पनि अङ्ग्रेजी अनौठो नाम र सेवाग्राहीलाई नै कार्यक्षेत्र थाहा नभएको अड्डाकारूपमा रहेको कन्सुलर विभागको मुख्य काम भनेको सरकारी कागजातको अध्यागमनजस्तै हो । जहाँबाट कागजातहरूको आधिकारिक प्रस्थान र प्रवेश हुन्छ त्यो काम कन्सुलरले गर्छ । विदेशमा रहँदा नेपालीलाई आइपर्ने समस्या समाधान र हकहितको सुरक्षा गर्ने कार्य पनि कन्सुलरकै दायराभित्र पर्छ । आफ्ना देशका नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक अधिकारको सुरक्षा र संरक्षण गर्नु कन्सुलरको प्राथमिक दायित्व हो । हरेक कुटनीतिक नियोगको काममध्ये कन्सुलर सेवा प्रमुख कामका रूपमा रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?