एजेन्सी । मोबाइलमा स्क्रिन रेकर्ड गर्न चाहनेहरुका लागि गुगल प्ले स्टोरमा धेरै वटा एप्सहरु उपलब्ध रहेको छ । तपाईले एप्सको मद्दतले मेसेन्जर टेक्स्ट,भिडियो कल लगायतका सम्पूर्ण क्रियाकलापहरु भिडियो फर्म्याटमा सेभ गर्न सक्नुहुनेछ ।
यस्ता छन् एप्सहरु:
-एजेड स्क्रिन रेकर्डर
एजेड स्क्रिन रेकर्डरलाई गुगल प्ले स्टोरबाट निशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।यो एपले स्क्रिनको साइडमा रेकर्डिङ अप्सन देखाईरहन्छ ।
-डीयु रेकर्डर
डीयु रेकर्डर एप् लाई गुगल प्ले स्टोरमा गएर निशुल्क डाउनलोड गर्न सकिन्छ । फोनको स्क्रिन रेकर्ड गर्नका लागि डियु रेकर्डर एउटा राम्रो बिकल्प बन्न सक्छ । यो एपबाट आफ्नो भिडियो शेयर अथवा एडीट पनि गर्न सकिन्छ भने यसको साइज ९।८ एमबी रहेको छ ।
-स्क्रिन रेकर्डर
यो स्क्रिन रेकर्डर एपलाई पनि गूगल प्ले स्टोरबाट निस्शुल्क डाउनलोड गर्न सकिन्छ । यो एप्को साइज २ एमबी रहेको छ भने यसलाई अहिले सम्म १० लाख प्रयोगकर्ताहरुले डाउनलोड गरिसकेका छन् ।