एजेन्सी। तपाईले हराउनु भएको मोबाइल फोन फेला पार्ने व्यक्तिले तपाईको जिमेल अकाउन्टमा तपाईका गोप्य जानकारीहरु हात पार्न सक्दछ । त्यसैले यस्तो अवस्थामा तपाईको हराएको डिभाइसबाट जतिसक्दो छिटो जिमेल एकाउन्ट लगआउट गरिहाल्नु आवश्यक हुन्छ ।
अब यसरी हटाउनुहोस् जिमेल अकाउन्ट
-कुनै डिभाइसमा ब्राउजर खोलेर आफ्नो जिमेल एकाउन्ट लग इन गर्नुहोस्।
-त्यसपछि त्यहाँ रहेको प्रोफाइल आइकनमा क्लिक गरी manage your account अप्सनमा जानुहोस् ।
-security ट्याबमा गएरmanage device अप्सनमा क्लिक गर्नुहोस्।
-त्यसपछि तपाईले जुन डिभाइसबाट जिमेल लगआउट गर्न चाहनुभएको हो उक्त डिभाइसको नामको दायाँ माथिपट्टि रहेको तिनवटा थोप्लाको चिन्हमा क्लिक गर्नुहोस् ।
-त्यसपछि तपाईले साँच्चीकै साइन आउट गर्न चाहुनभएको हो भनेर प्रश्न सोधिन्छ । त्यसलाईconfirm गराउनका लागि पुनःsign out मा क्लिक गर्नुहोस् ।यति गरिसकेपछि तपाईले हराएको डिभाइसबाट आफ्नो गुगल एकाउन्ट साइन आउट गर्न सक्नुहुन्छ ।