Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

उद्यमको सोच ल्याउनेलाई आइडिया स्टुडियोले सहयोग गर्ने, अनलाइनबाटै फाराम भर्न सकिने

उद्यमको सोच ल्याउनेलाई आइडिया स्टुडियोले सहयोग गर्ने, अनलाइनबाटै फाराम भर्न सकिने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

३० कार्तिक, काठमाडाैँ। ‘सोचदेखि उद्योगसम्म’ नाराका साथ उद्यमको दृष्टिकोण राख्ने व्यक्तिलाई आइडिया स्टुडियोले लगानीको वातावरण बनाइदिने भएको छ । आइडिया स्टुडियोले यसका लागि उद्यमको सोच ल्याउन मंगलबारदेखि सिजन ७ सुरु गरेको छ । यसका लागि स्टुडियोको वेबसाइटमा गएर फर्म भर्न सकिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आजदेखि पुस मसान्तसम्म फर्म भर्न सकिने जनाइएको छ । आइडिया स्टुडियोको सिजन ६ सम्म तीन हजार उद्यमका सोच आएको कार्यकारी अध्यक्ष छिरिङ लामाले बताए ।

“तीन हजार सोचमध्येबाट आठसयलाई मार्ग निर्देश गरिएको छ, तीमध्ये धेरैले अहिले स्वरोजगार गरी १० जनादेखि दुईसय जनासम्मलाई रोजगारी दिएका छन्, यी उद्योगमा रु पाँच लाखदेखि रु १३ करोडसम्मको लगानी छ, यसका लागि हामीले गैर नाफामूलक कम्पनीका रुपमा काम गरेका छौँ”, उनले भने ।

स्टुडियोले ज्ञानका लागि राष्ट्रिय केन्द्र स्थापनाको पहल गरेको जनाइएको छ । गैर नाफामूलक कम्पनीका रुपमा स्थापना भएको स्टुडियोले गत वर्षदेखि ‘सोचदेखि उद्योगसम्म’ कार्यक्रमका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य सुरु गरेको छ । मन्त्रालयसँगको सहकार्यमा प्रतिभा कार्यक्रम सुरु गरिएको कार्यकारी अध्यक्ष लामाले सुनाए ।

उद्यमी बन्न चाहनेका लागि स्टुडियोलाई राजमार्गका रुपमा स्थापित गरी गन्तव्यमा जान चाहने सबैलाई पठाउने नीति लिएको पनि उनले बताए । उद्यम गर्न चाहनेका लागि ज्ञान र सीपमा सहयोग गरिने स्टुडियोले जनाएको छ । कार्यक्रमका लागि जापानसँग पनि समझदारी गर्न लागिएको छ । यसका लागि १५ दिनमा जापानी प्रतिनिधिमण्डल नेपाल आउने भएको छ ।

स्टुडियोका सञ्चालक सुरेश सिम्खडाले सातौँ सिजनका लागि सबैले आइडिया पठाउन सक्ने बताए । उद्यमशीलतामा लाग्न चाहनेका लागि तीनै तहका सरकारले सहयोगको वातावरण बनाइने भनाई पनि उनको थियो । स्टुडियोका अर्का सञ्चालक माल्भिका सुब्बाले गत वर्षमात्र उद्यम गर्न चाहने आठ सय ३३ जनाको सोच आएको जानकारी गराइन् । उद्यमका सोचलाई मूर्तरुप दिन प्रेरणा गरिएको पनि उनले सुनाइन् । उद्यमको सोच ल्याउनेलाई वातावरण मैत्री भएर काम गर्न विश्व वन्यजन्तु कोषले प्राविधिक सहयोग गरिरहेको डा घनश्याम गुरुङले बताए । उद्यम क्षेत्रका दिगो विकासका लागि पनि वातावरण मैत्री भएर काम गर्न प्रेरित गरिएको उनले सुनाइन् ।

गत वर्ष आएका आठसय ३३ उद्यमका सोचमध्येबाट उत्कृष्टलाई स्पेस ४ के टेलिभिजनबाट यसै हप्तादेखि कार्यक्रम देखाउन लागिएको जनाइएको छ । सकारात्मक सोचकासाथ टेलिभिजनले यो कार्यक्रम चलाउन लागेको प्रबन्ध निर्देशक प्रभात चलाउनेले बताए । सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरि ज्ञवालीले सोचदेखि सुशासनसम्म नाममा मन्त्रालयले स्टुडियोसँग सहकार्य गरेको जानकारी दिए । कार्यक्रममा काठमाडौँ मोडेल कलेजका क्याम्पस प्रमुख सुरेन्द्र सुवेदी, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमका सञ्जीव सुब्बालगायतले उद्यमशीलताको विकासमा स्टुडियोका कार्यक्रमले सहयोग गर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?