Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

‘ब्लाजार जेट्स’ अनुसन्धानमा खगोलविद्

‘ब्लाजार जेट्स’ अनुसन्धानमा खगोलविद्
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२६ मंसिर, काठमाडाैँ। आकाशगङ्गामा के छ ? हामीसँग केही जानकारी मात्र छ, यस विषयमा थप अनुसन्धान जारी छ । नेपाललगायत विश्वका खगोलविद् अहिले आकाशगङ्गाबाहिर पनि उज्यालो वस्तु ‘ब्लाजार जेट्स’ रहेको भन्दै ती वस्तुको थप अध्ययन तथा अनुसन्धानमा जुटेका छन् ।

ग्रीकका खगोलविद् यानिस लियोडाकिसले पृथ्वी रहेको आकाशगङ्गाबाहिरका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट्स’को अध्ययन र अनुसन्धानमा आफूहरू जुटेको बताएका छन् । उनका अनुसार ‘ब्लाजार जेट्स’ विषयको अनुसन्धान ब्रह्माण्डको उत्पत्ति तथा मानव जीवनमा उपयोगी हुन सक्ने छन् । खगोलविद् लियोडाकिसले आफूहरू विशेष गरी ब्रह्माण्डमा भएका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट’मा केन्द्रित रहेको गोरखापत्रसँगको कुराकानीमा बताए ।

‘ब्लाजार जेट्स’ले पृथ्वीको दिशामा विकिरणको अत्यन्त शक्तिशाली जेटहरू उत्सर्जन गर्छ । यसले विभिन्न तहमा सूचना प्रवाह गर्ने भएकाले यसको अध्ययन खगोल, गुरुत्व आकर्षण बल, विकिरण उत्सर्जन र अन्य दृष्टिकोणबाट गर्ने गरिएको छ । हामी यसको थप खोजीमा जुटेका छौँ,” उनले भने ।

उनले आईएयू सिम्पोजियम–३७५ ‘द मल्टी मेसेन्जर चक्र अफ ब्लाजार जेट्स’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन करिब ४० देशका वैज्ञानिक नेपाल आएको उनले जानकारी दिए । उनले नेपालमा यस्तो गोष्ठी गर्नुको लक्ष्य सहभागीलाई ब्रिफिङ गर्ने तथा पछिल्लो अनुसन्धानबाट आएका ज्ञान सङ्क्षेपमा प्रस्तुत गर्नु रहेको बताए । “गोष्ठीबाट प्राप्त ज्ञानलाई वैज्ञानिक यात्रामा लागू गर्न मद्दत मिल्नुका साथै खगोलीय विज्ञान विकासोन्मुख देशमा प्रवद्र्धन गर्नुहुनेछ,” उनले भने ।

भारतका खगोलविद् आनन्द होताले ‘ब्लाजार जेट्स’को अध्ययन आफूहरूका लागि पनि नौलो विषय भएको र यस क्षेत्रको अध्ययन र अनुसन्धान अन्य वैज्ञानिक क्षेत्रको अध्ययन र अनुसन्धानजस्तै समाज र मानव जीवनमा उपयोगी हुने बताए । उनले यी विषयमा विद्यालय तहबाटै ज्ञान र अध्ययन हुनुपर्नेमा जोड दिए ।

रसियाली खगोलविद् तथा अनुसन्धानकर्ता मार्कस बोएचरका अनुसार ‘ब्लाजार जेट्स’ सबैभन्दा उच्च सक्रिय ‘ग्यालेक्टिक न्युक्ली’ हुन् । ती शक्तिशाली सापेक्षिक जेटको प्रकाश त्यसको केन्द्रीय इन्जिनबाट पृथ्वीतिर फैलिएका हुन्छन् । उनले पृथ्वी रहेको आकाशगङ्गाबाहिरका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट्स’को अध्ययनले खगोल र ब्रह्माण्ड क्षेत्रको थप अध्ययन र अनुसन्धानमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

खगोलविद् एन्थोनी रिडहेडले ‘ब्लाजार जेट्स’ हिन्दु तथा ग्रीक दर्शनमा रहेका चक्रजस्तै देखिने बताए । “आधुनिक खगोल विज्ञानमा ब्लाजार भनेको अवलोकनकर्ताको दृष्टि नजिक सक्रिय ‘ग्यालेक्टिक न्युक्ली’ मानिन्छ,” उनले भने ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का कार्यकारी अध्यक्ष मनीष द्वाले अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियन (आईएयू)ले पहिलो पटक नेपालमा आयोजना गरेको पाँच दिने अन्तर्राष्ट्रिय गोष्ठी नेपालमा गर्न पाउनु आफैँमा गर्वको कुरा भएको बताए । उनले नेपालमा पनि न्यून सङ्ख्यामा यस विषयमा विश्वविद्यालयमा अध्ययन हुने गरेको र यस गोष्ठीपछि थप अध्ययन र अनुसन्धान हुने विश्वास व्यक्त गरे ।

नेपालमा आयोजित गोष्ठीमा नेपाल, भारत, चीन, अमेरिका, रुस, जर्मनी, चिली, जापान, दक्षिण कोरिया, युरोप र बेलायतलगायत विभिन्न देशका ३० जना आमन्त्रित वक्ता र एक सयभन्दा बढी सहभागीले भाग लिएको उनले जानकारी दिए । हालसालै सम्पन्न सो गोष्ठीमा ‘ब्लाजार जेट’सम्बन्धी ८० भन्दा बढी अनुसन्धान कार्यपत्र प्रस्तुत भएका थिए । सो गोष्ठी विशेष गरी ब्रह्माण्डमा भएका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट’मा केन्द्रित रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?