Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

‘नेपाल इयुको उडान सुरक्षा सूचीबाट छिट्टै हट्छ’

‘नेपाल इयुको उडान सुरक्षा सूचीबाट छिट्टै हट्छ’
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

३ कार्तिक, काठमाडाैँ। नागरिक उड्डयन प्राधिकरणले नेपाल युरोपेली संघ (इयु) को उडान सुरक्षासूची ‘एयर सेफ्टी लिस्ट’ बाट छिट्टै हट्ने जनाएको छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालको हवाई सुरक्षा परिपालना दर विश्वस्तरभन्दा माथि रहेकाले छिट्टै इयुको सेफ्टी लिस्टबाट हट्ने विश्वास व्यक्त गरे।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले गरेको अडिट प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले अडिट प्रतिवेदनबाट उत्कृष्ट नतिजा आएकाले अब यो विषय लम्बिरहन नपर्ने जिकिर गरे।

‘देशको हवाई सुरक्षा प्रणालीमा व्यापक सुधार आएको र इयुअन्तर्गतको प्राविधिक टोलीले पनि नेपालले हवाई सुरक्षामा उल्लेखनीय प्रगति गरेको प्रारम्भिक प्रतिवेदन दिएकाले सबै कारणले हेर्दा हामी (नेपाल) सेफ्टी सूचीमा रहिरहनुपर्ने कारण छैन, यो कुरा इयुले बुझ्नुपर्छ,’ उनले भने।

महानिर्देशक अधिकारीले इयुले सुरक्षासूचीमा राखे पनि नराखे पनि मुलुकको हवाई उड्डयन क्षेत्रको सुधारको काम निरन्तर चलिरहने बताए।

‘नेपाल इयुको सुरक्षासूचीमा अब लामो समय रहन सक्दैन। यो प्राविधिक विषय हो,’ उनले भने, ‘देशको इज्जत र प्रतिष्ठासँग जोडिएको विषय पनि भएकाले हामी हवाई सुरक्षा प्रणाली सुधारमा कुनै पनि कसर बाँकी राख्दैनौं।’

प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले आइकाओको अडिट प्रतिवेदनबाट नेपालले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै प्रतिवेदनले औंल्याएका कमीकमजोरी निर्मूल गर्न गृहकार्य सुरू गरिसकेको बताए।

प्राधिकरणले आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशतले कायम गर्ने उद्देश्य रहेको बताए। अडिटपछि प्राधिकरणले कर्मचारी सरूवा नगर्ने निर्णय गरेको तथा प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलगै बजेट र जनशक्तिको व्यवस्था गरेको पनि उनले जानकारी दिए।

सुरक्षा विभाग प्रमुख श्रेष्ठका अनुसार उड्डयन सुरक्षा सुदृढीकरण गर्न प्राधिकरणको सुरक्षा निर्देशनालयमा उपमहानिर्देशकको नेतृत्व रहनेछ। जसअन्तर्गत सेवा प्रदायक र नियमनकारी क्षेत्रमा कार्यरत कर्मचारीको एक अर्को क्षेत्रमा सरूवा नहुने व्यवस्था कार्यान्वयन गरिएको छ।

उडान सुरक्षा मापन गर्न ‘सेफ्टी पर्फर्मेन्स इन्डिकेटर’ को प्रयोग सुरू गरिएको पनि प्राधिकरणले जनाएको छ। ‘फिक्सविङ’ र ‘रोटर विङ’ जहाज उडान सुरक्षा निरीक्षणका लागि प्राधिकरणले सम्बद्ध जहाज उत्पादक कम्पनीका प्रतिनिधि र विज्ञ परिचालन गर्दै आएको निर्देशक श्रेष्ठले बताए।

त्यस्तै दुर्गम क्षेत्रको हवाई सुरक्षा सुदृढीकरण गर्न ‘प्रि–फ्लाइट सेफ्टी रिस्क असेस्मेन्ट’ लागू गरिएको छ। दुर्गम गन्तव्यमा मौसम पूर्वानुमान गर्न विभिन्न क्षेत्रमा ‘वेदरक्याम’ जडानको काम पनि सुरू गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले फ्लाइट अपरेसन, पर्सनल लाइसेन्सिङ र जहाज मर्मतसम्भार मापदण्ड इयुअन्तर्गत लागू गरिसकेको पनि निर्देशक श्रेष्ठले जानकारी दिए।

इयुको अडिटबाट नेपालको हवाई सुरक्षादर उत्कृष्ट

इयुअन्तगर्तको युरोपियन एभिएसन ‘सेफ्टी एजेन्सी’ (इआसा) को आडिटबाट नेपालको हवाई सुरक्षा अवस्था उत्कृष्ट देखिएको प्राधिकरणले जनाएको छ। इआसाको तीन सदस्यीय प्राविधिक टोलीले यही अक्टोबर ६ देखि ८ तारिखसम्म नेपालको समग्र हवाई सुरक्षा प्रणालीको अध्ययन तथा सरोकारवालासँग छलफल गरेको थियो।

गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिट गरेको थियो। आइकाओको १० सदस्यीय टोलीले हवाई सेवा प्रणालीका विभिन्न आठ क्षेत्रमा बृहत् अडिट गरेको थियो। जसमा नेपालले ७०.१ प्रतिशत उड्डयन सुरक्षा कायम गरेको छ। जुन विश्वको औसत दरभन्दा माथि भएको प्राधिकरणले जनाएको छ। नेपालले प्राप्त गरेको अंक एसिया प्रशान्त क्षेत्र र विश्वस्तरको भन्दामाथि रहेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणका अनुसार एसिया प्रशान्त क्षेत्रको उड्डयन सुरक्षादर ६४.५ र विश्वव्यापी सुरक्षादर ६७ प्रतिशत छ। हाल नेपालमा नौ फिक्सविङ र ११ हेलिकप्टर कम्पनीसहित कूल २० वायुसेवा कम्पनी सञ्चालनमा छन्। हालसम्म देशभर नौ सय ड्रोन दर्ता भएका छन्।

विश्व बैंकको विज्ञ टोलीले पनि नेपालको समग्र हवाई सुरक्षा प्रणालीको हालै अध्ययन गरेको छ भने हवाई सुरक्षा प्रणालीको अध्ययन गर्न अमेरिकाको फेडरल एभिएसन एड्मिनिस्ट्रेसनको टोली भोलि बिहीबार नेपाल आउन लागेको प्राधिकरणले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?