Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

हात्तीबाट बस्ती जोगाउन साैर्य विद्युतीय घेराबार

हात्तीबाट बस्ती जोगाउन साैर्य विद्युतीय घेराबार
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

२५ पुस, झापा। जङ्गली हात्तीको आक्रमण रोक्न जिल्लामा अहिलेसम्म ६० किलोमिटर लामो सौर्य विद्युतीय घेराबार लगाइएको र थप सन्ताउन्न किलोमिटर घेराबारको योजना अघि बढाइएको छ । भारतको पश्चिम बङ्गालबाट सयौँको बथानमा आउने र स्थानीय जङ्गलमा बस्ने दर्जनौ रैथाने हात्तीका कारण जिल्लामा ठूलो जनधनको क्षति हुन थालेपछि घेराबारको उपाय प्रयोगमा ल्याइएको हो ।

एक दशकअघि सबैभन्दा पहिला तत्कालीन बाहुनडाँगी गाउँविकास समितिको भारतसँग सीमा जोडिएको मेची नदीको किनारमा १८ किलोमिटर लामो सौर्य विद्युतीय घेराबार लगाइएको थियो ।“उतिबेला निर्माण गरिएको विद्युतीय बारलाई मर्मत गर्दै अहिलेसम्म प्रयोगमा ल्याइएको छ,” मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्की भन्छन्–“ब्याट्री डाउन भएको र तार बिग्रिएको रहेछ भने मात्र हात्ती बार नाघेर आउँछ, नभए करेन्ट लाग्ने डरले गाउँतिर पस्दैन ।”
सीमा जोडिएका कारण भारतबाट आउने हात्तीको बथान पहिला बाहुनडाँगीमै पस्ने प्रयास गर्छ । सबैभन्दा बढी जङ्गली हात्तीले जनधनको क्षति पु¥याएको क्षेत्र पनि बाहुनडाँगी नै हो ।

मेचीनगर वडा नं १ को तिरिङदेखि वडा नं ६ को नकलबन्दासम्मको १८ किलोमिटर लामो पहिलो चरणको विद्युतीय घेराबारका कारण भारतबाट हात्ती पस्ने क्रम रोकिँदा बाहुनडाँगीवासीले राहत महसुस गरेका छन् । जिल्लामा मानव–हात्तीद्वन्द्व न्यूनीकरण र जनधनको क्षति रोक्न दोस्रो चरणमा दक्षिणी कचनकबल, हल्दिबारी र भद्रपुरमा ४२ किलोमिटर घेराबार बनाइसकिएको छ । अब तेस्रो चरणमा ५७ किलोमिटर घेराबारको परियोजना कार्यान्वयनमा ल्याइएको छ ।

दक्षिणी झापाको जलथल र निचाझोडा जङ्गलबाट निस्कने हात्तीले कचनकबल, भद्रपुर र हल्दिबारीको मानव बस्तीमा क्षति पु¥याउँदै आएका छन् । दुई वर्षअघि त्यहाँ तारबार गरिएपछि क्षति न्यूनीकरण भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । “अब तेस्रो चरणमा ५७ किलोमिटर सौर्य विद्युतीय घेराबारको काम सुरु गरेका छौँ,” कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतम बताउछन् । तेस्रो चरणको कार्यक्रमका लागि नेपाल सरकारले वन मन्त्रालयमार्फत रु तीन करोड बजेट विनियोजन भएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट मानव बस्ती जोगाउने सबैभन्दा भरपर्दो उपायको रुपमा सौर्य विद्युतीय घेराबर मानिएको उल्लेख गर्दै उनि झापामा जङ्गल क्षेत्र धेरै भएका कारण घेराबारलाई क्रमिकरुपमा विस्तार गर्दै लैजान आवश्यक रहेको बताउछन् ।

अहिलेको बजेटबाट भद्रपुर र मेचीनगर नगरपालिकाको सीमा क्षेत्रको हातेमालो सामुदायिक बनमा दुई किलोमिटर काम सम्पन्न भइसकेको छ । नेपाली सेनाको चारआलीस्थित व्यारेक क्षेत्र र मेचीनगरको प्रगति, कालिका, बाँसबारी, मागुरमाडीलगायत सामुदायिक वन क्षेत्रमा घेराबारको कामा धमाधम अघि बढाइएको कोषका अधिकृत गौतम जानकारी दिन्छन् ।

उनि चारआली जङ्गलको मेचीनगर वडा नं १४ को सीमादेखि १३ मा रहेको सैनिक ब्यारेक फन्को मार्दा छ किलोमिटर घेराबार हुने र बाँकी नौ किलोमिटर पूर्व–पश्चिम राजमार्गको उत्तरी भागको वडा नं ९, ११ र १२ मा रहेका सामुदायिक वनमा काम गरिने बताउछन् । क्रमागतरुपमा बर्सेनि बजेट आउने भएकाले ५७ किलोमिटरमध्ये अर्को बजेटमा बाँकी ४२ किलोमिटर घेराबार थप्दै जाने योजना छ ।

झापामा चारआली (निचाझोडा) र जलथल नामका दुई ठूला प्राकृतिक जङ्गल छन् भने दर्जनौँको सङ्ख्यामा सामुदायिक वन रहेका छन् । जङ्गलको बाहिरी भागमा पर्यटकीय स्थल, मानव बस्ती, सैनिक ब्यारेक आदिलाई जोगाउने उद्देश्यले घेराबर भइरहेको छ । परियोजनालाई स्थानीय पालिकाले भरपुर सहयोग पु¥याएका छन् ।
अहिलेको १५ किलोमिटरको घेराबार मेचीनगर क्षेत्रमा गर्ने भनी सरकारी निकायबाटै निर्देशन आएको बताइएको छ । अरु पालिकामासमेत हात्तीको आक्रमणबाट जनधनको क्षति हुने क्रम बढेका कारण जिल्लाको सबै क्षेत्रमा सौर्य विद्युतीय घेराबारका लागि माग हुँदै आएको छ ।

घेराबारका लागि १५ किलोमिटरमा रु २० लाख खर्च हुने अनुमान गरिएको कोषले जनाएको छ । भद्रपुर नगरपालिका–९ मा करिब चार किलोमिटर क्षेत्रमा स्थानीय चन्द्रगढी सामुदायिक वन उपभोक्त समिति आफैले विद्युतीय बार लगाएको छ । “घेराबारले मानवबस्तीसँगै अन्नबालीसमेत जोगाउने भएकाले यो परियोजनामा सरकारले लगानी बढाउन जरुरी छ”, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती भन्छिन्, “हात्ती आफ्नो बाटो हिँडोस्, जङ्गलभित्रै डुलफिर गरोस् तर बस्ती पसेर मानिसमाथि आक्रमण गर्ने र बालीनाली खाएर विनाश गरिदिने कार्य बन्द होस् भनेर विद्युतीय बारका लागि हामीले केन्द्रसम्मै पहल गर्दै आएका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?