Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

१९ वर्षमा टेलिकम, सेवा गुणस्तर तथा ग्राहकको सन्तुष्टिमा अझै मेहनत आवश्यक

१९ वर्षमा टेलिकम, सेवा गुणस्तर तथा ग्राहकको सन्तुष्टिमा अझै मेहनत आवश्यक
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

२३ माघ, काठमाडौँ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकमको सेवा भरपर्दो र गुणस्तरीय नभएको आलोचना गरे । “सेवा प्रदायकका लागि चुनौतीका रूपमा रहेको मैले पाएको छु, विशेषतः सेवा महँगो भयो, सेवाको उपलब्धता छैन भन्ने आम गुनासो रहेका छन् । उपभोक्ताको चाहनाअनुरूप गुणस्तरीय एवं भरपर्दो सेवा उपलब्ध गराउन सेवाप्रदायक विशेषतः नेपाल टेलिकमलाई अनुरोध गर्न चाहन्छु”, उनले भने ।

टेलिकम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले नियामक निकाय पनि बल्ल नियामक जस्तो भएको बताउनुभयो । उनले भने , “प्राधिकरणका अध्यक्षज्यूले भर्खरै जुन कुरा राख्नुभो त्यो कुरामा राम्रैसँग मनन गर्नुपर्छ, प्राधिकरणका अध्यक्षलाई हामीले बेलाबेलामा भन्ने गर्थ्यौँ, अलिक नियामक जस्तै त होइदिनुस् न । आज चाहिँ नियामकले नियामकै जस्तो भाषण गर्नुभएको छ । त्यो भाषण मात्रै हैन हामीलाई झकझक्याउनु पनि भएको छ हामीले हाम्रा कामलाई कसरी सुधार गर्ने, काममा कसरी तदारुकता देखाउनुपर्ने भनेर राम्ररी व्याख्या गर्नुभएको छ, यो कुरो सबैले बुझेको हुनुपर्छ । सञ्चालक समितिका अध्यक्षको हैसियतले मैले गम्भीरतापूर्वक लिएको छु ।”

टेलिकमको १९औँ वार्षिकोत्सवमा नियामक र सेवा प्रदायकबीचको सवाल जवाफले टेलिकमको सेवा र गुणस्तरीयताको साङ्केतिक झझल्को दिन्थ्यो । तथापि अनेकौँ चुनौती र व्यवधानको सामना गर्दै राष्ट्रको सञ्चार टेलिकमले सेवा विस्तार र राजस्व अभिवृद्धिमा उल्लेखनीय भूमिका खेलेको दुवै वक्ताको कथन थियो ।

सचिव अर्यालले आगामी दिनमा टेलिकमको सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले टेलिकमको सेवालाई सुलभ र सुपथ दरमा देशभर विस्तार गर्न आग्रह गरे । गुनासो आउने संयन्त्र र तत्कालै सम्बोधन गर्ने प्रणाली विकास नभए प्रतिस्पर्धी बजारमा ग्राहकको आकर्षण र सेवामा सन्तुष्टि दिन नसकिने भन्दै तत्काल यस्तो प्रणालीको व्यवस्था गर्न अनुरोध गरे। सचिव अर्यालले डाटा सेवालाई सहज र सुलभ बनाई बजार हिस्सा अभिवृद्धिमा ध्यान दिनसमेत आग्रह गरे ।

टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले दूरसञ्चार सेवालाई अझै बढी सर्वसुलभ तथा गुणस्तरीय बनाउँदै आफ्नो बजार हिस्सालाई मजबुत गर्ने उद्देश्य हासिल गर्न सेवा विस्तार र सेवाको गुणस्तरमा विशेष जोड दिँदै आइरहेको उल्लेख गरे । नियामक निकायले दूरसञ्चार सेवा गुणस्तीय हुन नसकेको र ग्राहकबाट बारम्बार गुनासो बढिरहेको भनी आलोचना गरिरहँदा सेवाप्रदायक टेलिकमले सेवालाई नियमित, सरल, सुलभ र गुणस्तरीय बनाउन लागि परेको जनाएको छ ।

प्राधिकरणका अध्यक्ष खनालले सेवा विस्तारसँगै सेवाको भरपर्दोपना, निरन्तरता र गुणस्तरीय बनाउन पनि ध्यान दिन टेलिकमलाई अनुरोध गरे । सर्वसुलभ रूपमा सेवा उपलब्ध गराउनुका साथै सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा पूरा गर्ने चुनौती थपिएको उल्लेख गर्दै उनले सूचना प्रविधि महामार्ग निर्माणको काम प्रभावकारी अघि बढाउन निर्देशन दिए । उनले भने, “सूचना महामार्ग निर्माणको काममा किन विलम्ब भइरहेको छ, ठेकेदारलाई कारबाही किन गरिएन जवाफ कसले दिन्छ ? डिजिटल नेपालको अवधारणा पूरा गर्न दुई वर्षसम्म कामै नगरी बस्ने छुट कसले दियो ?”

अध्यक्ष खनालले फोरजी सेवा विस्तार हुनु खुसीको कुरा भए पनि यसको गुणस्तरीयताबारे प्रश्न उठेको उल्लेख गरे । “रिङरोडभित्र सबै ठाउँमा फोरजी सेवा छ भनेर कम्पनीले भन्न सक्छ । नेटवर्क टिप्दैन । गुणस्तरीय सेवा दिन हामी कता चुकिरहेका छौँ ।”

प्रतिस्पर्धी बजारमा भित्रिएका अत्यधुनिक सूचना प्रविधिको उच्चतम उपभोग गर्दै राष्ट्रको सञ्चार नेपाल टेलिकमले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउने कसरत गरिरहेको छ । उन्नाइस वर्षअघि ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेड’ मा रूपान्तरण भएको नेपाल टेलिकमसामु प्रतिस्पर्धी बजार र विश्वबजारमा विकसित भएका अत्यधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने चुनौती छ ।

नेपाल टेलिकका सञ्चालक समिति सदस्य एवं टेलिकम आधिकारिक ड्रेड युनियनका अध्यक्ष शङ्कर लामिछानेले आधुनिक प्रविधिको प्रयोग गरी समयानुकूल सेवा परिमार्जन र प्रतिस्पर्धी बजारमा खरो रूपमा उत्रनु संस्थाका लागि चुनौती रहेको भन्दै लगानी पहिचान, सेवा विस्तार तथा डेटा बिजनेस बढाउनेतर्फ कम्पनीको ध्यान जानुपर्नेमा जोड दिए ।

सेवा प्रवाह र आधुनिक प्रविधिको अभ्यासलाई समयानुकूल परिमार्जनसहित सेवालाई विविधीकरण गर्नुपर्ने चुनौतीको सामना गर्दै कम्पनीले सेवा विस्तार र ग्राहक तथा बजार हिस्सा उकास्न उल्लेखनीय भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ ।

मुलुकमा दूरसञ्चार सेवाको एक सय छ वर्ष लामो इतिहासमा विभिन्न आरोह अवरोह पार गर्दै टेलिकम अहिलेको अवस्थामा आइपुगेको हो । सेवा गुणस्तर तथा ग्राहकको सन्तुष्टिका लागि कम्पनीले अझै मेहनत गर्नुपर्ने नियामक तथा सरोकारवालाले औँल्याएको छ । आधुनिक पुस्ताको प्रविधि अङ्गालेर नियमित, सरल र सुलभ सेवा उपलब्ध गराउन टेलिकमले आफ्ना अल्पकालीन र दीर्घकालीन योजना कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनीहरूको सुझाव छ ।

प्रबन्ध निर्देशक पौडेलका अनुसार कम्पनीले आफ्नो स्थापनाकालदेखि नै विश्वबजारमा उपलब्ध भएका अत्याधुनिक प्रविधि भित्र्याई प्राविधिकरूपले सम्भव भएसम्म देशभर सेवा विस्तार र आर्थिक क्षमताले भ्याएसम्म सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराइरहेको छ ।

उन्नाइस वर्षअघि कम्पनीमा रूपान्तरण हुँदा संस्थाको ग्राहक आधार करिब चार लाख २२ हजार रहेकोमा चालु आवको मङ्सिर मसान्तसम्ममा कम्पनीको ग्राहक आधार दुई करोड १३ लाख नाघिसकेको छ । हाल मुलुकको करिब ७५ प्रतिशत जनसङ्ख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । यसमध्ये कम्पनीको फोरजी एलटिई सेवाका प्रयोगकर्ता एक करोड १५ लाखभन्दा बढी पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?