Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

१० वर्षदेखि बागलुङमा चार पाङ्ग्रे सवारीको लाइसेन्स परीक्षा बन्द

१० वर्षदेखि बागलुङमा चार पाङ्ग्रे सवारीको लाइसेन्स परीक्षा बन्द
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१३ फागुन, बागलुङ । उपयुक्त जग्गा अभावमा १० वर्षदेखि बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउन सकेको छैन । धौलागिरि यातयात व्यवस्था कार्यालयका अनुसार उपयुक्त जग्गा अभावमा १० वर्षदेखि रोकिएको लाइसेन्स परीक्षा (ट्रायल) का लागि आवश्यक जग्गा भाडामा भए पनि लिन खोजिएको छ । मापदण्डअनुसारको उपयुक्त जग्गा भाडामा लिएर चार पाङ्ग्रे सवारीको लाइसेन्स परीक्षा लिने व्यवस्था गर्न यातायात व्यवस्था कार्यालय क्रियाशील छ ।

नयाँ मापदण्ड लागू भइसकेपछि यातायात व्यवस्था कार्यालय बागलुङले लिँदै आएको चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा स्थगन गरियो । पछि दुई पाङ्ग्रे सवारीसाधनको लागि भाडामा जग्गा लिएर ट्रायल परीक्षा सञ्चालन गरे पनि चार पाङ्ग्रेको ट्रायललाई भाडामा लिन उपुयक्त जग्गा र पूर्वाधार अभावमा १० वर्षदेखि परीक्षा सञ्चालन गर्न नसकिएको हो । धौलागिरि यातायात व्यवस्था कार्यालयले पूर्वाधारसहितको जग्गा भाडामा लिएर चार पाङ्ग्रे लाइसेन्सको परीक्षाको तयारी थालेको सूचना अधिकारी बद्रीनाथ गौतमले जानकारी दिए ।

दुई पाङ्ग्रे सवारीको ट्रायल परीक्षा सञ्चालन गर्न लिइएको बागलुङ नगरपालिका–१ रामरेखाको माझी बस्ती नजिकैको जग्गामा चार पाङ्ग्रे सवारीको परीक्षा सञ्चालनलाई जग्गा भाडामा ल्याउने तयारी भइरहेको छ । ‘दुई पाङ्ग्रे सवारीसाधनको ट्रायललाई भाडामा लिइएको जग्गाको मिति सकिँदैछ, पुनः ठेक्कामा लैजाने भनेका छौँ, त्योसँगै चार पाङ्ग्रेका लागि आवश्यक पूर्वाधार मापदण्डसहितको फेला परेमा भाडामै लिएर भए पनि एक वर्षभित्रै चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा लिने योजना छ’, गौतमले भने, ‘कार्यालयलाई भाडामा जग्गा लगाएको धौलागिरि ड्राइभिङ इन्स्टिच्युटले दुईपाङ्ग्रे ट्रायल सेन्टर नजिकै चार पाङ्ग्रेका लागि ट्रायल दिन आवश्यक पूर्वाधार बनाइसकेको छ, उक्त पूर्वाधार मापदण्डअनुसारको पाइएमा एकै स्थानमा दुई पाङ्ग्रे र चार पाङ्ग्रेको ट्रायल दिने व्यवस्था मिलाइनेछ ।’

अहिले निजीस्तरबाट सञ्चालनमा आएका ट्रायल सेन्टर सिक्न उपयुक्त भए पनि परीक्षालाई मापदण्डअनुसारको नभएको सवारी चालक अनुमतिपत्र शाखा प्रमुख श्याम थापा बताउँछन् । ‘परीक्षालाई केही थप पूर्वाधारसमेत चाहिन्छ, सिसी टिभी जडानसहित परीक्षाका दिने र लिनेलाई केही कोठासहितको खुल्ला पूर्वाधार आवश्यक पर्दछ’, थापाले भने, ‘ट्रायल निर्देशिकाको मापदण्डअनुसार निर्माण भएको जुनसुकै संरचना भए पनि भाडामा लिएर परीक्षा दिने व्यवस्थामा लाग्छौँ ।’ जिल्लामा सवारीसाधनको चाप बढ्दै गएको र लाइसेन्स लिन पोखरालगायतका ठूला सहरमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै १० वर्ष पछि चार पाङ्ग्रे सवारी साधानको परीक्षा लिने तयारी भएको हो ।

अहिले धौलागिरि यातायात व्यवस्था कार्यालयले दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल तथा लिखित परीक्षाका लागि आइतबार, सोमबार, मङ्गलबार र बुधाबार बायोमेट्रिक, बिहीबार रिट्रयालको राजस्व बुझाउने, मङ्गलबार रिट्राय लर बुधबार ट्रायल परीक्षा सञ्चालन गरिरहेको छ । जग्गा अभावका कारण बागलुङमा चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा नहुँदा ठूलो खर्च गरेर परीक्षा दिनका लागि पोखरासहितका अन्य ठूला सहरमा जानुपर्ने बाध्यता रहेको स्थानीय सविन पुनले गुनासो गरे ।

विसं २०६९ देखि सवारी चालक अनुमतिपत्र परीक्षाको नयाँ मापदण्ड लागू भएसँगै जग्गा अभावमा दुई पाङ्गे्र र चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा बन्द भएको थियो । दुई पाङ्गे्रका लागि माझीबस्ती नजिकै भाडामा जग्गा लिएर २०७४ सालदेखि दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सञ्चालनमा आए पनि चार पाङ्ग्रेको परीक्षा हुन नसकेको धौलागिरि यातायात व्यवस्था कार्यालय बागलुङका कार्यालय प्रमुख पारसिंह थापाले बताउनुभयो । साविक धौलागिरिको चार जिल्ला हेर्ने गरी धौलागिरि यातायात व्यवस्था कार्यालय २०६५ सालमा स्थापना थियो । अहिले धौलागिरि यातायात व्यवस्था कार्यालयले दैनिक ४० मोटरसाइकल र २० स्कुटर गरी ६० जनाको फर्म दर्ता गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?