Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

खाद्यपदार्थमा जोखिम न्यूनीकरण गर्न भण्डारमा प्रविधिको प्रयोग गर्नुपर्ने

खाद्यपदार्थमा जोखिम न्यूनीकरण गर्न भण्डारमा प्रविधिको प्रयोग गर्नुपर्ने
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१ पुस, विराटनगर। खाद्यपदार्थको जोखिम न्यूनीकरण गर्न बाली भण्डारणमा प्रविधिको प्रयोग गर्न जोड दिइएको छ । राष्ट्रिय योजना आयोग र प्रदेश नं १ कृषि मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘प्रादेशिक खाद्यप्रणाली समीक्षा तथा योजना तर्जुमा गोष्ठी’का सहभागीहरुले बाली प्रशोधन, सञ्चय र बजार व्यवस्थापनका लागि प्रविधिको प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

घरेलुस्तरमा पोषण र सञ्चित तत्व नघटाउन पकाउने उपयुक्त विधि र भण्डारणका लागि तालिम प्रदान गर्नु आवश्यक रहेको उनीहरुको भनाइ छ । सहभागीले खाद्यान्नमा लाग्ने विभिन्न सङ्क्रमण न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै खाद्य तथा आहारको गुणस्तर अभिवृद्धि गराउन सहयोग पुर्याउनुपर्ने आवश्यकता औँल्याए ।

गोष्ठीमा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक महेश खरेलले ‘खाद्य प्रणाली रुपान्तरण प्रयास तथा भावीदिशा’ र कृषि मन्त्रालयका प्रशासन योजना तथा अनुगमन महाशाखाका प्रमुख पशुपति पोखरेलले ‘प्रदेश खाद्यप्रणाली संवाद पश्चात्का उप्लव्धि तथा भावि योजना’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कृषिमन्त्री झलकबहादुर मगरले गोष्ठीे शुभारम्भ गर्दै मानव जीवनमा खाद्य पोषणले निकै महत्व राख्ने भएकाले यसलाई जोगाइराख्न जोड दिनुपर्ने बताए । उनले बालीमा विविधता तथा पहुँचका निम्ति बागबानी, फलफूल, तरकारी, दलहन, कुखुरा, माछापालनजस्ता खाद्य पदार्थलाई आयआर्जनको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

कृषि सचिव मेघनाथ तिम्सिनाले खाद्य प्रणालीले हाम्रो जीवनका साथै आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा समेत प्रभाव पार्ने उल्लेख गरे । उनले उत्पादन र उपादकत्व बढाइ उत्पादन लागत घटाउन सके कृषिबाट सबैक्षेत्र लाभान्वित हुने धारणा व्यक्त गरे ।

गोष्ठीमा सहभागी समूहका तर्फबाट डा दिपा दिवालीबाट ‘सबैका लागि स्वच्छ तथा पोषणयुक्त खाद्य पहुँचको सुनिश्चिता’, सार्थक घिमिरेबाट ‘दीगो खालको उपभोगको पद्दतीमा रुपान्तरण’, गङ्गाराम यादवबाट ‘प्रकृतिमा सकारात्मक परिवर्तन ल्याउने खालको उत्पादन प्रणाली’, ‘शीतल भट्टराईबाट समन्यायिक खालको जीविकोपार्जनको अवस्थामा बढोत्तरी’, डा पशुपति ढुङ्गानाबाट ‘जोखिम तथा विभिन्न विपत्ति विरुद्ध उत्थानशील खालको खाद्य प्रणाली निर्माण’ र शङ्कर बारकोटीबाट ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐनमा भएका प्रावधान र खाद्य प्रणाली रुपान्तरणमा भूमिका’बारे प्रस्तुत विषयमा छलफलमा गरिएको थियो । गोष्ठीमा कृषिसँग सरोकार राख्ने करिब ५० अधिकारीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?