Trending:

एआईलाई खेलौनाबाट रोजगारी, सेवा र समाधानको औजार बनाउने बेला आएको छ- बिनिता खड्का भीचित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवाड्र्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ
अपडेट

कुन ट्रेन्डिङ समाचार कति पटक पढियो अब ‘नेपाली पात्रो’मा हेर्न सकिने

कुन ट्रेन्डिङ समाचार कति पटक पढियो अब ‘नेपाली पात्रो’मा हेर्न सकिने
अ अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, ‘नेपालीपात्रो’मा समाचारको नयाँ सुविधा सहितको Android मा अपडेटेड भर्जन ६.४.२ तथा iOS मा भर्जन ६.३.० सार्वजनिक गरेको छ। नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ले समाचार सुविधा अन्तर्गत नेपालकै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्यूज अलर्ट, छलफल, विशेष अन्तर्वार्ता, विश्लेषण, फिचर स्टोरीहरू दिंदै आएको छ । प्रयोगकर्ताको अनुभवका आधारमा जारी नयाँ डिजाइन सहितको समाचार सुविधामा १० नयाँ उपयोगी अपडेट संलग्न गरेको छ ।

यस नयाँ भर्जन अगाडी समेत रहेको आफ्नो रोजाई (पर्सनलाइज्ड) सुविधालाई ‘यो गज्जब छ’ भन्ने थिममा झन व्यवस्थित, अझै सजिलो ब्यवस्थापन गर्न सकिने सुविधा थपेको छ । प्रयोगकर्ताले लगईन गरेर आफूले रोजेका मनपर्ने समाचार स्रोत मात्रका संचार गृह र आफ्नो रुचि मात्रका सामाग्रीहरु प्राप्त गर्नुहुनेछ।

नयाँ अपडेटबारे ‘नेपाली पात्रो’का सिइओ सन्तोष देवकोटा भन्नुहुन्छ, “‘नेपाली पात्रो’ समाचार खण्डको यस ताजा अपडेटमा, लाइभ समाचार वेबसाइट, पत्रपत्रिका, टेलिभिजनका अनलाइन संस्करणहरुलाई सबै एकै ठाउँमा स्मार्ट तरिकाबाट थप सुविधा तथा अनुभव पाउनुहुनेछ। राजनीति, खेलकुद, चुनाव, व्यापार, मनोरञ्जन वा अन्य कुनै थुप्रै विषयवस्तुका समाचारहरु केवल एक क्लिकमा प्राप्त गर्न त सकिन्छ नै समाचार पढ्ने अनुभवलाई अझ व्यवस्थित बनाउन यस अपडेटमा केही नविन प्रयोग गरिएको छ । यो साँच्चै गज्जब छ! तपाइलाई मनपर्ने र नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ अपडेट गर्न ढिला नगर्नुहोस् ।

‘नेपाली पात्रो’ को नयाँ अपडेटमा के छ?

नयाँ डिजाइनः सरल, सफा र सुधारिएको फरक डिजाइन नयाँ अपडेटको विशेषता हो । जसको मुख्य पानाको माथिल्लो भागमा प्रमुख विशेषताहरु समेटिएका छन् । जस्तै यस भागमा समाचार खोज्ने देखि लिएर समाचार बुकमार्क गर्ने, समाचार नोटिफिकेशन र भाषा सेटिङ राखिएको छ भने ९ वटा विषयवस्तु (क्याटोगरी) सहितको स्मूथ ट्याब संलग्न गरिएको छ । सोही ट्याबको तल्लो भागमा क्रमशः तस्वीर सहितको गोलाकार आइकनमा ट्रेन्डिङ विषयहरु समावेश गरिएका छन् ।

बुकमार्कः आफ्नो रोजाइका विषयगत समाचार सामाग्रीहरु केवल समाचार होइनन ति भनेका एउटा कालखण्ड, समय, विशेष क्षण, खोजमूलक, तथ्यपरक महत्वपूर्ण जानकारी पनि हुन । धैरेले यस्ता सामाग्रीका समाचार लिंकहरु नोटप्याडमा, कतै इमेलमा संग्रह गरेर राख्ने गर्नुहुन्छ । यसकै समाधान भनेको बुकमार्क सुविधा हो। नेपाली पात्रो लगइन गरे पनि नगरेपनि बुकमार्क सुविधालाई प्रयोग गर्न सकिन्छ । लगइन गरेका प्रयोगकर्ता र लगइन नगरेका प्रयोगकर्ता मध्ये लगइन गरेका नेपाली पात्रो प्रयोगकर्ताहरुले आफूले बुकमार्क गरी सेभ गरेका कुनै पनि समाचार भविष्यमा जुनसुकै मोबाइलमा सोही लगइन आइडीबाट लगइन गरेको खण्डमा सबथोक उही अवस्थामा भेटिनेछ भने लगइन नगरी बुकमार्क गर्ने प्रयोगकर्ताहरुले केही कुनै कारणले नेपाली पात्रो पुनःइन्स्टल गर्नुभएमा अथवा मोबाइल परिवर्तन गरी नयाँ नेपाली पात्रो इन्स्टल गर्नुभएमा सुरक्षित राखिएका बुकमार्क सामाग्रीहरु देखिनेछैनन् ।

उपयोगी फुटर ट्याबः त्यस्तै फुटर भागमा समाचार, ट्रेन्डिङ, तपाइको लागि, नोटिफिकेशन तथा अन्य सुविधा समेटिएको छ । समाचार ट्याबले ९ वटा विषयवस्तु (क्याटोगरी) समेटने विभिन्न समाचार स्रोतहरुका ताजा समाचारलाई देखाएको छ भने ट्रेन्डिङ ट्याबले नेपाली पात्रो एपमा सबैभन्दा बढी पढिएका र चर्चामा रहेका समाचारहरु देखाएको छ ।

ट्रेन्डिङ समाचारः प्रचलन तथा चर्चामा रहेका समाचार सामग्री खोज्ने तथा ट्रेन्डिङ समाचार मनपराउनेहरूको लागि नेपालमै पहिलो पटक क्लिकको संख्या र धेरै मानिसहरूको पहुँचको आधारमा नेपाली पात्रो एपको ट्रेन्डिङ समाचार सार्वजनिक गरेको हो । प्रत्येक समाचार कभरमा चित्रित आँखा चिन्ह मार्फत, नया अपडेटेड समाचार UI ले तपाइलाई कुन ट्रेन्डिङ समाचार कति प्रयोगकर्ताले पढे, हेरे भन्ने संख्यालाई हरेक ट्रेन्डिङ समाचारको तस्विरमा आँखा चिन्ह संगै देखाइएको छ ।

तेस्रो फुटर ट्याबः फुटर भागको तेस्रो सुविधा भनेको तपाइको लागि (पर्सनलाइजेशन) सुविधा हो र यो गज्जब छ । यसमार्फत् प्रयोगकर्ताले आफूलाई मनपर्ने विश्वस्नीय समाचार स्रोतहरुमात्रको समाचार हेर्नका लागि विभिन्न समाचार स्रोतहरु छनोट गर्न सक्नेछन् भने आफ्नो रोजाइका विषयवस्तु (क्याटोगरी)हरु मात्रका समाचार पनि छनोट गर्न सक्नेछन् । यसका लागि फेसबुक, गुगल अथवा इमेल आइडीबाट नेपाली पात्रोको समाचार सेवा लगइन गर्न आवश्यक छ।

चौथो फुटर ट्याबः यसमा नोटिफिकेशन राखिएको छ । सबैलाई नोटिफिकेशन मन नपर्न सक्छ । ति प्रयोगकर्ताहरुका लागि स्मार्ट समाधानको रुपमा ‘सेभ्ड नोटिफिकेशन’ सुविधा सार्वजनिक गरिएक छ । आफ्नो मोबाइल सेटमा नोटिफिकेशन आएको मन नपराउने अथवा कुनै महत्वपूर्ण नोटिफिकेशन मेरो आज कुनै छुट्यो भनेर दिक्क मान्ने दुवै खाले प्रयोगकर्ताहरुका लागि निःशर्त व्यवस्थित तथा हो–हल्ला नगर्ने ‘सेभ्ड नोटिफिकेशन‘ को सुविधा समेटेको छ । जसमा नोटिफिकेशन अफ गरेर समाचार हेर्ने प्रयोगकर्ताहरुले आफ्नो समय अनुकूल जुनसुकै समयमा नोटिफिकेशन ट्याबमा गएर दिनभरीका महत्वपूर्ण समाचारका नोटिफिकेशन प्राप्त गर्न सक्नुहुनेछ । यस नोटिफिकेशन ट्याबमा देखिने समाचारहरु क्लिक नभएको अथवा नपढिएको भएमा समाचार फोटोमा निलो रङ सहितको गोलो घेरा संकेतको रुपमा रहेको छ भने त्यो निलो घेरा त्यसबेला मात्र हट्ने छ जतिबेला तपाईंले त्यस समाचार नोटिफिकेशनलाई क्लिक गर्नुहुनेछ । यस सुविधाले तपाइले कुन नोटिफिकेशन पढ्नु भो या पढ्नुभएको छैन भन्ने कुरा सम्झाइरहने छ ।

पाँचौ फुटर ट्याबः ‘’नेपाली पात्रो”का अन्य ताजा अपडेट, सुविधाहरु तथा नविन अविष्कारहरुलाई विविध सुविधाहरुको रुपमा यस ‘अन्य’ ट्याबमा समेटिने छन् ।

शीर्ष १० समाचारः यो सुविधा नयाँ अपडेटेड समाचार सुविधामा समावेश गरिएको छ । जसले देश तथा विदेशका १० महत्वपूर्ण समाचारलाई स्वचालित ढंगले संग्रहित गरी देखाउने छ । नेपाली पात्रो एपको विभिन्न विषयवस्तु (क्याटोगरी)मा बढी खोजिएका उस्तै खालका शीर्षक तथा समाचारहरुलाई छुट्याएर एपले शीर्ष १० समाचार तथा तपाईंलाई मनपर्नसक्छ शीर्षक मार्फत समाचार सुझाउने छ ।

सन् २००६ मा प्रथम पटक सार्वजनिक गरिएको ‘नेपाली पात्रो’ हाल एक करोड डाउनलोडको नजिक पुगेको र आगामी ६ महिनामा विविध नविन प्रयोग सहितका सुविधाहरु थप्ने योजनामा रहेको छ । हल  दैनिक रुपमा १३ देखि १४ लाख दैनिक प्रयोगकर्ताहरुले नेपाली तिथि, मिति, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव / पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारी लिदै आएका छन् । ‘नेपाली पात्रो’बाट नेपाली समय, तिथिमिति, पञ्चाङ, शुभ साईत / मुहु्र्त घडी पलाहरुको सम्पुर्ण जानकारीहरु सजिलै हाम्रो वेबसाइटबाट, अथवा तपाईंको स्मार्टफोनमा डाउनलोड गरी संसारको जुनसुकै कुनाबाट सजिलैसंग प्राप्त गर्न सकिन्छ । ‘नेपाली पात्रो’ प्रयोग गरी सजिलै जो कसैले पनि क्षणभरमैं केवल जन्मस्थान तथा जन्म मिति र समय राखेर विश्वासिलो जन्म कुण्डली / जन्मपत्री / जन्म पत्रिका (सटीक वैदिक ज्योतिष सिद्धान्तहरुको उपयोग गरिएको) बनाउन सक्नुहुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?