Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

नेपाली श्रव्यदृश्य प्रक्षेपणको तयारी

नेपाली श्रव्यदृश्य प्रक्षेपणको तयारी
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१८ पुस, काठमाडाैँ। नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् । मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट (ध्वनि) माध्यममा मेमोरिचिपमा राखेर अन्तरिक्षमा पु-याइने छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा भू–उपग्रहको दोस्रो संस्करणका रूपमा डाँफे र मुनाल नामका थप दुई भू–उपग्रह पठाउने तयारी भइरहेको छ । स्ट्रिट आर्टिस्ट किरण महर्जनले मुनाल भू–उपग्रहको अभियानमा आफ्नो समूहले नेपाल चिनाउने थाङ्का, पौवा र आधुनिक चित्रकलालाई समावेश गरेको जानकारी दिए ।

श्रव्यदृश्य सामग्री उत्पादन र भू–उपग्रहमा राख्ने काममा राजन श्रेष्ठ र किरण महर्जन लाग्नुभएको छ । महर्जनले यसरी अहिलेसम्म नेपाली श्रव्यदृश्य अन्तरिक्षमा गएको यो पहिलो पटक हुने दाबी गरे ।

अन्तरिक्ष प्रतिष्ठानका संस्थापक नेपाली वैज्ञानिक डा. आभाष मास्केले अन्तरिक्षमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री पठाउने कुरा आफैँमा नौलो विषय भएको बताउँदै भने, “हामीले यसो गर्नुका पछाडि कलाकारिताका क्षेत्रमा भएका व्यक्तिलाई भू–उपग्रहको निर्माणमा जोड्नु हो । यसरी श्रव्यदृश्यलाई अन्तरिक्षमा पठाउनु भनेको नेपालका कला, संस्कृति र इतिहासलाई साङ्केतिक रूपमा सम्मान पनि हो ।”

उनले मुनाल भू–उपग्रहमा श्रव्यदृश्य दुवै सामग्री अडियो (ध्वनि) माध्यममा पठाइने जानकारी दिए । उनले यसरी पठाइएको ध्वनि सामग्रीलाई कसरी डिकोडिङ (पहिलाको स्वरूपमा फिर्ता ल्याउने) भन्ने कुराको जानकारी स्याटेलाइटको बोर्डमा उल्लेख गरिने बताए ।

शुक्रबार नास्टमा आयोजित डाँफे र मुनाल भू–उपग्रहको डिजाइन पुनर्समीक्षा तथा पत्रकार सम्मेलनमा दुई भू–उपग्रहको निर्माण र सञ्चालन विधिका बारेमा जानकारी दिइयो । नास्टका प्रविधि सङ्काय प्रमुख डा. रवीन्द्रप्रसाद ढकालले नेपाल मेघा स्याटेलाइटको तयारीमा रहेकाले नेपालको आफ्नै अन्तरिक्ष अनुसन्धान केन्द्रको आवश्यक रहेको बताए । उनले अन्तरिक्ष अनुसन्धान केन्द्रका लागि नास्ट प्रारम्भिक तयारीमा जुटेको जानकारी दिए ।

यी दुई स्याटेलाइट निर्माण तथा उडानको नेतृत्व नास्टका डा. ढकाल र अन्तरिक्ष प्रतिष्ठानबाट मास्केले गर्नुभएको छ । मुनाल स्याटेलाइट परियोजनाअन्तर्गत थाइल्यान्डका चार र नेपालका नौ जना विद्यार्थी सहभागी छन् । उनीहरूलाई आठ जनाको वरिष्ठ टोलीले प्रशिक्षण र निगरानी गरिरहेको छ । उनीहरूलाई इन्जिनियर जनार्दन सिलवालको नेतृत्वमा रहेको टोलीले ‘मेन्टरिङ’ गर्ने गरेको छ ।

डाँफे मिसन थाइल्यान्डको इन्टरनेसनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभलपमेन्ट (इन्स्टेड)सँगको सहकार्यमा तयार भइरहेको छ । डाँफे र मुनाल अभियानका लागि नास्टले एक करोड रुपियाँ विनियोजन गरेको छ । डा. ढकालले डाँफे नास्टका तर्फबाट नेतृत्व गर्ने अभियान र मुनाल काठमाडौँ हाइस्कुलका विद्यार्थीले बनाएको अभियान भएको बताउनुभयो । यीमध्ये सबैभन्दा पहिला डाँफे उड्ने बताइएको छ ।

यी दुई स्याटेलाइट अभियानको मुख्य उद्देश्य योग्य जनशक्ति निर्माण गर्नु, अन्तरिक्ष अभियान र परियोजनासँग सम्बन्धित संरचनाको विकास र अन्तर्राष्ट्रिय संस्थाबीच साझेदारी गर्नु रहेको डा. मास्केले जानकारी दिनुभयो । स्याटेलाइट अभियानका समूहअनुसार सन् २०२२ भित्रै उडाउने योजना भए पनि प्राविधिक सहकार्य गर्दै गरेको निकायले मिति सारेकाले आगामी २०२३ को अप्रिलसम्ममा भू–उपग्रह प्रक्षेपण गर्ने तयारी छ ।

अहिलेको स्याटेलाइट अभियानमा केन्द्रित हुनुका साथै पहिलेको जस्तै फोटोग्राफी नै हुने तर हाई रेजुलेसनको क्यामरा रहने छ । पहिला ५० वर्गकिलोमिटरको रेजुलेसन थियो । अब त्यसलाई अलिकति घटाउने र अभियानलाई क्यामरासँग जोडिने जनाइएको छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?