एजेन्सी । माइक्रोसफ्टले उपभोक्ताहरु, विद्यार्थीहरु र साना व्यवसायहरुको लागी office २०२१ जारी गरेको छ। माइक्रोसफ्ट कम्पनीले अफिस २०२१ व्यवसायिक प्रयोगकर्ता तथा माइक्रोसफ्ट ३६५ को सब्सक्रिप्सन गरिरहन नचाहने प्रयोगकर्ताहरुका लागि लक्षित रहेको बताएको छ ।
विन्डोज २१ भित्रका अधिकांश एपहरुको लुक्स परिवर्तन गरिएको छ भने स्टक इमेजहरुको संख्या धेरै हुनुका साथै कमान्डका लागि सर्च बक्स उपलब्ध रहेको र OepnDocument format 1.3 पनि सपोर्ट गर्नेछ ।
त्यस्तै अफिस २०२१ मा रियल टाइम को अथरिङ फिचर पनि रहेको छ । जस अनुसार वन ड्राइभमा सुरक्षित कुनै डकुमेन्ट एकै समयमा एकभन्दा बढी व्यक्तिले खोलेर एकसाथ लेख्न सकिनेछ ।