Trending:

भीचित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवाड्र्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट
अपडेट

सप्ताहव्यापी कार्यक्रमसहित विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

सप्ताहव्यापी कार्यक्रमसहित विश्व खाद्य स्वच्छता दिवस मनाइँदै
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

काठमाडौँ । खाद्य तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधार स्तम्भ’ भन्ने नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागेको विश्व खाद्य स्वच्छता दिवस आजदेखि शुरु भएको छ ।

मानव जीवन रक्षाको लागि खाद्य पदार्थको मापदण्ड निर्धारण एवं यसको परिपालना मुख्य आधारको रूपमा रहेको तथ्यलाई उजागर गर्दै विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमसहित सप्ताहव्यापी कार्यक्रम गरी विभागले दिवस मनाउन लागेको हो ।

स्वच्छ खाद्य पदार्थ स्वस्थ मानव जीवनका लागि अपरिहार्य रहेको र आम उपभोक्ताको पहुँचमा रहेका सम्पूर्ण खाद्य पदार्थ स्वच्छ हुन सकेमा मात्र खाद्य तथा पोषण सुरक्षा हासिल गर्न सम्भव हुने विभागको भनाई छ । खाद्य स्वच्छता कायम गर्न कानुनी आधार सहितको गुणस्तर मापदण्डको व्यवस्था हुनु जरुरी हुने र खाद्य पदार्थमा गुणस्तर मापदण्ड कायम गरी स्वच्छ खाद्य पदार्थको उपलब्धताबाट नै मानव जीवनको रक्षा गर्न सकिने भएकोले गुणस्तर मापदण्ड जीवन रक्षाको आधार स्तम्भको रूपमा रहेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खाद्य पदार्थमा मापदण्ड निर्धारण गरी सो को पालनाबाट मात्र स्वच्छ एवं गुणस्तरीय खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्न सम्भव हुने र यसबाट हाम्रो देशको उत्पादनलाई प्रतिस्पर्धी बनाई अन्तर्राष्ट्रिय बजारमा पहुँचको अवसर प्राप्त हुने हुँदा निर्यात प्रवर्द्धन गर्न समेत मद्दत पुर्‍याउनुका साथै राष्ट्रिय आय वृद्धि गरी देशको आर्थिक समृद्धिमा टेवा पुग्ने विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।

खाद्य स्वच्छता एवं गुणस्तर कायम गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सङ्घीय संरचनाको रूपमा रही खाद्य ऐन २०२३  तथा दाना ऐन २०३३ कार्यान्वयनको गहन जिम्मेवारी बहन गर्दै आएको पनि प्रवक्ता महर्जनले बताएका छन् ।

खाद्य स्वच्छता तथा मापदण्ड निर्धारणलाई नेपाल सरकारबाट नै उच्च प्राथमिकतामा राखिएको सन्दर्भमा विभागले विगत देखि नै आम उपभोक्ताको  स्वास्थ्य तथा सुविधालाई प्रमुख लक्ष्यको रूपमा लिई खाद्य पदार्थहरूको मापदण्ड निर्धारण गर्ने र सोही मापदण्डहरूको आधारमा खाद्य पदार्थ उत्पादन गर्ने उद्योगहरू, आयात विन्दु र खाद्य बजार तथा विक्रिबितरण स्थलहरूमा निरन्तर रूपमा अनुगमन निरीक्षण गरी नियमन एवं कारवाहीका कार्यहरू गरिआएको छ ।

खाद्य पदार्थमा तोकिएका मापदण्डका आधारमा आयात विन्दुहरूमा नै आयात भई आउन सक्ने अस्वच्छ तथा न्युन गुणस्तरीय खाद्य पदार्थहरूको नियन्त्रण हुँदै आएको र यस वर्षको विश्व खाद्य स्वच्छता दिवसको नारा “खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधार स्तम्भ” ले पनि मानव जीवन रक्षाको लागि खाद्य पदार्थको मापदण्ड निर्धारण एवं यसको परिपालना मुख्य आधारको रूपमा रहेको तथ्यलाई उजागर गरेको विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बताएकी छिन् ।

नेपाल सरकारबाट समय समयमा खाद्य तथा दाना पदार्थहरूको मापदण्ड पारित गरी राजपत्रमा प्रकाशन पश्चात् कार्यान्वयनमा ल्याउने गरेको बताउँदै महानिर्देशक वैद्यले  यसै आर्थिक वर्षमा फलफूल तरकारीमा जीवनाशक विषादी अवशेषको अधिकतम मात्रा, कुखुराको दाना पदार्थमा यान्टिबायोटिक प्रयोग निषेध एवं ढुसीजन्य विषको अधिकतम सीमा निर्धारण जस्ता उपभोक्ता स्वास्थ्य तथा जीवन रक्षाको लागी महत्त्वपूर्ण मापदण्डहरू राजपत्रमा प्रकाशन भई लागू गरेको जनाएकी छिन् ।

यसैगरी बालबालिकाको लागी अन्नमा आधारित पूरक वाल आहारको मापदण्ड पनि राजपत्रमा प्रकाशित भइसकेको र स्तर निर्धारण समितिबाट पारित भएको  भिटामिन तथा खनिज पदार्थ थप गरी स्तरोन्नति गरिएको चामल र रोल्ड ओट्सको मापदण्ड राजपत्रमा प्रकाशनको प्रक्रियामा रहेको उनको भनाई छ ।

खाद्य शृङ्खलाका विभिन्न चरणमा खाद्य पदार्थको स्वच्छता र गुणस्तर कायम राख्न तोकिएका खाद्य मापदण्डको परिपालनामा विभिन्न सरोकारवालाहरूको महत्त्वपूर्ण भूमिका हुने र आ–आफ्नो क्षेत्रबाट उपयुक्त रूपमा सम्बोधन गर्न सम्बन्धित सरकारी एवं गैर सरकारी संघसस्थाहरु, खाद्य उद्योगहरू, खाद्य तथा पोषणसँग सम्बन्धित संघसस्थाहरु, उपभोक्ता हकहितसँग सम्बन्धित सङ्घ सस्ताहरूका साथै जनचेतनाका संवाहक पत्रकारहरू समेत सम्पूर्ण सरोकारवालाहरूको सहकार्यका लागि आह्वान गर्दै यस वर्षको विश्व खाद्य स्वच्छता दिवस मनाउन लागिएको विभागले जनाएको छ ।

यस विश्व खाद्य स्वच्छता दिवसको अवसरमा २०८० जेठ १८ देखि २४ (१–७ जुन २०२३) सम्म सप्ताहव्यापी रूपमा खाद्य स्वच्छता सम्बन्धी कार्यक्रमहरू अन्तर्गत सप्ताह व्यापी रूपमा मनाउँदै गरेको विश्व खाद्य स्वच्छता दिवस २०२३ को पहिलो दिन २०८० जेठ १८ गते विश्व खाद्य स्वच्छता दिवसको नारा र सन्देश सहितको ब्यानर विभाग तथा मातहतका कार्यालयहरूको प्राङ्गणमा राख्ने एवं विभागको वेभ साइटमा अपलोड गरिएको छ ।

यसैगरी सप्ताहव्यापी रूपमा विभाग र मातहतका कार्यालयहरूबाट दुग्ध पदार्थ, प्रशोधित पिउने पानी, मासुजन्य पदार्थ, तरकारी फलफूल, होटेल रेस्टुरेन्ट विशेष अनुगमन निरीक्षण कार्यक्रम सञ्चालन गरिँदै छ ।

त्यस्तै विश्व खाद्य स्वच्छता दिवसको नारा तथा खाद्य स्वच्छता सम्बन्धी सूचना सन्देश, प्रचारप्रसार, पोस्टर वितरण गरी प्रचार प्रसार गर्ने, खाद्य स्वच्छतासँग सम्बन्धित सरोकारवाला निकायहरूसँग खाद्य स्वच्छता र मापदण्डका विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने र खाद्य स्वच्छता, कोडेक्स तथा प्रति जैविक प्रतिरोध सम्बन्धित विषयक खाद्य प्राविधिक तथा पशु चिकित्सा सम्बन्धी कलेजहरूमा सचेतना अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने विभागले जनाएको छ ।

खाद्य स्वच्छतासँग सम्बन्धित सरोकारवालाहरुः सरकारी निकाय, गैर सरकारी सङ्घसंस्था, शिक्षण सङ्घसंस्था, एवं उपभोक्ता हकहितसँग सम्बन्धित संघसस्थाहरु लगायतको सहभागितामा विश्व खाद्य स्वच्छता दिवस, ७ जुन २०२३ का दिन बिहान प्रभातफेरि कार्यक्रम र मूल समारोह कार्यक्रम सञ्चालन गर्ने विभागले जनाएको छ ।

विश्व खाद्य स्वच्छता दिवस, २०२३ मनाउने सिलसिलामा खाद्य स्वच्छता सम्बन्धी जानकारी तथा यसको महत्त्वबारे आम जनमानसलाई सुसूचित गर्न एवं खाद्य उद्यमी व्यवसायी लगायतका सरोकारवालाहरूले अपनाउनु पर्ने स्वच्छता र गुणस्तरसँग सम्बन्धित विषयहरूका सन्देश पुर्‍याउन सञ्चारको महत्त्वपूर्ण भूमिका रहने भन्दै सहयोगका लागि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?