एजेन्सी । नयाँ मोबाइल चलाउन थालेसँगै फोनमा सुरक्षित गरिने फोन नम्बरहरु दुई तीन पटक नै कपी हुनसक्दछ । हामीले सम्पर्क नम्बरलाई सिमकार्डमा कपी गर्ने र त्यसपछि इमेल आईडीसँग सिंक्रोनाइज पनि गर्ने हुँदा त्यस्तो हुनजान्छ । त्यस्ता सम्पर्क नम्बरलाई यसरी हटाउन सकिन्छ:
-एपको प्रयोग गरेर दोहोरिएको नम्बर हटाउन चाहनुहुनछ भने प्ले स्टोरबाट Cleaner– Merge Duplicate Contact नामक एप डाउनलोड गर्नुहोस् ।
-उक्त एप खोलेसँगै फोनमा रहेका सबै सम्पर्क नम्बरहरु स्क्यान हुन्छन् । फोनका सबै नम्बरहरु यस एपमा डुप्लिकेट नम्बरसँगै देखिनेछन् ।
-त्यसपछिmerge बटनमा ट्याप गर्नुहोस् । यसो गर्दा फोनमा रहेका सबै डुप्लिकेट नम्बरहरु डिलिट हुनेछन् र त्यसमध्ये एउटा ओरिजिनल कन्ट्याक्ट नम्बर मात्रै बाँकी रहन्छ ।