Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्छन् निकुञ्जभित्रका बासिन्दा

फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्छन् निकुञ्जभित्रका बासिन्दा
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

१ मंसिर, दाङ । फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्छ । सडक छ महिना चल्छ, छ महिना बन्द हुन्छ । वरपर वनजङ्गल छ, तर सहजै दाउरा प्रयोग गर्न पाइँदैन । बस्ती नजिकै खोला बग्छन् तर खानेपानीको सहज सुविधा छैन । यस्तै पीडाले सताएको छ, राष्ट्रिय निकुञ्जभित्रका गाउँलाई । बाँके राष्ट्रिय निकुञ्जमा पर्ने दाङ बबई गाउँपालिका–७ मलैखोलाबाट दङ्गीशरण गाउँपालिका–१ मा पर्ने फुर्केसल्ली तथा आसपासका बस्तीमा यस्तै समस्या छ ।

यी दुवै स्थान राष्ट्रिय निकुञ्जभित्र पर्छ । त्यहाँ टेलिकमको टावर नहुँदा घण्टौँ हिँडेर अग्लो डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता छ । पटक–पटक टावर निर्माणका लागि माग गरिए पनि त्यसको सम्बोधन हुन नसकेको मलैखोला निवासी बमबहादुर बुढाले बताए । ‘हामीले पटक–पटक यहाँ टेलिफोनको समस्या समाधानका लागि ठाउँ–ठाउँमा भन्यौं’, उनले भने, ‘तर हाम्रा माग सम्बोधन भएका छैनन् ।’

टेलिकमको टावर निर्माणका लागि गएको वर्ष सर्भेक्षण गरिए पनि त्यसपछि भने देखा नै नपरेको बुढाले गुनासो गरे । यहाँ सडकको हालत पनि उस्तै छ । विसं २०६३ तिर यहाँ सडकको ट्रयाक खोलिए पनि अहिलेसम्म त्यसको स्तरोन्नति हुनसकेको छैन । यहाँ वर्षातको समयमा सडक आवतजावत नै ठप्प हुन्छ । ‘वर्षातमा छ महिना सडक बन्द हुन्छ’, मलै निवासी अमर बुढाले भने, ‘बाँकी छ महिना मात्रै गाडी चल्छ, त्यो पनि धुलाम्मे हुन्छ ।’

यहाँ कक्षा १० सम्म मात्र पढाइ हुने विद्यालय छ । त्योभन्दा मथिल्लो तहमा शिक्षा आर्जन गर्न विद्यार्थी कि त घोराही, कि तुुलसीपुर पुग्नुपर्ने बाध्यता छ । आर्थिक अवस्था कमजोर हुनेहरू पढाइ छाडेर भारततर्फ जानुपर्ने बाध्यता छ । ‘आर्थिक अवस्था राम्रै हुनेहरू त कोही घोराही, कोही तुलसीपुर गएर पनि पढ्छन्’, स्थानीय प्रेम पुनले भने, ‘आर्थिक अवस्था कमजोर हुनेहरू कामको सिलसिलामा भारत जाने गरेकाले धेरैले बीचमै पढाइ छाड्न गरेका छन् ।’

त्यहाँको मलैखोलाको कटानले पनि उस्तै समस्या बनाएको छ । खोलाले खेतीयोग्य जमिन कटान गर्न समस्यामा रहेको उनले बताए । यहाँका बस्ती राष्ट्रिय निकुञ्जको बीचमा छन् । त्यहाँ बाघ, भालुलगायत जनावरको त्रास उत्तिकै हुन्छ । कहिलेकाहीँ बाघले गाई, बाख्रा खाइदिने गर्छ । त्यतिमात्रै नभइ किसानले लगाएका बाली पनि बँदेलले नष्ट गरिदिन्छ । वरिपरि वनजङ्गल भए पनि काठ, दाउरा यहाँका बासिन्दाले सहज प्रयोग गर्न पाउँदैनन् ।

स्थानीय समितिको सल्लाहअनुसार दाउरा पाए पनि आवश्यक परेको खण्डमा काठ प्रयोग गर्न पाउँदैनन् । त्यसले पनि आफूहरू मारमा परेको फुर्केसल्ली निवासी प्रकाश रोकायले बताए । ‘विस २०६८ मा यो क्षेत्रलाई राष्ट्रिय निकुञ्जमा परिणत गरिएको हो’, उनले भने, ‘त्यसपछि हामीले त्यो जङ्गललाई राम्रोसँग प्रयोग पनि गर्न पाएका छैनौँ ।’

विकट भएकै कारण केही पशु बिरामी हुँदा त्यहाँ प्राविधिक पनि आउन नमान्ने गरेको उनले बताए । ‘पोहोर साल पशु बिरामी परे, हामीले प्राविधिकहरू बोलायौँ, तर दुर्गम भएकै कारण यहाँ आउन मानेन’, उनले भने, ‘त्यसपछि मैले आफैले भाडा तिरेर उनीहरूलाई यहाँ ल्याएको थिएँ ।’ बबई, मलैखोला हुँदै बाँकेको कोहलपुर जोड्न सकिएमा त्यहाँका नागरिकले सहज सेवा पाउने आशा छ । सडक पनि स्तरोन्नति हुने र विकास पनि हुने भएकाले यहाँको त्यो सडकलाई कोहलपुरसम्म जोडी दिन माग गरिएको हो ।

अन्तिमतिर मात्रै पुग्छन्, उम्मेदवार

निकुञ्जभित्रका यी वस्तुमा उम्मेदवार पनि प्रचार प्रसारको अन्तिमतिर मात्रै पुग्ने गर्छन् । फुर्केसल्ली र मलैखोलामा बुधबार मात्रै उम्मेदवार त्यहाँ पुगे । विगतमा पनि अन्तिमतिर मात्रै पुग्ने र जितेपछि पाँच वर्षसम्म पनि देखा नपर्ने स्थानीय दत्त बुढाको गुनासो थियोे । ‘चुनावको प्रचार गर्ने दिनको अन्तिमतिर मात्रै पुग्छन्’, उनले भने, ‘जितेपछि पाँच वर्षसम्म पनि मुख देखाउँदैनन् ।’

बुधबार वाम–लोकतान्त्रिक गठबन्धनकाका दाङ क्षेत्र नं ३ का उम्मेदवार दीपक गिरी, क्षेत्र नं ३ प्रदेशसभा सदस्य (२)का उम्मेदवार धनबहादुर मास्की तथा एमालेका तर्फबाट दाङ–३ (२) का प्रदेशसभा उम्मेदवार हुकुम बस्नेत यहाँ आए । एमाले र गठबन्धनको छुट्टाछट्टै स्थानमा कार्यक्रम भयो ।

गठबन्धन र एमाले दुवैका उम्मेदवारले त्यहाँको विकासमा प्रतिबद्धता जनाए । गठबन्धनका उम्मेदवार गिरीले त्यहाँबाट कोहलपुरका पुग्न सडक खोल्ने प्रतिबद्धता जनाए । साथै उनले त्यहाँको विद्युत्, सडक र खानेपानीको समस्या समाधान गर्ने पनि बताए । यसैगरी मास्कीले प्रायः ऐलानी बस्ती रहेकाले त्यहाँ लालपुर्जाको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए भने बस्नेतले पनि त्यो ठाउँका सबै समस्या समाधान गर्ने आश्वासन दिए । मलैखोलामा तीन सय घरधुरीको बसोबास छ भने फुर्केसल्लीमा करिब साढे दुई सय घरधुरीको बसोबास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?