Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

आइसिटी ल्याबः गुमनाम ‘ई–भिलेज’ पुनरुत्थानमा सहयोगी

आइसिटी ल्याबः गुमनाम ‘ई–भिलेज’ पुनरुत्थानमा सहयोगी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

१३ कार्ति, काभ्रेपलाञ्चोक। मण्डनदेउपुर नगरपालिकामा विद्यालय पुनःनिर्माणसँगै आइसिटी (सूचना–सञ्चार तथा प्रविधि ल्याब) प्रयोगशाला व्यवस्थापन गरियो । यहाँँका माध्यमिक र उच्च माविमा नौ वर्षअघि आधुनिकतासँगै विश्वबजार प्रविधिमा रुमलिँदै गरेका बेला काभ्रेपलाञ्चोकको ‘चार मण्डन–तीन देउपुर’ भनिने मण्डनदेउपुर नगर सूचना–प्रविधि उपयोग गर्ने दौरानमा थियो । तर २०७२ को भूकम्पले उक्त प्रविधि उपयोगको दौरान ठप्पप्रायः बनाइदियो ।

तत्कालीन मण्डनका चार र देउपुरका तीन गाविसमा स्थानीय शैक्षिक नमूना ग्रामीण विकास केन्द्रद्वारा शिक्षा, स्वास्थ्य र कृषिमा आधुनिकतासँगै ‘ई–भिलेज’ नामाकरण गरी प्रविधियुक्त गाउँ बनाउन थालिएको थियो । भूकम्पपश्चात पुनःनिर्माण भएका नगरका १३ मावि तथा उच्च माविमा आइसिटी ल्याब व्यवस्थापन गरिएको छ भने अन्यमा व्यवस्थापनको तयारी भइरहेको छ । नगरमा ५३ प्रावि, निम्न मावि, मावि र उच्च मावि छन् ।

नगरका अन्य तहका विद्यालयमा आन्तरिक तथा संस्थागत सहयोगबाट सूचना–प्रविधिका काम पनि भइरहेका पाइन्छन् । ‘आइसिटी ल्याबले ई–भिलेजको अवधारणालाई सहयोग गरेको छ, भूकम्पपछि गुमनाम भएको ई–भिलेज पुनरुत्थानमा सहयोगी बनेको छ’, महाकाली उच्च माध्यमिक विद्यालयका प्राचार्य शिव पौडेलले भने । विद्यालयमा स्थापित आइसिटी ल्याबमा पाठ्यक्रम अध्यापनसँगै ई–भिलेजको अवधारणालाई सँगसँगै लगिएको उनको भनाइ छ ।

तत्कालीन अवस्थामा काभ्रेमा करिब एक सय विद्यालयमा आइसिटी ल्याब व्यवस्थापनको तयारी भएअनुसार ९२ विद्यालयमा भइसकेको र बाँकी रहेका केही विद्यालयमा व्यवस्थापनको काम भइरहेका छन् । विद्यार्थीको सङ्ख्याअनुसार एक विद्यालयमा १८ देखि २४ सम्म कम्प्युटर राखेर आइसिटी ल्याब व्यवस्थापन गरिएको हो ।

ई–भिलेजका अवधारणाले मूर्तरूप लिँदै गर्दा विनाशकारी भूकम्पले स्थानीय अभियन्ताको सपना चकनाचुर बनाइदिएको थियो । जसकारण अवधारणालाई निरन्तरण दिन भौतिक पूर्वाधारले साथ दिएन । पुनःनिर्माणपछि प्रविधियुक्त गाउँ बनाउने अवधारणा उठाउने हिम्मत गर्दै केन्द्र आफैँ जसोतसो चलायमान त बन्यो, तर निरन्तरता दिन भने सकेन । यद्यपि त्यतिबेला नै इन्टरनेट र यसको फाइदाबारे जानकार भइसकेका स्थानीय विद्यालय, स्वास्थ्य संस्था तथा व्यापारिक प्रतिष्ठानसँगै व्यक्तिका घरघरमासमेत इन्टरनेटको पुहँच भने पुगिसकेको छ ।

भूकम्पले थलाएको अवधारणालाई निरन्तरता दिन केन्द्रले एक विज्ञसहितको टोली बनाए पनि पुनः कोरोना महामारीले अवरोध पु¥यायो । हाल सोही कामको निरन्तरता दिन ‘सहयोगी हात’को खोजी भइरहेको केन्द्रका अध्यक्ष जनार्दन नेपालले बताए । ‘प्रविधियुक्त गाउँ बनाउने अवधारण मरिसकेको छैन, पुनः ब्यूँताउन सहयोगीको खोजी गर्दैछौँ’, उनले भने । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख प्रशासनिक सल्लाहकार एवं नेपाल सरकारका पूर्वसचिव रहेका नेपाल हाल मण्डनदेउपुर क्षेत्रका प्राथमिक विद्यालयका लागि थप कम्प्युटर व्यवस्थापनको प्रक्रियामा छन्।

तत्कालीन समयमा ‘ई–भिलेज’ नाम दिइएको उक्त क्षेत्रमा मण्डनका जैसिथोक, महादेवस्थान, चण्डेनी र ज्याम्दी तथा देउपुरका नयाँगाउँ, गैरीबिसौना र बालुवापाटी बस्ती हुन् । जिल्लाको उत्तरपूर्वी यस क्षेत्रलाई ई–भिलेजका रूपमा विकसित गर्न विसं २०६९ मा मण्डनक्षेत्र गाउँ शिक्षा समन्वय समितिसँगको सहकार्यमा केन्द्रले यससम्बन्धी कार्ययोजना अवधारणा अघि सारेको थियो ।

ई–भिलेजमा ई–एजुकेशनसँगै ई–मेडिसिन र ई–एग्रिकल्चरको अवधारणालाई पनि क्रमैसँग लागू गर्ने कार्यक्रम बनाइयो । ई–भिलेजका अत्यावश्यक क्षेत्र मानिएको यहाँका विद्यालयमा ई–एजुकेशनका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरी सामग्री तयार पार्न त्यतिबेला सूचना प्रविधि उच्चस्तरीय आयोगले सूचना प्रविधिको अधिकतम प्रयोग गरी ई–भिलेज बनाउन सर्वेक्षणसमेत गरेको थियो । भूकम्पताका सबै गाउँमा ई–एजुकेशनका काम यस क्षेत्रका सबै ५३ विद्यालयमा भइरहेको थियो ।

ई–मेडिसिनका लागि सदरमुकामस्थित धुलिखेल सामुदायिक अस्पतालले स्थानीय स्वास्थ्यचौकीको समन्वयमा टेलिमेडिसिन तथा ई–एग्रीकल्चरका लागि सातै गाउँमा (तत्कालीन सात गाविसमा) कृषि सूचना केन्द्र स्थापना गरिएको थियो । ई–एग्रीकल्चरका लागि भने स्थानीय उत्पादन तथा बजारबारे स्थानीय बासिन्दालाई गाउँमै जानकारी गराउन साझा वेबसाइट निर्माण गर्ने योजना बनाइएको केन्द्रका संस्थापक अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

ई–भिलेजको ई–एजुकेशन ई–मेडिसिन र ई–एग्रिकल्चर कार्यक्रम सञ्चालानका लागि वायरलेस कनेक्टिभिटी इन्टरनेटको व्यवस्था गरिएको थियो । विद्यालयमा इन्टरनेट सञ्जाल विस्तार गर्न अप्टिकल फाइबर बिछ््याउन सर्भेसमेत गरिएको थियो । यी सबै काम भूकम्पले रोकिदिएको थियो । ई–मेडिसिनका लागि सात गाविसका सातवटै स्वास्थ्य केन्द्रमा ल्यापटप व्यवस्था गरिएको थियो । प्रविधिका सामग्रीका लागि एक्सन एड नामक संस्थाले सहयोग गरेको थियो ।

वायरलेस प्रविधि प्रयोग गरी तत्कालीन सातै गाविसबीच आन्तरिक नेटवर्क बनाउन प्रविधिविज्ञ महावीर पुनले सहयोग गर्नुभएको थियो । सापकोटाका अनुसार ई–भिलेज कार्यक्रममा स्थानीय विद्यार्थी प्रविधि जानकार हुने तथा यहाँका बासिन्दाले ई–बुलेटिनमार्फत विश्वको सूचना सजिलै पाउनुका साथै स्वास्थ्य र कृषि उत्पादन–बजारबारे समेत जानकारी लिनसक्ने उद्देश्य थियो । त्यसबेलै केन्द्र र उपकेन्द्रबाहेकका विद्यालयलयले भने लेखा तथा प्रशासनिक काम कम्प्युटरबाट गर्न सकेका थिए ।

त्यतिबेलादेखि नै माविले कम्प्युटर विज्ञानका कक्षा चलाउँदै आएका हुन् । साथै महाकाली उच्च माविमा पुस्तकालय ९ई–लाइबे्ररी० सञ्चालन गरी कम्प्युटर कक्षा तथा खाली समयमा विद्यार्थी कम्प्युटरबाट विभिन्न किताब पढ्ने नयाँ पाठ्यक्रमको खोजी गर्दथे ।

विसं २०७२ वैशाखको भूकम्पले ई–भिलेजको ५३ विद्यालयमध्ये ४६ क्षतिग्रस्त बनाउँदा भवनबाहेक एक सय ९५ कम्प्युटर, ११ प्रोजेक्टर, ११ डिस्प्ले बोर्ड, २२ युपिएस, १८ वटा साइन्स ल्याब, ४७ पुस्तकालय, ३५ शौचालय, तीन हजार दुई सय डेक्सबेञ्च, पाँच सय कुर्सी र दुई सय ५० टेबुल क्षतिग्रस्त बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?