Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
World News

नेपालमा पहिलोपटक ‘आइएयु सिम्पोजियम ३७५’ अन्तर्राष्ट्रिय सङ्गोष्ठी

नेपालमा पहिलोपटक ‘आइएयु सिम्पोजियम ३७५’ अन्तर्राष्ट्रिय सङ्गोष्ठी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२४ मंसिर, काठमाडाैँ। अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियन (आइएयु)ले पहिलोपटक नेपालमा आयोजना गरेको अन्तर्राष्ट्रिय सङ्गोष्ठी ‘आइएयु सिम्पोजियम ३७५’ सम्पन्न भएको छ ।

आइएयु सिम्पोजियम ३७५, ‘द मल्टिमेसेन्जर चक्र अफ ब्लाजार जेट्स’ सङ्गोष्ठी आज सम्पन्न भएको हो । मङ्सिर १९ देखि २३ गतेसम्म चलेको ‘आइएयुएस ३७५’ सङ्गोष्ठीमा भारत, चीन, अमेरिका, रुस, जर्मनी, फ्रान्स र बेलायतलगायत विभिन्न देशका एक सयभन्दा बढी सहभागी थिए । यस गोष्ठीमा ‘ब्लाजार जेट’ सम्बन्धी ८० भन्दा बढी पछिल्ला अनुसन्धानसम्बन्धी कार्यपत्र प्रस्तुत भएको आयोजक समितिले जनाएको छ ।

कार्यपत्र विशेष गरेर ब्रह्माण्डमा भएको चाखलाग्दो उज्यालो वस्तु ‘ब्लाजार जेट’ मा केन्द्रित थिए । अनुसन्धानकर्ताहरूका अनुसार तिनीहरू सबैभन्दा उच्च सक्रिय ‘ग्यालेक्टिक न्युक्ली’ हुन् । ती शक्तिशाली सापेक्षिक जेटको प्रकाश त्यसको केन्द्रीय इन्जिनबाट हामीतिर फैलिएका हुन्छन् ।

‘आइएयुएस ३७५’ का संयोजक यानिस लियोडाकिसले भने, “सङ्गोष्ठीको लक्ष्यअनुसार सहभागीहरूलाई ‘अपडेट’ गराउन सफल भयौँ ।” उनले सङ्गोष्ठीबाट प्राप्त ज्ञानलाई अनुसन्धानकर्मीले वैज्ञानिक यात्रामा लागू गर्ने बताए ।

कार्यक्रम संयोजक लियोडाकिसका अनुसार खगोलीय विज्ञानमा समाधान हुन नसकेका खुला प्रश्नहरू समाधानतर्फ सङ्गोष्ठी केन्द्रित भएको छ । नेपाली सहभागीहरुले पनि यस सङ्गोष्ठीबाट ब्लाजारको क्षेत्रमा थप अनुसन्धान भविष्यमा गर्ने विश्वास लिएको संयोजक लियोडाकिसले बताए ।

सङ्गोष्ठीमा ‘र्याडएडहोम’को बारेमा छुट्टै कार्यशाला भएको थियो । “‘¥याडएडहोम’ छिमेकी देश भारतमा सामुदायिक पहलमा सञ्चालन भइरहेको खगोलीय अनुसन्धानमा आधारित कार्यक्रम हो”, नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नासोका कार्यक्रम संयोजक मनिषा द्वाले भने ।

त्यस अवसरमा सामुदायिक विद्यालयमा अध्ययनरत १२ देखि १४ वर्ष उमेर समूहका विद्यार्थीसँग अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा विद्यार्थीले ‘ब्ल्याक होल’ अर्थात् कालो छिद्रका बारेमा प्रश्न राखेका थिए ।

सङ्गोष्ठीको अर्को आकर्षण पक्ष कक्षाकोठामा खगोलीय विज्ञान कसरी अध्यापन गराउने भन्ने कार्यशाला भएको थियो । कार्यशालामा रसियाली अनुसन्धानकर्ता युरी केभालेभले कक्षाकोठामा विद्यार्थीलाई विज्ञान बुझाउने सरल उपाय उपस्थित शिक्षकलाई सिकाएका थिए ।

कक्षाकोठामा ‘ब्लाजार’ र ‘ब्ल्याक होल’का बारेमा सरलरूपमा बुझाउन उनले सिकाए । शिक्षिका मीना महर्जनको प्रश्नको उत्तर दिँदै केभालेभले भने, “हामीले विद्यार्थीलाई पाठ्यक्रममा उल्लेख भएका विषयभन्दा पनि पृथ्वीको वायुमण्डलबाट रकेट कसरी बाहिर निस्कन्छन्, त्यसको बारेमा सिकाउन पर्दछ, त्यसले उनीहरूलाई विज्ञानप्रति अभिरुचि जगाउनेछ ।”

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष तथा सङ्गोष्ठी स्थानीय आयोजक समितिका सदस्य सुरेश भट्टराईले नेपालमा सङ्गोष्ठी पूर्णरूपमा सम्पन्न भएको बताए । विभिन्न देशका अनुसन्धानकर्मीको सहभागिता भएको सङ्गोष्ठी कार्यक्रम नेपालमा आइएयुले आयोजना गर्दा खगोलीय पर्यटनलाई पनि बढावा दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?