Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

शिक्षाका नाममा ‘हाइप्रोफाइल स्क्याम’ : कानूनविपरित विदेशी कार्यक्रम चलाएर अविभावक ठग्नेदेखि हुण्डी कारोवारसम्म

शिक्षाका नाममा ‘हाइप्रोफाइल स्क्याम’ : कानूनविपरित विदेशी कार्यक्रम चलाएर अविभावक ठग्नेदेखि हुण्डी कारोवारसम्म
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

इन्टरनेसनल ब्याकालरेट (आइबी) कार्यक्रम संचालन गर्ने भन्दै ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कूलले कानूनमा उल्लेखित प्रावधानलाई लत्याउँदै विद्यार्थी भर्ना गरिरहेको छ । आफूलाई पहिलो र एकमात्र आइबी स्कूल भन्दै अविभावकको आँखामा छारो हालेर उक्त स्कूलले नर्सरीदेखि १२ कक्षासम्म नेपालको कानूनले बन्देज गरेको विदेशी कार्यक्रम चलाइरहेको छ ।

कानूनले बन्देज गरेको विदेशी कार्यक्रम चलाइरहेको उक्त स्कूल अवैध रूपमा हुण्डी कारोवारमा पनि संलग्न रहेको देखिन्छ । गैर-कानूनी कार्यक्रमका लागि शिक्षा मन्त्रालयको सिफारिसमार्फत राष्ट्र बैंकले सटही सुविधा दिने कुरा हुँदैन ।

शिक्षा ऐन २०२८ लाई २०७३ सालमा संशोधन गरेर त्यतिबेलाको माध्यामिक तह (एसएलसी)लाई एसईईमा रुपान्तरण गर्दै प्लस टुलाई माध्यामिक तहकै संरचनाभित्र समेटिएको थियो । सोही ऐनमा नेपालमा माध्यामिक तहसम्म विदेशी कार्यक्रम लागू गर्न नपाइने उल्लेख छ ।

२०७३ सालमा भएको शिक्षा ऐन–२०२८ को आठौं संशोधन लागू भएपछि कक्षा १० को अन्तिम परीक्षालाई प्रवेशिका (एसएलसी) को सट्टा माध्यमिक तह उत्तीर्ण (एसईई) मा रूपान्तरण गरियो भने प्लस-टु अर्थात् कक्षा ११ र १२ लाई माध्यमिक तहकै संरचनाभित्रै समेटियो ।

माध्यामिक तहको विद्यालय खोल्दा कुनै विदेशी शिक्षण संस्थासँग सम्बन्धन गर्ने गरी कसैलाई पनि विद्यालय खोल्न अनुमति वा स्वीकृति नदिइने दफा ३ को उपदफा ८ मा उल्लेख गरिएको छ ।

हेर्नुहोस् प्रावधान –

उक्त ऐनको दफा ३ मा विद्यालय खोल्न अनुमति लिनुपर्ने विभिन्न व्यवस्थाबारे लेखिएको छ ।

हेर्नुहोस् प्रावधान

सोही ऐनको दफा ८मा विद्यालयले सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्नुपर्ने उल्लेख छ ।

प्रिमियरले कानूनका यी सबै दफा र उपदफाहरू उल्लङ्घन गरेर विदेशी कार्यक्रम चलाइरहेको स्कूलकै पदाधिकारीहरूले खुल्लमखुल्ला दाबी गर्छन् । पाठ्यक्रम विकास केन्द्रका एक उच्च अधिकारीले प्रिमियरलाई विदेशी पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्न कुनै स्वीकृति नदिइएको बताए ।

‘नेपालभरका सबै माध्यामिक स्कूलहरूमा (कूटनीतिक नियोगबाट संचालितबाहेक) नेपालकै पाठ्यपुस्तक र पाठ्यक्रम लागू गर्नुपर्ने कानूनी व्यवस्था छ,’ ती अधिकारीले टेककागजसँग भने, ‘त्यसको बर्खिलाप कसैले कुनै पाठ्यक्रम र पाठ्यपुस्तक लागू गरेको भए त्यो गैर-कानूनी हुन्छ । त्यो विद्यालय कारवाहीको भागीदार हुन्छ ।’

गत साल स्कूल संचालनमा आउनेवित्तिकै प्रिमियरले एक विज्ञप्ति निकाल्दै भनेको थियो, ‘केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि आईबी कार्यक्रम प्रदान गर्ने प्रिमियर इन्टरनेशनल स्कुल नेपालको पहिलो आईबी  वर्ल्ड स्कुल हो । त्यसैगरी सन् २०१४ र २०१७ मा स्विटजरल्यान्डमा अवस्थित इन्टरनेशनल बाक्कालोरिएट (आईबी)बाट मान्यता प्राप्त यो स्कुलमा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि आईबी एमवाईपी कार्यक्रमहरु प्रदान हुँदै आएको छ । जुन प्रदान गर्ने प्रिमियर नेपालको पहिलो र एक मात्र स्कुल हो ।’

प्रिमियरको दाबी र कानूनको प्रावधानबीच मेल नखाएपछि टेककागज टीमले आइबीसँग लिएको सम्बन्धन, मन्त्रालयले दिएको स्वीकृति, विद्यार्थीको संख्या, शुल्क र अन्य विविध विषयमा सूचनाको हक अन्तर्गत अध्ययन र समाचार प्रयोजनका निम्ति प्रिमियरसँग सूचना मागेको थियो ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ विपरित प्रिमियरले १५ दिनभित्र सर्वसाधारणले थाहा पाउनुपर्ने सूचना पनि दिन मानेको छैन । यसपछि गर्नुपर्ने फलोअप टेक कागज टीमले अवश्य गर्नेछ ।

सूचना उपलब्ध गराइदिन दिइएको पत्रबारे प्रश्न गर्दा आफूलाई प्रशासनको एक कर्मचारी बताउने प्रवेश पौडेलले ती सूचनाहरू स्कूलले उपलब्ध गराउन नसक्ने बताए । ‘तपाईंहरूको सूचनाको हक हुन्छ भने हाम्रो पनि गोपनीयताको हक हुन्छ, त्यसै गरी बुझिदिनुहोला,’ पौडेलले भने ।

राष्ट्र बैंकले पनि प्रिमियरलाई माध्यामिक तहसम्मको कार्यक्रमका लागि कुनै पनि सटही सुविधा नदिएको बताएको छ ।

यसबारे शिक्षा मन्त्रालयका अधिकारीहरू केही बोल्न चाहँदैनन् । एक सहसचिव भन्छन् – ‘कानूनले नै बन्देज गरेको अवस्थामा माध्यामिक तहसम्म विदेशी कार्यक्रम चलाउनु अपराध हो । सचिव या प्रवक्तासँग कुरा गर्नुस् न, मलाई प्रिमियरबारे धेरै थाहा छैन ।’

स्रोतका अनुसार पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले मोटो रकम लिएर प्रिमियरलाई संचालनको अनुमति दिएका थिए । मन्त्रीले नै पत्रम पुष्पमको लोभमा कानून उल्लङ्घन गरेपछि मन्त्रालयका अन्य कर्मचारीहरू तै चुप, मै चुप बस्न बाध्य भएको विद्यालय शाखाका कर्मचारीहरू गुनासो गर्छन् ।

राष्ट्र बैंकले सटही सुविधा नदिएपछि प्रिमियरले कसरी विदेशी कार्यक्रमका लागि पैसा पठाउँछ त भन्ने प्रश्न हामीले राष्ट्र बैंकका एक कर्मचारीलाई सोधेका थियौं ।

उनले भने, ‘विदेश पैसा पठाउन राष्ट्र बैंकमार्फत बाहेक अन्य कुनै माध्यम रहेको परिकल्पना यो देशको कानूनले गरेको छैन । राष्ट्र बैंकले सटही सुविधा नदिएपछि तपाईं आफैंले अनुमान गर्नुस, विदेशमा पैसा कसरी बाहिरिएको छ । यसबारे डिटेल पत्ता लगाएर हामी पनि अनुसन्धान गर्छौं ।’

ती कर्मचारीले सिधा सिधा हुण्डीबारे कुरा गरेको बुझ्न हामीलाई गाह्रो भएन । प्रिमियरले पीवाइपी कार्यक्रमका लागि ६० हजार हाराहारी शुल्क लिने गरेको छ, एमवाइपी कार्यक्रमका लागि ८० हजार र डीपीका लागि प्रतिविद्यार्थी १ लाखसम्म असुल्ने गरेको सूत्रको दाबी छ । शूल्क विवरण हामीले सूचनाको हक प्रयोग गरेर मागेका थियौं तर स्कूलले दिन अस्वीकार गरेको छ ।

प्रिमियरले विद्यार्थीबाट लिएको शुल्कको ७० प्रतिशतसम्म आइबीलाई बुझाउनुपर्ने हुन्छ । त्यो पैसा हुण्डीमार्फत गैर-कानूनी ढंगले विदेश पठाइएको छर्लंग देखिन्छ । यसबाहेक आइबीले स्कूललाई पठाउने कमिसन पनि नेपालमा हुण्डीमार्फत नै आउने गरेको छ । यति ठूलो मात्रामा विदेशी मुद्राको अपचलन हुँदा पनि सम्बन्धित नियामक निकायहरू अहिलेसम्म मौन देखिन्छन् ।

प्रिमियरकी संचालिका पवित्रा लिम्बु सरकारी उच्च पदस्थ अधिकारी र नेताहरूसँग निकट मानिन्छिन् । शिक्षासँग सम्बन्धित ऐन कानून बनाउने तहसम्म लिम्बुको पहुँच देखिन्छ । उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन च्यात्नुपर्छ भन्दै पटक-पटक वकालत गर्दै आएकी छन् ।

प्रिमियर मात्र नभएर आइबीका नाममा काठमाडौँ उपत्यकामा आधा दर्जन स्कूलहरू संचालित छन् । तीमध्ये जिनियस, स्वस्तीश्री गुरुकूल, माछापुच्छ्रे, आइबी क्यान्डीडेट, युलेन्स जस्ता स्कूलहरू कानून उल्लङ्घन गर्ने र विदेशी मुद्रा अपचलन गर्ने स्कूलहरूमा पर्छन् । यी स्कूलबारे टेककागजले प्रमाणसहित थप फलोअप गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?