Trending:

AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार
World News

चीनमा निर्मित सुरक्षा क्यामरा हटाउँदै अस्ट्रेलिया

चीनमा निर्मित सुरक्षा क्यामरा हटाउँदै अस्ट्रेलिया
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१३ फागुन, काठमाडाैँ। चीनमा निर्मित सुरक्षा क्यामराबाट हुनसक्ने सम्भावित सुरक्षा खतराका बीच अस्ट्रेलियाले ती क्यामेरा हटाउने निर्णय गरेको अस्ट्रेलियाली प्रकाशन ‘द एज’ले जनाएको छ।

भिक्टोरिया प्रहरीले विदेशी गुप्तचर सूचना सङ्कलनलाई रोक्नका लागि अर्को वर्षको अन्त्यसम्ममा चीनमा निर्मित सबै क्यामेरा प्रतिस्थापन गर्ने पुष्टि गरेको छ।

द एजले मङ्गलबारको समाचारमा लेखेको छ, “ग्रेटर जिलोङ सहरले चिनियाँ निर्मित सीसीटीभी क्यामेराहरू प्रतिस्थापन गर्दैछ किनकि यस्ता उपकरणहरूको निर्माताहरूले सोधेमा बेइजिङलाई तथ्याङ्क हस्तान्तरण गर्न बाध्य छन्।”

द एजका अनुसार प्रहरीले अझै पनि राज्यभरि धेरै क्यामेराहरू सञ्चालन भइरहेको र कम जोखिमको रूपमा विचार गरिएको भए तापनि क्रमिक रूपमा प्रतिस्थापन गरिने बताएको छ।

भिक्टोरियन लिबरल सिनेटर जेम्स प्याटर्सनले सिनेटको अनुमानमार्फत सङ्घीयस्तरमा यस मुद्दालाई अगाडि बढाइरहेका छन्। उनले भिक्टोरिया प्रहरीले २०२४ को अन्त्य अघि सबै चिनियाँ निर्मित क्यामेराहरू प्रतिस्थापन गर्न चाहेको बताए।

उनले भने, “म अझ धेरै तात्कालिकता हेर्न चाहन्छु । यदि यो राष्ट्रिय सुरक्षाको खतरा हो भने, यसलाई सम्बोधन गर्न ढिलाइ गर्नु हुँदैन।”

यस हप्ताको सुरुमा भिक्टोरियाली प्रशासनले सरकारी स्वामित्वमा रहेका स्थानहरूमा रहेका सबै सुरक्षा क्यामेराहरूको अनुगमन गर्ने बताएको थियो।

सङ्घीय सरकारले यसअघि नै कमनवेल्थ विभाग र अष्ट्रेलियन वार मेमोरियलजस्ता स्थानबाट चीनमा निर्मित सयौँ उपकरण हटाइसकेको द एजले जनाएको छ।

भिक्टोरिया प्रहरीका प्रवक्ताले चिनियाँ निर्मित क्यामेराको विषयमा भइरहेको बहसबारे प्रहरी जानकार रहेको बताएका छन्। उनले भने, “राज्यभरि चीनमा निर्मित थुप्रै क्यामेराहरू प्रयोग भइरहेका छन् र यिनीहरूलाई क्रमिक रूपमा प्रतिस्थापन गरिँदैछ।”

“सन् २०२४ को अन्त्यसम्ममा क्यामेराहरू प्रतिस्थापन हुने अपेक्षा गरिएको छ,” उनले भने। चिनियाँ कम्पनी हिक्भिजन र दाहुआले बनाएका उपकरणहरू बेइजिङले ‘फेसियल रिकग्निसन टेक्नोलोजी’लाई बढावा दिन र उइगुर अल्पसङ्ख्यकहरूलाई जबरजस्ती र नियन्त्रण गर्न गरेको भनी अमेरिका र सहयोगी राष्ट्रहरूले यसलाई निगरानीको सूचीमा राखेका छन्।

स्याडो साइबर सेक्युरिटी मिनिस्टर जेम्स प्याटर्सनले गरेको सर्भिलेन्स इक्विपमेन्टको अडिटमा चिनियाँ कम्पनी हिक्भिजन र दाहुआले निर्माण गरेका नौ सयभन्दा बढी उत्पादन सरकारी स्थानमा जडान गरिएको पुष्टि भएको छ।

अमेरिका र बेलायतले यी उत्पादनहरूलाई सरकारी स्थानहरूमा प्रतिबन्ध लगाइसकेका छन्, अमेरिकी सङ्घीय सञ्चार आयोगले सम्भावित जासुसी र स्पाइवेयरका कारण ‘राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिम’ को चेतावनी दिएको छ ।

यसैबीच, हिक्भिजनले उक्त कम्पनी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्ने कुरा सरासर गलत भएको बताएको पनि द एजले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?