Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
टेक्नोलोजी

ओपनएआईको च्याटजिपिटी

ओपनएआईको च्याटजिपिटी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

केही हप्ता अघिमात्रै बजारमा आएको च्याटबोट- च्याटजिपिटीको अहिले चर्चा चुलिएको छ। एआईको माध्यमबाट इन्टरनेटसँग सम्बन्धित अधिकांश कामहरू सरल रूपमा  गर्ने भएका कारण नयाँ च्याटबोटको चर्चा बढिरहेको हो।

चर्चित सामाजिक सञ्जाल कम्पनी ट्विटरका नयाँ मालिक एलन मस्क सहितको आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च फर्म ‘ओपनएआई’ले डिसेम्बरको सुरूमा च्याटजिपिटी सार्वजनिक गरेको थियो।

त्यसको एक हप्तामा नै यसका विश्वव्यापी प्रयोगकर्ताको संख्या १० लाख भन्दा बढी पुगिसकेको थियो। निर्माता कम्पनीले च्याटजिपिटीमा प्रयोगकर्ताहरूले हरेक समस्याहरूको समाधाना पाउने बताएको छ।

तर, कम्पनीले प्रयोगकर्ताहरूलाई च्याटजिपिटीले केही समस्यासहितका उत्तर दिने र त्यसमा पनि केही पूर्वाग्रही हुने भन्दै चेतवानी दिएको छ।

सार्वजनिक भएको तीन हप्ता लागिसक्दा पनि कम्पनीले च्याटजिपिटीबारे प्रयोगकर्ताहरूको प्रतिक्रिया संकलन गरिरहेको जानकारी  दिएको छ।

एआईहरूको बजारमा च्याटजिपिटी सबैभन्दा नयाँ अवधारणा हो। कम्पनीले जिपिटीको पूरा रूप प्रि-ट्रेन्ड ट्रान्सफर्मर भएको बताएको छ। च्याटजिपिटी बनाउन विकासकर्ताहरूले मानिसहरूसँग प्रत्यक्ष रूपमा नै वार्तालाप तथा प्रतिक्रिया गरेको बताइएको छ।

 

के गर्छ च्याटजिपिटीले ? 

सामान्य भाषामा भन्दा च्याटजिपिटीले मावन जीवनका कामहरूलाई सरल र सहज रूपमा काम गर्न मद्दत गर्ने कम्पनीको दाबी छ।

केही सञ्चारमाध्यम तथा टेक एक्स्पर्टहरूले च्याटजिपिटीले मानिसहरूका सबै काम गर्न सक्ने समेत बताइरहेका छन्। यसको मद्दतबाट कोडिङ, स्तम्भ लेखन (आर्टिकल राइटिङ), घर संगारपटारमा सहयोग र खानेकुराको मेनु समेत बनाउन सकिने दाबी गरिएको छ।

यसका साथै च्याटजिपिटीले प्राकृतिक भाषामा नै सबैखाले प्रश्नहरूको उत्तर दिनसक्नेछ।

विशाल डेटा सेटमा प्रशिक्षित यो अहिलेसम्म सिर्जना गरिएको सबैभन्दा शक्तिशाली भाषा प्रशोधन मोडेलहरू मध्ये एक हो। यो च्याटबट विभिन्न शैली र विभिन्न भाषाहरूमा प्रतिक्रिया दिन सक्षम छ।

यसभन्दा अघिका च्याटबटहरूले सामान्य एक किसिमका समस्याहरू हल गर्न सहयोग गरिरहेका थिए। तर, च्याटजिपिटीले आर्टिकल लेख्न, शैक्षिक सामग्रीहरू बनाउन, जागिरको आवेदन लेख्न र कोड बनाउन समेत सहयोग गरिरहेको छ।

कसरी काम गर्छ च्याटजिपिटीले ?

च्याटजिपिटी ओपनएआईको एआई उत्पादनहरू मध्ये सबैभन्दा पछिल्लो र परिष्कृत सिर्जना हो। यसमा इमेज क्रिएशनका लागि DALL·E 2 समावेश गरिएको छ। DALL·E 2 प्राकृतिक भाषामा दिइएको विवरणबाट नै यथार्थवादी तस्बिर सिर्जना गर्नसक्ने नयाँ एआई प्रणाली हो।

यो एक ट्रान्सफर्मर वा मेसिन लर्निङ मोडेल हो। मानव मस्तिष्क जस्तै काम गर्न सक्षम यो मोडेल प्राकृतिक भाषाका क्रमिक डेटालाई सरल रूपमा बुझेर सोही अनुसार प्रतिक्रिया दिन सक्छ। त्यस्तै, सोधिएका प्रश्नहरूका अन्तरसम्बन्धित न्युरोनहरूका माध्यमबाट पछिल्लो प्रश्नपछि के आउँछ भनेर सटिक अनुमान समेत गर्न सक्नेछ।

वार्तालापहरू सहित इन्टरनेटबाट ठूलो मात्रामा डाटामा प्रशिक्षित यो प्रविधि रिइन्फोर्समेन्ट लर्निङ फ्रम ह्युमन फिडब्याक (RLHF) नामक लर्निङ टेक्निकबाट च्याटजिपिटीलाई प्रशिक्षित गरिएको छ। जसमा प्रयोगकर्ताहरूले एआई च्याटबट र प्रयोगकर्ता दुबै तरिका प्रयोग गरेर वार्तालापहरूको श्रृंखला प्रदान गरिएको युरोन्युजमा उल्लेख छ।

च्याटबट भएता पनि यो मोडलले दिने प्रश्नका उत्तर र गर्ने कामहरू मानवीय जस्तै हुने निर्माण प्रक्रियामा सहभागी ओपन युनिभर्सिटिका प्रोफेसर माइक सार्पल्सले बताएका छन्।

कसरी प्रयोग गर्न सकिन्छ च्याटजिपिटी ?

अहिले प्रयोगकर्ताहरूले यसको निः शुल्क प्रयोग गर्न पाउनेछन्। फोन नम्बर र इमेल आइडी राखेर अकाउन्ट बनाएपछि यसमा हरेक प्रकारका प्रश्नहरू सोध्न सकिनेछ।

अहिले परीक्षणको चरणमा समेत  रहेका कारण यसमा जोडिने केही प्रयोगकर्ताहरू परीक्षण प्रक्रियामा समेत सहभागी हुने युरोन्युजमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?