Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
World News

विश्वभर १० वर्षमाथिका कति जनाले चलाउँछन् मोबाइल ?

विश्वभर १० वर्षमाथिका कति जनाले चलाउँछन् मोबाइल ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१५ मंसिर, एजेन्सी। संयुक्त राष्ट्रसङ्घले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ ( आईटीयू)ले सन् २०२२ को अन्त्यसम्ममा १० वर्षभन्दा माथिका विश्वका ७३ प्रतिशत जनसङ्ख्यासँग मोबाइल फोन भएको देखाएको छ ।

“मोबाइल फोन इन्टरनेट प्रयोगको लागि सबैभन्दा सहज ढोका हो । मोबाइल फोन स्वामित्वको प्रतिशतले इन्टरनेट उपलब्धता र पहुँचको सूचकको रूपमा सेवा गर्दछ,” आईटीयूले विश्वव्यापी सूचना सम्पर्कबारे आफ्नो वार्षिक रिपोर्ट सार्वजनिक गर्दै जानकारी गराएको छ ।

रिपोर्टमा मोबाइल फोनको उपलब्धता इन्टरनेट प्रयोगको तुलनामा उच्च रहेको र विशेष गरी कम आय भएका देशहरूमा सामान्यतया ब्रोडब्यान्ड सेवा र सेलुलर सेवाहरू भन्दा महँगो रहेको उल्लेख गरिएको छ ।

आईटीयूले हालैका वर्षहरूमा मोबाइल फोनको स्वामित्व लगातार बढेको र सन् २०१९ मा यो सङ्ख्या ६७ प्रतिशतभन्दा कम रहेको अनुमान गरेको छ ।

आईटीयूका वरिष्ठ अर्थशास्त्री थियरी गीगरले एएफपीलाई बताएअनुसार सन् २०२० मा कोभिड–१९ महामारीको पहिलो वर्षमा अनलाइन प्रगोग गर्ने जनसङ्ख्यामा ठूलो वृद्धि भएको छ ।

आईटीयूका अनुसार, धनी देशहरूमा मोबाइलको उपलब्धता सबैभन्दा बढी छ । यी मुलुकहरूमा हाल औषत ९५ प्रतिशत मानिसहरूसँग मोबाइल फोन छ । कम आय भएका देशहरूमा सबैभन्दा थोरै केवल ४९ प्रतिशत मानिससँग मात्र फोन छ ।

 ‘प्राविधिक अँध्यारो’

संयुक्त राष्ट्रसङ्घको दूरसञ्चार एजेन्सीका अनुसार पृथ्वीको करिब एक तिहाइ भाग अहिलेसम्म पनि अनलाइनमा छैन ।

तर अनलाइन जनसङ्ख्या बढ्दै गएको छ र अनुमानित ५ अर्ब ३० करोड मानिस अर्थात् विश्वका ६६ प्रतिशत मानिसले अहिले इन्टरनेट प्रयोग गरिरहेका छन् ।

आइटियूको दूरसञ्चार विकास विभागका प्रमुख डोरेन बोगदान–मार्टिनले भने, “इन्टरनेटको पहुँच बढिरहेको छ, तर आवश्यक पर्ने जति छिटो र समान रूपमा संसारभरि छैन । उनले थपे, “धेरै मानिसहरू अझै पनि ‘डिजिटल’ अँध्यारोमा बाँचिरहेका छन् ।”

विश्वव्यापी इन्टरनेट प्रयोगको अनुमानले सामान्यतया मोबाइल–ब्रोडब्यान्ड सेवाहरूको मूल्यलाई हेर्छ, जसले प्रयोगकर्ताहरूलाई स्मार्टफोनबाट इन्टरनेट पहुँच गर्न अनुमति दिन्छ र निश्चित इन्टरनेट सेवाको तुलनामा यो तुलनात्मक रूपमा सस्तो हुन्छ ।

बुधबारको प्रतिवेदनअनुसार मोबाइल ब्रोडब्यान्ड सेवाको विश्वव्यापी औसत मूल्य गत वर्ष प्रतिव्यक्ति औसत कुल राष्ट्रिय आय (जीएनआई) को १.९ प्रतिशतबाट घटेर अहिले १.५ प्रतिशतमा झरेको छ ।

यद्यपि, अधिकांश कम आय भएका अर्थव्यवस्थाहरूमा औसत उपभोक्ताको लागि लागत अझै पनि धेरै उच्च छ । ती मुलुकमा आधारभूत मोबाइल तथ्याङ्क योजनाको लागत प्रति व्यक्ति जीएनआईको नौ प्रतिशत हुने अनुमान गरिएको छ ।

आईटीयूले सबै देशहरूलाई किफायती ब्रोडब्यान्ड पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ, जसलाई प्रतिव्यक्ति जीएनआईको दुई प्रतिशतभन्दा कम लागतको रूपमा परिभाषित गरिएको छ ।

सूचना सम्पर्कको लागत घट्दो क्रममा रहेको देखिए पनि गिगरले अन्य आवश्यकताका लागि बढ्दो लागतले धेरैलाई अफलाइन रहन बाध्य पारिरहेको बताउनुभएको छ ।

आईटीयूको प्रतिवेदन अनुसार इन्टरनेट सेवामा एउटा महत्वपूर्ण लैङ्गिक अन्तर रहेको र लगभग २५ करोड ९० लाख महिलाहरूले पुरुषहरूको तुलनामा इन्टरनेटको पहुँच कम पाएका छन् । हाल ६३ प्रतिशत महिलाले मात्र इन्टरनेट प्रयोग गरिरहेका छन् भने ६९ प्रतिशत पुरुषले इन्टरनेट प्रयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?