Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
World News

युक्रेनमा स्टारलिङ्कलाई अनिश्चितकालका लागि लगानी गर्न नसक्ने मस्कको भनाइ

युक्रेनमा स्टारलिङ्कलाई अनिश्चितकालका लागि लगानी गर्न नसक्ने मस्कको भनाइ
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

३० असोज, एजेन्सी। स्पेस–एक्सले युक्रेनमा स्टारलिङ्क स्याटेलाइट इन्टरनेटका लागि अनिश्चितकालका लागि भुक्तानी गर्न नसक्ने इलोन मस्कले शुक्रबार बताएका छन् ।

अमेरिकी सेनाले प्रमुख नेटवर्कका लागि लगानीबारे अर्बपतिको कम्पनीसँग कुराकानी गरिरहेको पुष्टि गरेको छ ।

मस्क र युक्रेनी नेताहरूबीचको विवाद सार्वजनिक रूपमा बाहिरिएपछि यो छलफल भएको हो । युक्रेनी नेताहरू क्रिमियामाथिको रूसी सार्वभौमिकतालाई स्वीकार गर्ने उनको विवादास्पद योजनाबाट क्रुद्ध भएका थिए ।

मस्कले गत हप्ता दिएको अद्यावधिक तथ्याङ्कअनुसार, पृथ्वीको तल्लो कक्षमा तीन हजारभन्दा बढी साना उपग्रहहरूको तारामण्डल स्टारलिङ्क, युक्रेनको सञ्चारको लागि महत्वपूर्ण रहेको छ किनकि यसले रूसको आक्रमणविरुद्ध लडिरहेको छ । स्पेसएक्सले लगभग २५ हजार ग्राउन्ड टर्मिनलहरू निशुल्करूपमा उपलब्ध गराउँदै आएको छ ।

आफ्नो आर्थिक सहयोग समाप्त हुने र सेनाले खर्च गर्नुपर्ने मस्कको चेतावनीबारे सीएनएनको एक रिपोर्टलाई पुष्टि गर्दै उनले ट्वीटको शृङ्खलाबद्ध रूपमा सूचनाहरू जारी गरेका छन् ।

“स्पेसएक्सले विगतको खर्च फिर्ता गर्न भनिरहेको छैन, तर विद्यमान प्रणालीलाई अनिश्चितकालका लागि कोष दिन सक्दैन र सामान्य घरपरिवारभन्दा १०० गुणा बढी डाटा प्रयोग हुने हजारौं टर्मिनलहरू पठाउन सक्दैन,” उनले ट्वीटरमा लेखेका छन् ।

उनले भने, “यो अनुचित छ ।” मस्कका अनुसार यो अपरेसनमा स्पेसएक्सलाई आठ करोड अमेरिकी डलर खर्च भइसकेको छ र यो वर्षको अन्त्यसम्ममा १० करोड डलरभन्दा बढी खर्चहुने अनुमान गरिएको छ ।

तर सीएनएनका अनुसार स्पेसएक्सले पेन्टागनलाई दिएको तथ्याङ्कअनुसार युक्रेनमा पहिलो २०,००० टर्मिनलमध्ये करिब ८५ प्रतिशतमा संयुक्त राज्य अमेरिका, पोल्याण्ड वा अन्य संस्थाहरूले कम्तिमा आंशिक रूपमा भुक्तानी गरेका थिए ।

पेन्टागनका सञ्चार उप–सचिबसबरीना सिंहले शुक्रबार अमेरिकी रक्षा मन्त्रालय मस्कसँग आर्थिक सहयोगका विषयमा सम्पर्कमा रहेको बताएका छन् ।

सिंहले भने, “हामी पुष्टि गर्न सक्छौं कि विभागले स्पेसएक्सबाट युक्रेनमा उनीहरूको उपग्रह संचार उत्पादन कोषको बारेमा पत्राचार प्राप्त गरेको छ । हामी यस र अन्य विषयमा स्पेसएक्ससँग सम्पर्कमा छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?