Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
टेक्नोलोजी

नेपालमा प्राविधिक शिक्षा र डिजिटल नेपालको अवधारणा !

नेपालमा प्राविधिक शिक्षा र डिजिटल नेपालको अवधारणा !
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

डिजिटल नेपालले शिक्षा क्षेत्रमा परिस्कृत शिक्षण सिकाइ वातावारणको निर्माण जस्ता पहल द्वारा नयाँ आर्थिक अवसरहरुको उपयोग गर्न सक्ने मानव संसाधन तयार पार्ने उदेश्य लिएको छ। यसमा शिक्षणमा सहयोग गर्ने, सिकाई सम्बन्धि अनुभवलाई समृद्द पार्ने र शैक्षिक नातिजाहरुमा सुधार ल्याउने जस्ता विषयहरुमा डिजिटल प्रविधि प्रयोगका कुराहरु पर्दछन।

के नेपाल सरकारले घोषणा गरेजस्तै गुणस्तरीय प्राविधिक शिक्षा नेपालका विश्वविधालय वा शैक्षिक संस्थाहरुले दिइरहेका छन् त? यसको लेखा जोखा गर्ने आधार खडा गर्न भने सरकार चुकेको छ।

प्राविधिक शिक्षालाई महत्वका साथ् अध्यापन गराउने भनिएका अमृत क्याम्पस, पाटन क्याम्पस, भक्तपुर क्याम्पस तथा उपत्यका बाहिरका सरकारी क्याम्पसहरुमा के कस्तो माध्यम बाट पढाई हुन्छ यसको लेखाजोखा समेत कुनै सम्बन्धित निकायहरु संग छैन, सरकारी क्याम्पसहरुको कुरा गर्दै गर्दा के निजि क्याम्पसहरुले गुणस्तरीय शिक्षा दिइरहेका छन् त? यो प्रश्नको जवाफ पनि कोहि संग यसै भन्न सकिने अवस्थामा छैन, १० मा १ सम्मले केहि स्तर सम्मको गुणस्तर दिन भने प्रयास गरेको पाइन्छ।

यसै क्रममा केहि उपत्यका भित्रकै प्राविधिक शिक्षा पढाइ हुने अमृत क्याम्पस, पाटन क्याम्पस, पध्मकन्या लागायतका क्याम्पसहरुमा सर्वेक्षण गर्दा सबै जसो क्याम्पसहरुमा पुरा पाठ्यक्रम पढाई नहुने, उचित प्रयोगशालाको व्यवस्था नहुने तथा भएका प्रयोगशालाहरु पनि उचित मानव संसाधन नहुदा उपयोग नभएको पाइएको छ। त्यस्तै निजि क्याम्पसहरुमा पनि चाहिने जति व्यवहारिक ज्ञान प्रयोगशालामा नदिने र अधिकतम महशुल लिने मात्रै गरिएको पाइएको छ। केहि विधाथीहरु त अझै पनि प्राविधिक शिक्षाको नाममा परम्परागत कागजी शिक्षा नै लिनुपरेको गुनासो समेत गर्नुहुन्छ।

त्यसो त डिजिटल नेपालको अवधारणा अगाडी सार्ने मुख्य राजनैतिक पार्टीहरु पनि परम्परागत शैलीबाट अगाडी बढेको देखिन्छ नेकपा एमालेले आफ्नो दशौँ रास्ट्रिय महाधिवेशनमा विधुतिय भोटिङ्ग उपकरणको प्रयोगलाई मान्यता दियता पनि नेपालकै पुरानो पार्टी नेपालि कांग्रेसले भने आफ्नो १४ औं माहाधिवेशनमा विभिन्न सुरक्षा बाहाना देखाउंदै पानी त्याङ्किको प्रयोग गरेको छ।

देशमा युवा सशक्तिकरण र प्रविधि सिकाई जस्ता विभिन्न बाहानाले खोलिएका रास्ट्रीय तथा अन्तरास्ट्रिय संघ संस्थाहरुले समेत आफ्नो स्वार्थका लागि प्रयोग मात्रै गरिएको पाइन्छ, एक सर्वेक्षण अनुसार देशका १८ देखि ३० वर्ष उमेर समुहका ६० प्रतिशत युवाहरु यस्तै संघ संस्थामा विभिन्न प्रलोभनमा परि प्रयोग भएको पाइएको छ।

डिजिटल नेपाल आँफैमा एक विशाल उदेश्य हो, उक्त उदेश्य प्राप्तिका लागि शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन जस्ता क्षेत्रहरुमा आमुल परिवर्तन गर्न जरुरि देखिन्छ तर देशमा भए गरेका कुनै पनि गतिविधिहरुले उक्त उदेश्य पुरा हुने कुनै छाँटकाँट भने देखाएको बुझिदैन, त्यसो त उक्त अवधारणा चुनावी एजेन्डा मात्रै हो त भन्ने प्रश्नहरु समेत गुञ्जिन थालेका छन्।

त्यसो त अहिलेकै रफ्तारमा सरकार अगाडी बढ्ने हो भने अझै एक शताब्दि नेपाल डिजिटल नेपाल हुने आशा गर्न सकिंदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?