Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
इन्टरनेट

साइबर अपराध, नेपालमा यसको चुनौती र अनुसन्धानका आधिकारिक निकायहरु?

साइबर अपराध, नेपालमा यसको चुनौती र अनुसन्धानका आधिकारिक निकायहरु?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

” साइबर अपराध “ शब्द सुन्दा सबैको दिमागमा सुरुमा आउने कुनै ह्याकरको तस्वीर नै होला। ह्याकिङ साइबर अपराधको एउटा भाग मात्र हो, जबकि साइबर अपराधमा धेरै प्रकारका अपराधहरू पर्न सक्छन्।

साइबर अपराध एक प्रकारको आपराधिक गतिविधि हो जहाँ कम्प्युटर र नेटवर्क प्रयोग गरेर अनलाइन अपराध गरिन्छ। प्रायजसो साइबर अपराधीहरू पैसा कमाउन साइबर अपराध गर्छन्। प्रविधिको विकासले गर्दा अहिले यस्ता अपराधहरू गर्न एकदम सजिलो छ।

तपाइले पक्कै पनि एउटा यस्तो व्यक्तिलाई चिन्नु भएको छ होला जसले एक छिनमै अरूको Wi-Fi ह्याक गर्न सक्छ, या त कसैको सामाजिक सञ्जालको खाता चोर्न सक्छ। अपराधीहरूले यस्ता अपराधहरू गर्न आधुनिक प्रविधिको गति र सुविधाको नाजायज फाइदा उठाउँछन्।

प्रायजसो नेपालीहरूले मनोरञ्जनका लागि कम्प्युटर र इन्टरनेटको प्रयोग गर्ने हुँदा धेरैलाई साइबर अपराध अनि सुरक्षा बारे थाहा हुँदैन। यस कारण धेरै व्यक्तिहरू सामाजिक सञ्जालमा फैलिरहेका स्क्याम र ठगहरूमा फस्दछन्। तपाईँलाई लटरी पर्‍यो, आफ्नो बैङ्क खाता दिनु भनेर कत्तिको म्यासेजमा यो आएको होला। तर जसलाई साइबर अपराधको बारेमा ज्ञान छ, त्यसले मात्र त्यस्ता अपराधबाट बच्न सक्छ।

अस्ति भर्खरै सबैको फेसबुकमा तपाईलाई आफ्नै चिनेको मान्छेद्वारा एउटा म्यासेज आयो होला, “ल हेर्नु त? यो तपाईँ हो?” भनेर। जब तपाइले त्यो म्यासेज खोल्न खोज्नु हुन्थ्यो, तपाइको खाता नै बन्द हुने या केही छिन चलाउन नमिल्ने हुन्थ्यो। यो पनि हजुरको खाता लिन खोजेको या डाटा चोर्न खोजेको एक प्रकारको साइबर अपराध नै हो।

के कस्ता छन् त नेपालमा साइबर सुरक्षाका चुनौती र नियमहरू?

नेपालमा साइबर सुरक्षामा विभिन्न कार्यहरू समावेश छन् तर त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा अहिले साइबर सुरक्षाको विषय एकदम जोखिम बनेको छ।

कत्ति घटनाहरूमा त पीडितहरूले त्यो अपराधलाई रिपोर्ट गर्न असफल हुन्छन्। आफूले भोगेको समस्यालाई कता गएर भन्ने ज्ञान नहुँदा कत्ति अपराध त हाम्रो माझ आउँदै आउँदैनन्।

जब उनीहरूले सम्बन्धित निकायहरूलाई रिपोर्ट गर्छन्, तब महत्त्वपूर्ण सीप र प्रविधिको कमीका कारण ती  घटनाहरूलाई सम्बोधन गर्न गाह्रो पर्दछ। सही नियम, कानुन, दण्ड अनि निकायको अभावले नागरिकहरूले प्राविधिक सुविधाहरूको फाइदा लिनबाट वञ्चित हुन्छन्। जस्तै: हाम्रो कानुनमा सही तरिकाले डिजिटल पैसा भुक्तानीलाई समावेश नगरेको हुँदा यससँग सम्बन्धित समस्या आउँदा सही निकाय र नियमको अभावले सही दण्ड र कारबाही गर्न असामर्थ्य हुन्छ।

नेपालमा साइबर अपराधका अनुसन्धानकर्ता:

विद्युतीय सञ्चारको सुरक्षाको लागि नेपालमा सर्वप्रथम Electronic Transactions Act, 2063 (2008) लागु गरिएको थियो। यसका मुख्य कार्यहरुमा विद्युतीय तथ्याङ्कको प्रमाणीकरण गर्ने, ती सम्बन्धी कानुनी प्रावधान बनाउने, विद्युतीय सञ्चारलाई सुरक्षित माध्यम बनाउने, विद्युतीय कारोबारसम्बन्धी सम्पूर्ण विषयहरू नियमन गर्ने जस्ता कार्यहरू पर्दछन्।

वर्तमान र आगामी दिनमा प्रविधि प्रयोग गर्दा घट्ने अपराधहरूको रोकथाम र सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल प्रहरी भित्र रहेका संयन्त्रहरूलाई समयानुकूल परिमार्जन गरी थप सुदृढ बनाउने क्रममा साइबर अपराध सचेतना, साइबर सुरक्षासाइबर अपराध अनुसन्धान समेतको कार्य गर्नका लागि नेपाल सरकारको मिति २०७५/०२/२७ गतेको निर्णय बमोजिम प्रहरी प्रधान कार्यालय अन्तर्गत, साइबर ब्युरोको स्थापना भएको हो ।

साइबर ब्युरोका कर्तव्य तथा जिम्मेवारीहरु ।

–    प्रभावकारी रुपमा साइबर अपराधको अनुसन्धान गर्ने ।

–    साइबर सुरक्षा बढाउनका लागि सरकारी निकाय तथा विज्ञहरूसँग सहकार्य गरी काम गर्ने ।

–    संवेदनशील पूर्वाधार निर्माण सम्बन्धी साइबर अपराधको अनुसन्धान गर्ने ।

–    साइबर अपराध र आक्रमणको सामना गर्न सक्षम प्रहरी जनशक्ति जुटाउने ।

–    यसबाट हुने खतरा र चुनौतीका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था र सुरक्षा निकायबिच सूचना आदान प्रदान गर्ने ।

छानबिन र साइबरमा सही प्रविधिको अभावले अपराधीहरूलाई पक्रन गाह्रो भएको छ। यस्तो अवस्थामा साइबर कानुन अति आवश्यक छ। नेपालका सबै व्यापार व्यवसायदेखि सरकारी कामहरूसम्म अनलाइन सञ्चार मार्फत हुने हुँदा साइबर सुरक्षाको अहिले सबैभन्दा बढी खाँचो छ। त्यसलाई गम्भीर अपराधमा फस्नबाट जोगाउन साइबर कानुन र अनुसन्धान निकायहरू प्रभावकारी हुनु आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?